अन्तर्वार्ता

जनसम्पर्क समितिबाट कांग्रेसका ७ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचित हुनेमा दुई महिला र विभिन्न क्षेत्रबाट पाँच जना रहेका छन्। महिला समूहबाट सीता सापकोटा घिमिरे र चन्दा अधिकारी निर्वाचित भएका छन्। घिमिरेले ३ हजार ११३ मत प्राप्त गर्दा अधिकारीले २ हजार ८९६ मत प्राप्त गरिन्। महिला समूहका दुई पदका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धामा थिए। युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाही केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले १ हजार ४१२ मत प्राप्त गरेका… पुरा पढौ

मुख्यमन्त्री पाण्डेद्वारा मनाङमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार मनाङको चामेमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। पोखराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत चामे पुगेका मुख्यमन्त्री पाण्डेले सदरमुकाम चामेबाट माथिल्लो मनाङ जोड्ने मोटरेबल पुल तथा आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले मर्स्याङ्दी नदीमा बाढीपहिरोसँगै थुप्रिएको लेदो, बालुवा, गिटी, ढुंगा तथा गेग्र्यान हटाउने कामबारे जानकारी लिएका थिए। बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेको र आवागमन प्रभावित भएको अवस्थामा तत्काल आवश्यक काम अघि बढाउने मुख्यमन्त्री पाण्डेले बताए। प्रभावित नागरिकका… पुरा पढौ

बाढी–पहिरोले मनाङमा क्षति बढायो, मर्स्याङ्दी थुनिएपछि बन्यो ७५ मिटर लामो ताल

पछिल्ला तीन दिनदेखि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोले मनाङमा जनजीवन प्रभावित बनाएको छ। बाढी–पहिरोका कारण चामे गाउँपालिकाका घर तथा संरचनामा क्षति पुगेको छ भने नार्फा भूमि गाउँपालिकाको हिमलुङ बेस क्याम्पमा पुगेका केही व्यक्ति बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद बोहराका अनुसार चामे गाउँपालिका–५ का नौ घर डुबानमा परेका छन्। त्यस्तै चामे–४ मा चार घर, एउटा चर्च र एउटा गोठ बाढीले बगाएको छ। नार्फा भूमि गाउँपालिका–५ स्थित हिमलुङ बेस क्याम्प पुगेका २८ जनामध्ये… पुरा पढौ

संघर्षदेखि उम्मेदवारीसम्म: तीर्थ बहादुर थापाको राजनीतिक यात्राको कथा

नेपाली कांग्रेससँगको सम्बन्ध तीर्थ बहादुर थापा लागि केवल राजनीतिक आबद्धताको विषय होइन, यो उहाँको जीवनको लामो संघर्ष, आन्दोलन, संस्कृति र सामाजिक योगदानसँग जोडिएको यात्रा हो। विद्यार्थी जीवनदेखि सुरु भएको उहाँको राजनीतिक यात्रा विभिन्न आन्दोलन हुँदै नेपाली कांग्रेसको सांस्कृतिक अभियानसम्म पुगेको छ। हाल आफू नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि लमजुङ जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेको स्पष्ट पार्दै थापाले महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आगामी असोज १६ गतेबाट काठमाडौं हुने केन्द्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने इच्छा रहेको बताउनुभयो ।… पुरा पढौ

नेपाल टेलिकमको संविधान दिवस अफर: ३० दिनसम्म अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ। अफरअन्तर्गत टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराएको छ। रु। ४९९ मा ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज लिन सकिनेछ। यसमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा उपलब्ध हुनेछ। दैनिक ५ जीबी डाटा सकिएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ। त्यस्तै, धेरै डाटा प्रयोग गर्ने ग्राहकका लागि रु। ६९९… पुरा पढौ

स्थानीय तहको निर्वाचन फागुनमै गर्ने तयारीमा आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन महिनाको अन्तिम साताभित्र स्थानीय तहको निर्वाचन गराउने गरी तयारी अघि बढाएको छ। आयोगका आयुक्त राजीव सुब्बाका अनुसार प्रचलित कानुनी व्यवस्थालाई आधार बनाएर निर्वाचनको तयारी भइरहेको छ। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै नयाँ निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार आयोगले आफ्नो तयारी अगाडि बढाएको उनले बताए। निर्वाचनका लागि आवश्यक आन्तरिक तयारी आयोगले अघि बढाइसकेको भए पनि सरकारसँग गर्नुपर्ने समन्वयका काम भने बाँकी रहेको आयुक्त सुब्बाको भनाइ छ। हाल आयोगले मतदाता… पुरा पढौ

मर्स्याङ्दीमा राष्ट्रिय शिक्षा दिवस तथा उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा विभिन्न शैक्षिक तथा उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा एसईई परीक्षा–२०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा उत्कृष्ट नतिजा हासिल गराउन योगदान पुर्‍याउने शिक्षकलाई सम्मान गरिएको छ। त्यस्तै, एसईईमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय, कक्षा ५ र ८ को परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय… पुरा पढौ

सुरुङभित्र फसेकाको उद्धारमा खटिएका सागर ढकालमाथि ‘विदेशी एजेन्ट’ आरोपको दिए जवाफ

रसुवामा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार अभियानमा सांसद एवं इन्जिनियर सागर ढकाल निरन्तर खटिरहेका छन्। जटिल भूगोल र सुरुङभित्रको जोखिमपूर्ण अवस्थाका बीच उनी प्राविधिक टोलीसँगै उद्धार कार्यमा सक्रिय छन्। जलविद्युत्, पानी तथा पूर्वाधारसम्बन्धी क्षेत्रमा काम गरेको अनुभव भएका ढकाल विपद्का बेला राजनीतिक भूमिकाभन्दा प्राविधिक ज्ञान र अनुभवलाई प्रयोग गर्दै उद्धारमा जुटेका हुन्। सुरुङभित्र फसेका व्यक्तिहरूलाई जीवितै उद्धार गर्ने प्रयासमा उनीसहितको टोली लामो समयदेखि घटनास्थलमै रहेर काम गरिरहेको छ। तर, उद्धार अभियानमा सक्रिय भइरहेका बेला सामाजिक… पुरा पढौ

बाढी प्रभावित परिवारलाई मासिक १५ हजार आवास भाडा

काठमाण्डौ – भोटेकोशी बाढी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा १५ हजार रुपैयाँ आवास भाडा दिने निर्णय गरेको छ । गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ४ जनासम्मका परिवारलाई मासिक १५ हजार र ४ जनाभन्दा धेरै सदस्य भएमा प्रतिव्यक्ति थप २ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो । मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै बाढी प्रभावितको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।… पुरा पढौ

आज कुशेऔँसी: कुशको धार्मिक महत्वसँगै बाबुप्रति सम्मान गर्ने दिन

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन्। भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा धार्मिक कार्यमा अत्यन्त महत्वपूर्ण मानिने कुश विधिपूर्वक घरमा भित्र्याउने गरिन्छ। यही दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइने भएकाले कुशेऔँसी धार्मिक आस्था र पारिवारिक सम्मानसँग जोडिएको पर्व हो। सनातन परम्परामा कुशलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ। वर्षभरि गरिने देवकार्य, पितृकार्य, श्राद्ध, तर्पण तथा विभिन्न धार्मिक कर्मकाण्डमा कुशको प्रयोग गरिन्छ। धार्मिक मान्यताअनुसार कुशेऔँसीका दिन विधिपूर्वक उखेलिएको कुश वर्षभरि प्रयोग गर्न योग्य मानिन्छ। त्यसैले यस दिन घरघरमा कुश… पुरा पढौ