मनोरन्जन

आज हरितालिका तीज मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका… पुरा पढौ

बेसीशहरमा ‘एक चिहान’ नाटक मञ्चन

लमजुङ सदरमुकाम बेसीशहरमा मञ्जरी नाट्य समूह लमजुङ र पोखरा थिएटरको संयुक्त प्रस्तुतीमा ‘एक चिहान’ नाटक मञ्चन गरिएको छ । चर्चित उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानद्वारा लिखित कक्षा १२ को अनिवार्य नेपाली विषयमा समावेश गरिएको उपन्यास एक चिहानलाई नाटकिय रुपमा मञ्चन गरिएको हो । नाटक एक चिहान नेपाली समाजका गरिब किसान र मजदुरहरुको जीवनमा आधारित छ । वि.स २०११ सालतिरको निम्न वर्गीय जीवनको यथार्थलाई सो नाटकमा प्रस्तुत गरिएको छ । गरिबी, वाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत… पुरा पढौ

हर्स राइडिङ्घ व्यवसायमा रम्दै निवर्तमान वडाध्यक्ष दवाडी

कुनै बेलाको गाउँको विकासका लागि दौडधुप गर्ने लमजुङका एक वडाध्यक्ष अहिले भने फरक व्यवसायमा व्यस्त छन् । लमजुङको दुधपोखरी गाउँपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष गोविन्द दवाडीले अहिले हर्स राइडिङ एण्ड बग्गी व्यवसाय सुरु गर्नुभएको हो । तारकेश्वर नगरपालिका वडा नं ९, काडमाडौंमा दवाडीले एभरेष्ट हर्स राइडिङ्घ दर्ता गरी करिब १ करोडको लगानिमा व्यवसाय सुरु गर्नुभएको छ । १८ वर्ष सम्म नेपाल सरकारको आर्मीमा जागिर खाँदा घोडचडीमा काम गरेको अनुभव भएकाले पेन्सनमा निस्किएपछि यहि व्यवसाय सुरु गरेको दवाडीले बताउनुभयो… पुरा पढौ

लमजुङका गुरुङ बस्तीमा यतिबेला घाटु नाचको रौनक

लमजुङका विभिन्न गुरुङ बस्तीमा यतिबेला सती घाटु नाच सुरु भएको छ । विशेषगरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच वैशाख पूर्णिमामाको दिन देखि तीन दिन नाचेर समापन गरिन्छ । विशेषगरी गुरुङ समुदायमा घाटुनाच बढी प्रचलित छ । गुरुङबाहेक दुरा र मगर समुदायले पनि घाटु नाच्ने, गाउने गरेको पाइन्छ । घाटु एक शास्त्रीय नाच हो । जानकारहरूका अनुसार १६औँ शताब्दी तिर लमजुङका एक दम्पती राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगलको सिकार, पुत्रबढाई, लडाइँ र अन्ततः मृत्युसम्मको कथा नै घाटुको… पुरा पढौ

लमजुङका कहाली लाग्दा भिरहरुमा ‘हनी हन्टिङ’ गरिदै

यतिबेला लमजुङका कहाली लाग्दा भिरहरुमा ‘हनी हन्टिङ’ अर्थात मह शिकार गरिदै छ । मर्स्याङदी गाउँपालिकाको वडा नं ४ मा रहेको मिप्राको छोप्ली भिरमा र ताघ्रिङको कोइम्रोमा ‘हनी हन्टिङ’ गरिएको छ । मह शिकार गरेर एक छोप्ली भिरबाट मात्रै २ सय ४० लिटर मह निकालिएको छ भने ताघ्रिङको कोइम्रोबाट १२० लिटर मह जम्मा गरिएको छ । यसरी निकालिएको मह गाउँले सबैलाई बराबर भाग लगाएर बाडिने स्थानीय प्रदिप गुरुङले जानकारी दिनुभयो । भिर मौरीको मह प्रति लिटरको २ हजार देखि २५ सय… पुरा पढौ

साहित्यकार श्रीकृष्ण न्यौपानेको एकसाथ तीनवटा कृति विमोचन

लमजुङे साहित्यकार श्रीकृष्ण न्यौपानेको ३ वटा कृतिको एकसाथ सदरमुकाम बेंसीसहरमा शनिबार विमोचन गरिएको छ । सय छन्द (कविता संग्रह), तिम्रो गमला मसित बोल्दैन (खण्डकाव्य) र विषालु धरती (महाकाव्य) को प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, लेखक एवं समालोचक प्रा.डा. देवी नेपाल, प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक खेमनाथ शर्मा र श्रष्टा श्रीकृष्ण न्यौपानेले एकसाथ विमोचन गर्नुभएको हो । पिङ्गल छन्द लमजुङको आयोजनामा साहित्यकार न्यौपानेको तीनवटै कृति विमोचन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले पश्चिमा… पुरा पढौ

रेडियोले मनायो १८ औं स्थापना दिवश

सामूदायिक विकास तथा सञ्चार केन्द्रद्धारा २०६४ सालमा स्थापना भएको रेडियो मर्स्याङदीले बैशाख १ गते १८ औ स्थापना दिवस शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरी मनाएको छ । रेडियो सञ्चालक समितिका कोषाध्यक्ष एवं रेडियोका निर्देशक मिना गुरुङको अध्यक्षता एवं प्रदेश सभा सदस्य भेषवहादुर पौडेलेको प्रमुख आतिथ्यतामा स्थापना दिवस तथा नयाँ वर्षको २०८१ को शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रम भएको हो । स्थापना दिवस तथा नयाँ वर्षको शुभकामना दिदै प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले विभिन्न व्यक्ति र निकायको सहयोगमा १७… पुरा पढौ

आजबाट नयाँ बर्ष २०८१ सुरु

आज बैशाख १ गते, विक्रम सम्वत् अनुसार आजबाट नयाँ बर्ष २०८१ सुरु भएको छ । आजको दिन नेपालमा तथा विदेशमा रहेका नेपालीहरुले साथीभाई, आफन्त र इष्टमित्रहरुसँग हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गर्दै रमाइलो गरी नयाँ बर्ष मनाइरहेका छन् । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ… पुरा पढौ

सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर तीव्र देश विकासको जनताको चाहनालाई पुरा गर्नु रहेको बताउनुभएको छ । स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला संस्कृति समृद्ध लमजुङको आधार” भन्ने नारासाथ शुक्रबारदेखि प्रारम्भ भएको आठौं लमजुङ महोत्सव, २०८० को उद्घाटन तथा लमजुङ भ्रमण वर्ष २०८१ को घोषणा समारोहलाई शुक्रबाार बेसीशहरमा सम्बोधन गर्दे उहाँले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ अब हामीले विशेष ध्यान दिनुपर्दछ भन्नुभयो । “त्यसका… पुरा पढौ

झाँकी र्‍यालीमा प्रथम, द्धितीय हुने समुहको फोटो फिचर

लमजुङ सदरमुकाम बेसीशहरमा शुक्रबार देखि सुरु भएको ८ औँ लमजुङ महोत्सवको उद्घाटन कार्यक्रममा प्रदर्शन गरिएको झाँकी र्‍यालीमा शान्तिटोल तमु बाबा आमा समुह बेसीशहर ७ प्रथम भएको छ । बेसीशहरको शेरा बजार देखि सुरु भएको झाँकी र्‍यालीमा ७५ समुह सहभागी भएका थिए । झाँकी र्‍यालीमा प्रथम शान्तिटोल तमु बाबा आमा समुह, सहभागी समुह मध्य नेवा गुठी खल बेसीशहर दित्तिय, नेपाल तामाङ घेदुङ लमजुङ तृतीय भएको छ । नेपाल तामाङ घेदुङ लमजुङ तृतीय भएको छ । यसैगरी नेपाल मगर संघ जिल्ला कार्यसमिति… पुरा पढौ