अन्तर्वार्ता

लमजुङमा विकासको चर्को बहस: नेतृत्वको दाबी र नागरिकका प्रश्न

नेपाल लिडको ‘लिसन सिंहदरबार–समृद्धि यात्रा’अन्तर्गत लमजुङमा आयोजित बहसमा जिल्लाको विकास, पूर्वाधार, पर्यटन, रोजगारी र स्थानीय सरकारको कार्यसम्पादनबारे राजनीतिक नेतृत्व तथा नागरिकबीच चर्को बहस भएको छ। नेपाल लिडको ‘लिसन सिंहदरबार–समृद्धि यात्रा’अन्तर्गत वरिष्ठ पत्रकार राजेन्द्र बानियाँसहितको टोलीले लमजुङको बेसीशहरमा बहस कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा लमजुङका सांसद धर्मराज केसीले सरकार गठन भएको छोटो समयमै ठूलो परिवर्तनको अपेक्षा गर्न नहुने बताए। उनले आफू कानून निर्माणका लागि निर्वाचित भए पनि जिल्लाका समस्या प्रत्यक्ष बुझेर समाधानका लागि पहल गरिरहेको उल्लेख गरे। विशेषगरी सुन्दरबजार–भोर्लेटार सडकको… पुरा पढौ

समाचारको प्रभाव : बेसीसहरमा अलपत्र वृद्धको उद्धार, प्रहरीको भूमिकामाथि स्थानीयको प्रश्न

लमजुङको बेसीसहर नगरपालिका–२ बोहराबेसीको अ‍ैसेलुको झाडीमा अलपत्र अवस्थामा फेला परेका ७२ वर्षीय तेजबहादुर गुरुङको बुधबार उद्धार गरिएको छ। गत असोज ३० गतेदेखि घरबाट हराइरहेका गुरुङ मंगलबार साँझ स्थानीयले अलपत्र अवस्थामा फेला पारेका थिए। बोल्नसमेत नसक्ने अवस्थामा भेटिएका गुरुङलाई स्थानीयले खाना खुवाएर राती पुष्पा धितालको घरमा राखेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरी उनको उद्धार तथा व्यवस्थापनका लागि आग्रह गरेका थिए। स्थानीयका अनुसार खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। तर, गुरुङलाई देखेर पनि आवश्यक सहयोग नगरी प्रहरी फर्किएको स्थानीयको गुनासो छ।… पुरा पढौ

प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेट: सडकदेखि सीमा व्यवस्थापनसम्म ९ विषयमा ध्यानाकर्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ। भेटका क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा देखिएका विकास, पूर्वाधार, कानुनी तथा प्रशासनिक समस्याको समाधानका लागि संघीय सरकारबाट आवश्यक सहजीकरण र नीतिगत निर्णय हुनुपर्ने विषय उठाउनुभएको हो। मुख्यमन्त्री पाण्डेले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्किबासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभएको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने करिब ८ किलोमिटर सडकखण्ड निर्माणका लागि आवश्यक… पुरा पढौ

जलविद्युतबाट प्रभावित स्थानीयलाई निशुल्क विद्युत दिन नयाँ बहस सुरु

लमजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धर्मराज केसीले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दालाई मासिक न्यूनतम ५० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा बोल्दै सांसद केसीले जलविद्युत उत्पादनको केन्द्रका रूपमा परिचित लमजुङ जिल्लामा करिब ३५० मेगावाट जलविद्युत उत्पादन भए पनि स्थानीयवासीले अझै पूर्ण रुपमा स्थानीय नागरिकले त्यसको प्रत्यक्ष लाभ पर्याप्त रूपमा पाउन नसकेको बताए। उनले ऊर्जा उत्पादनका कारण प्रभावित समुदायलाई सामाजिक न्याय र स्थानीय सहभागिताको आधारमा न्यूनतम विद्युत सुविधा निःशुल्क उपलब्ध… पुरा पढौ

मध्यनेपाल–६ भोर्लेटारमा नागरिक सुनुवाई सम्पन्न

नेपाल प्रहरी को केन्द्रीय निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय लमजुङले मध्यनेपाल नगरपालिका–६ भोर्लेटारमा बुधबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा तथा इलाका प्रहरी कार्यालय भोर्लेटार र मध्यनेपाल नगरपालिका को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सिता गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद बास्तोला, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, निवर्तमान अध्यक्ष… पुरा पढौ

लमजुङमा दोब्बर मतान्तरले रास्वपाका धर्म केसी विजय

लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी दोब्बर मतान्तरले निर्वाचित भएका छन् ।विजयी भएका केसीसगँ १७ हजार २२ मत अन्तरले नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ पराजित भएका छन् । लमजुङ जिल्लामा कुल ७५ हजार ४ सय ६० मत खसेकोमा केसीले ३३ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८ सय ७६ मत र कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत प्राप्त गरेका… पुरा पढौ

भिक्षु, कुकुर र शान्ति पदयात्राले विश्वको ध्यानाकर्षण

काषाय वस्त्रमा सजिएका भिक्षुहरू । हातमा लामो लट्ठी, दायाँ–बायाँ काँधमा भिरेका झोली भिरेका भिक्षुहरूको लस्कर, साथमा एउटा कुकुर न त कुनै नारा, भाषण वा होहल्ला नै । तर यो यात्राले अहिले सारा विश्वको ध्यान खिचेको छ । उनीहरू धर्मको प्रचार गर्न वा धर्मको विरोध गर्न पदयात्रामा निस्केका होइनन् । भिक्षुहरूको भनाइ छ, ‘यो आत्मचिन्तन र करुणाको सन्देश बोकेको ध्यान हो ।’ यो कुनै सामान्य पदयात्रा होइन, यो त अशान्त बन्दै गएको विश्व र विभाजित समाजमा ‘शान्ति, सचेतना र करुणा’ को… पुरा पढौ

पालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

लमजुङको बेसीशहरमा नगरपालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बेसीशहरको सहजी खेल मैदानमा बिहिवार कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं अर्यालले रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अर्याल र बेसीशहर नगरपालिका खेलकुद तथा शिक्षा शाखा प्रमुख सिर्जना चिलुवाले सभ्य, मर्यादित र अनुशासन भएर खेल खेल्नको लागि विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो । उद्घाटन कार्यक्रम बेसीशहर नगरपालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका संयोजक भुपु सैनिक बोडिङ स्कुलका प्रिन्सिपल… पुरा पढौ

ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयद्धारा सामुहिक राखी कार्यक्रम

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन पर्वको अवसरमा रहेका ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयद्धारा राखी बाध्ने कार्यक्रमको आयोजना गरिएको छ । लमजुङको बेसीशहरमा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय शाखामा सामुहिक रक्षा बन्धन राखी बाधिएको हो । कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललाई शाखाकी प्रमुख राधा भण्डारीले राखी बाँधेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । राखी बाँन्नको लागि शिक्षक, प्राध्यापक, प्रहरी, व्यापारी, लगायत सर्वधारणको बाक्लो उपस्थिति रहेको थियो । जनैपूर्णिमाको दिन राखी बाध्नु भनेको सबै आत्माहरु एकअर्काको भाई भाई भएकोले एक अर्कामा… पुरा पढौ

नागरिकलाई ५७ लाख रुपैयाँ बराबरको निशुल्क सेवा

लमजुङको सुन्दरबजारमा रहेको नमूना सामुदायिक अस्पतालले झण्डै ५७ लाख रुपैयाँ बराबरको निशुल्क सेवा दिएका छ ।अस्पताले सो अवधिमा कूल २१ हजार विरामीलाई सेवा दिएकोमा झण्डै ६ हजार विरामीले निःशुल्क सेवा पाएका र ती बिरामीहरुले ५६ लाख ८२ हजार ७ सय ७० रुपैयाँ बराबरको निःशुल्क सेवा पाएका हुन् । निशुल्क सेवा पाउनेमा ३ हजार ४ सय ४५ महिला र २ हजार १ सय १९ पुरुष रहेका छन् । गत आर्थिक बर्षमा अस्पतालको बहिरंग विभागबाट १७ हजार ५ सय १२, अन्तरंग विभागबाट… पुरा पढौ