कास्की

दुई मुद्दामा रवि लामिछानेसँग ३१ करोड रूपैयाँ बिगो दावी

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ र सहकारी ठगीतर्फ ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दावीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए।… पुरा पढौ

वन तथा वातावरण मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त भएका छन् । नव नियुक्त मन्त्री पौडेलले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज उनलाई शपथ गराए । यो सँगै गण्डकी सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै सरकार विस्तार गरेका हुन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका पौडेललाई ल्याइएको हो । पौडेल लमजुङ क्षेत्र नं २ बाट निर्वाचित हुन् भने नेपाली कांग्रेसका निवर्तमान सभापति समेत हुन् ।… पुरा पढौ

सहकारी ठगी आरोपमा पक्राउ परे रवि

प्रहरीले पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । शुक्रबार साँझ बनस्थलीस्थित रास्वपा कार्यालयबाट नियन्त्रणमा लिनुपूर्व जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा अनुसन्धानका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो । जिल्ला अदालत, कस्कीका ६ जना न्यायाधीश छन् । दशैं विदा सकिएर शुक्रबार कार्यालय खुल्दा कोही पनि थिएनन् । न्यायाधीश कृष्णजंग शाह शुक्रबार दिउँसो नेपालगञ्जबाट पोखरा आए । दिउँसो ३ बजेतिर अदालत हाजिर भएका उनले रविलाई पक्राउ अनुमति दिए भने… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत, माओवादीको चिह्नबाट चुनाव जितेका देवकोटाद्वारा ’फ्लोर क्रस’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । नेकपा (माओवादी केन्द्र) को चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले समेत मत दिएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउनुभएको हो । आजको प्रदेश सभामा भएको मत विभाजनमा देवकोटाले माओवादी संसदीय दलको ’ह्विप’ विपरीत ’फ्लोर क्रस’ गर्नुभएको छ । मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ सांसदको मत परेको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिनुभयो । यसअघि अल्पमतमा परेर मुख्यमन्त्रीको पद गुमाएका पाण्डेलाई आज भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई जना र स्वतन्त्र सांसद… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदको समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा आज ५७ जना सांसद उपस्थित थिए । मुख्यमन्त्रीको पक्षमा ३० जना सांसदले मतदान गरेका हुन् । बहुमतका लागि ३१ जना सांसद हुनुपर्ने भए पनि सभामुख धितालले सर्वाेच्चको अदालतको आदेशअनुसार भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो । मुख्यमन्त्री अधिकारीले विश्वासको मतको विपक्षमा २७… पुरा पढौ

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले) का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ जना र एक जना स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेसहित ३१ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गर्नुभएको थियो । सभामुख कृष्णप्रसाद धितालको समेत हस्ताक्षर गराएर मुख्यमन्त्रीको बहुमत पु¥याएको भन्दै… पुरा पढौ

लागुऔषध ‘अफिम खेती’ गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ

लमजुङमा अवैध लागुऔषध ‘अफिम खेती’ गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका–३ सुर्यपालमा अवैध लागुऔषध अफिम खेती गरिरहेको मकवानपुर राक्सिराङ गाउँपालिका–८ घर भएका २६ बर्षिय हिमाल लामा थिङ पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा प्रहरीले लामालाई आइतबार पक्राउ गरेको हो । मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेका लामा सहित उनले ३ रोपनी जग्गामा लगाएको १४ हजार ५ सय ६६ अफिमका बोट, अफिमबाट संकलन गरिएको १०७.४ ग्राम चोप, चोप निकाल्ने कार्यमा… पुरा पढौ

जनताले सरकार भएको अनुभुती गर्न पाएका छैनन् : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको सरकार पछि नेपालमा सरकार छ कि छैन भन्ने जनताले अनुभुती गर्न नपाएको बताउनुभएको छ । शुक्रबार लमजुङको सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटीमा नेकपा एमालेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओली यस्तो बताउनुभएको हो । नेकपा एमालेको पालामा गरेका बिकास निर्माणका कामले निरन्तरता पाउन नसकेको गुनासो गर्दै जनताले सरकार भएको महसुस गर्न पाएका छैनन् ओलीले भन्नुभयो । ओलीले विकास निर्माणका कामहरु ठप्प जस्तै भएकोले रोजगारी सिर्जना हुननसकेको बताउनुभयो । एमालेको सरकार हुँदा दैनिक… पुरा पढौ

१५ गतेबाट सम्पर्क विहिन भएका युवा महेन्द्रनगरमा फेला

असोज १५ गतेबाट सम्पर्क विहिन भएका युवा ११ दिन पछि महेन्द्रनगरमा फेला परेका छन् । लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ गाउँशहर घर भएका २१ वर्षिय श्रीकृष्ण खत्री कञ्चनपुरको महेन्द्रनगरमा फेला परेका हुन् । उनी महेन्द्रनगरको एक होटलमा बस्दै गरेका र त्यहिबाट उनको पैसा हराएर खोजी हुने क्रममा प्रहरीले उनलाई विहिबार फेला पारेको हो । उनी अहिले जिल्ला प्रहरी कार्यलय कञ्चनपुरको संरक्षणमा रहेका छन् । उनको परिवार र आफन्त त्यस तर्फ गैरहेको पारिवारिक स्रोतले बताएको छ । प्रहरीका अनुसार खत्रीको… पुरा पढौ

अब मानिसहरु पीडा बोकेर बाँच्न बाध्य हुनुपर्दैन, लमजुङ अस्पतालमा प्रशामक सेवा सुरु हुदै

लमुजङ जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशामक सेवा सम्बन्धी तालिम प्रदान गरिएको छ । हरियो खर्क अस्पताल पोखराको सुनिता परियोजना कार्यक्रम अन्तरगत जिल्ला अस्पताल लमजुङमा स्वास्थ्यकर्मीलाई २ दिने तालिम प्रदान गरिएको हो ।तालिम समापन कार्यक्रम गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो भने जिल्ला अस्पताल लमजुङका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा भएको थियो । सो अवसरमा पौडेलले आजको समयमा प्रशामक सेवा अत्यावश्यक रहेहको भन्दै तालिमबाट प्राप्त ज्ञानलाई अवसरको रुपमा व्यवहारिक ढंगले सदुपयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तैगरी अस्पलका अध्यक्ष तामाङले यस किसिमको… पुरा पढौ