समाचार

क्व्होलासोथार गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

लमजुङको क्व्होलासोथार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना गाउँपालिका घोषणा गरिएको छ। मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक सूर्यप्रसाद गुरुङले औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नुभएको हो। पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नुअघि गाउँपालिकाले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमले तोकेका सबै मापदण्ड र प्रक्रिया पूरा गरेको जनाएको छ। नियमित खोप लगाउने उमेर समूहका सबै बालबालिकाको अभिलेख अद्यावधिक गरिएको, कुनै पनि बालबालिका खोपबाट वञ्चित नरहेको सुनिश्चित गरिएको, स्वास्थ्य संस्थाको तथ्याङ्क तथा… पुरा पढौ

वर्षायामसँगै लमजुङका जलविद्युत् आयोजनामा उत्पादन वृद्धि

वर्षायाम सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव बढेपछि लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन उल्लेखनीय रूपमा बढेको छ। केही समयदेखि न्यून उत्पादन गरिरहेका अधिकांश आयोजना अहिले पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्। जिल्लाको सबैभन्दा ठूलो ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाटको माथिल्लो मध्य मर्स्याङ्दी ‘ए’ आयोजना पनि पूर्ण क्षमतामै सञ्चालनमा रहेको छ। पानीको बहाव बढेसँगै अन्य जलविद्युत् आयोजनाहरूको उत्पादनमा पनि उल्लेखनीय सुधार आएको छ। ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, ३० मेगावाटको न्यादी हाइड्रोपावर, २७ मेगावाटको दोर्दी खोला,… पुरा पढौ

रातिको समयमा लमजुङका २ वटा सडकखण्डमा सवारी बन्द हुने

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढेपछि लमजुङ जिल्ला सुरक्षा समितिले बेँसीसहर–चामे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले सुचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको असार १४ गतेको मनसुनसम्बन्धी बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सतर्कता सन्देशलाई आधार मानेर उक्त निर्णय गरिएको हो। निर्णयअनुसार असार १६ गतेदेखि असार मसान्तसम्म रातिको समयमा तोकिएका सडकखण्डमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ।बन्द हुने सडकखण्डमा डुम्रे–बेँसीसहर–चामे सडकको बेँसीसहरदेखि… पुरा पढौ

दोर्दी गाउँपालिकाद्वारा ६७ करोड ७२ लाखको बजेट पारित

लमजुङको दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८३\८४ का लागि ६७ करोड ७२ लाख ९६ हजार रुपैयाँको बजेट पारित गरेको छ।गाउँसभाको १९औँ अधिवेशनअन्तर्गत असार १० गते बसेको पहिलो बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट सोमबार बसेको दोस्रो बैठकले आर्थिक विधेयक र विनियोजन विधेयकसँगै सर्वसम्मतिले पारित गरेको हो। पारित बजेटअनुसार चालु तथा प्रशासनिक खर्चका लागि ८ करोड ६८ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको छ। वडागत चालु तथा पुँजीगत कार्यक्रमका लागि ३ करोड ८३ लाख ५० हजार, स्वास्थ्य तथा आयुर्वेदतर्फ ५४… पुरा पढौ

राष्ट्रिय वृक्षरोपण दिवसमा बाहुनडाँडामा वृक्षरोपण, हरित उद्यानलाई आकर्षक बनाउने लक्ष्य

राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा सगरमाथा वृक्षरोपण महाअभियान अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। डिभिजन वन कार्यालय लमजुङ को आयोजनामा चिसापानी सामुदायिक वनअन्तर्गत निर्माणाधीन हरित उद्यानमा धुपी, जामुन, लालीगुराँस, लालुपातेलगायत पार्कलाई थप आकर्षक बनाउने विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन्। कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पण्डितले वृक्ष मानव जीवनको आधार भएकाले वातावरण संरक्षण र भावी पुस्ताको भविष्य सुरक्षित गर्न वृक्षरोपण अपरिहार्य रहेको बताउनुभयो। उहाँले वनजंगलले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, भूक्षय रोकथाम,… पुरा पढौ

मध्य असारमै डढेलोले क्षति

सामान्यतया वर्षायाम सुरु भएसँगै वन डढेलोका घटना कम हुने अपेक्षा गरिन्छ। तर मध्य असारमै हिमाली जिल्ला मनाङमा भने डढेलो लागेको लागेकोे छ । आइतबार मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डे नजिकको ङोरो डाँडामा लागेको डढेलोले करिब साढे २ रोपनी वन क्षेत्र प्रभावित भएको छ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङका अनुसार बिहान करिब ८ बजेतिर सुरु भएको आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, एक्यापका कर्मचारी र स्थानीयवासी संयुक्त रूपमा खटिएका थिए। आगो दिउँसो नियन्त्रणमा आए पनि पूर्ण रूपमा… पुरा पढौ

मर्स्याङ्दी गाउँपालिकाद्वारा खेलाडीलाई सम्मान

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिका भित्रका २५ जना फुटबल तथा भलिबल खेलाडीलाई सम्मान तथा प्रोत्साहन गरेको छ।आर्थिक वर्ष २०८२\०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअन्तर्गत बुधबार आयोजित कार्यक्रममा खेलाडीलाई खेल सामग्रीसहित नगद प्रोत्साहन प्रदान गरिएको हो। गाउँपालिका, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका तथा मस्र्याङ्दी कप, वडा स्तरीय अन्डर–१९ फुटबल प्रतियोगिता, भलिबल प्रतियोगितालगायत खेलकुद गतिविधिमार्फत खेल क्षेत्रको विकासमा योगदान पुरााएका खेलाडीको योगदानको कदर गर्दै सम्मान तथा प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उत्कृष्ट प्रदर्शन गरेका पालिकाभित्रका… पुरा पढौ

सुन्दरबजारले ल्यायो ६३ करोड १५ लाखको बजेट, शिक्षा र पूर्वाधारमा विशेष जोड

लमजुङको सुन्दरबजार नगरपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि ६३ करोड १५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। १८ औँ नगरसभाबाट सर्वसम्मत रूपमा स्वीकृत उक्त बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वातावरण संरक्षण र प्रविधिमा आधारित सुशासनलाई प्राथमिकताका क्षेत्रका रूपमा समेटिएको छ। नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार यसअघि प्रस्तुत नीति तथा कार्यक्रमसँग तालमेल मिल्ने गरी बजेट विनियोजन गरिएको छ। नगरपालिकाले चालु खर्चतर्फ ५१ करोड ८८ लाख ४७ हजार रुपैयाँ ९८२.१७ प्रतिशत० र पुँजीगत खर्चतर्फ ११ करोड २६ लाख ५३ हजार… पुरा पढौ

विश्व संगीत दिवसमा उदीपुर मन्दिर परिसरमा वृक्षरोपण

विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको आयोजनामा बेँसीशहर नगरपालिका–१ स्थित उदीपुर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठान लमजुङका अध्यक्ष प्रशान्त तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठाडोभाका गायिका नन्दमाया दुरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मनोरञ्जन र सांस्कृतिक संरक्षणमा मात्र सीमित नभई वातावरण संरक्षणका अभियानमा पनि सक्रिय रूपमा लागिरहेको बताउनुभयो। हराभरा प्रकृति र स्वच्छ वातावरण निर्माण गर्नु सबैको साझा दायित्व… पुरा पढौ

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा नआउने दाबी गर्नुभएको हो । उहाँले पार्टीभित्र त्याग र बलिदानको विषयमा असमान बुझाइ हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले गुट उपगुटतिर नलागेर, विगतका राजनीतिक दलका अनुभवहरूलाई हेरेर… पुरा पढौ