अर्थतन्त्र

मर्स्याङ्दीमा सुरक्षित वैदेशिक रोजगारी सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया सम्पन्न

मर्स्याङ्दी गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी, सहज, गुणस्तरीय र नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यले विषयगत समिति तथा शाखा प्रमुखहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। भुलभुलेस्थित गाउँपालिका कार्यालयमा आइतबार आयोजित कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारीका अवसर, सेवा प्रवाहको वर्तमान अवस्था, सरोकारवाला निकायहरूको भूमिका, विद्यमान चुनौती तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीमा जाने तथा विदेशबाट फर्किएका नागरिकहरूको हकहित, सुरक्षा र पुनःएकीकरणलाई प्राथमिकतामा राख्दै स्थानीय तहबाट प्रदान गरिने… पुरा पढौ

यूनिभर्सल एकेडेमीमा कक्षा ११ का विद्यार्थी तथा अभिभावकलाई शैक्षिक अभिमुखीकरण

लमजुङको बेसीसहर नगरपालिका–७ स्थित यूनिभर्सल एकेडेमी मा कक्षा ११ मा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकका लागि शैक्षिक तथा करियर काउन्सिलिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। शैक्षिक सत्र २०८३ मा एसईई परीक्षा उत्तीर्ण गरी कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरू र उनीहरूका अभिभावकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विज्ञान तथा व्यवस्थापन संकायका गरी करिब ६५ जना विद्यार्थी र ४० जना अभिभावकको सहभागिता रहेको थियो। अभिमुखीकरण कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई… पुरा पढौ

प्याब्सन लमजुङद्वारा शिक्षक अभिमुखीकरण कार्यक्रम आयोजना

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति लमजुङको आयोजनामा प्याब्सनसँग आबद्ध निजी तथा संस्थागत विद्यालयका शिक्षकहरूका लागि एकदिने शिक्षक अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक इन्द्रमणि दाहाल तथा उत्प्रेरक डा. तारा जीले पाठ्यक्रम, आधुनिक शिक्षण विधि, निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली, लगायत समसामयिक शैक्षिक विषयमा प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले शिक्षक समाज निर्माणका प्रमुख आधार भएको उल्लेख गर्दै शिक्षकले प्रदान गर्ने ज्ञान, सीप र संस्कारले विद्यार्थीको… पुरा पढौ

अगुवा कृषकलाई परागसेचकमैत्री कृषिमा आधारित प्रशिक्षक प्रशिक्षण तालिम प्रदान

लमजुङको बेसीशहरमा अगुवा कृषकहरुलाई परागसेचकमैत्री कृषिमा आधारित प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । दिगो कृषि र जैविक विविधताका लागि परागसेचकको संरक्षण र सम्बद्र्धन भन्ने नाराका साथ बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाका ९ जना अगुवा कृषकहरुलाई तालिम प्रदान गरिएको हो । हर्ड इन्टरनेसनल लमजुङको आयोजनामा डार्विन इनिसिएटिभ एक्स्ट्राः नेपाल परागसेचन परियोजना अन्र्तगत जेठको २४ गते देखि ३० गते सम्म ७ दिने परागसेचकमैत्री कृषिमा आधारित कृषक पाठशाला संचालनका लागि प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो । तालिमको मुख्य उद्देश्य नेपालमा परागसेचन सम्बन्धी सचेतना… पुरा पढौ

मन्त्रिपरिषद् विस्तार : गृहमा सुधन गुरुङ, विज्ञान तथा नवप्रवर्तनमा महावीर पुन

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृह मन्त्री तथा महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीद्वयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो। गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए। उनको सम्पत्ति विवरणसम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारले… पुरा पढौ

तिलहरमा ज्येष्ठ नागरिकको सक्रियता बढ्दो, भजन–कीर्तन कार्यक्रममा सयभन्दा बढीको सहभागिता

लमजुङको बेसीसहर नगरपालिका–११ तिलाहार ुमा रहेको ज्येष्ठ नागरिक सङ्घ समिति दिवा सेवा केन्द्रले नियमित रूपमा सञ्चालन गर्दै आएको भजन–कीर्तन कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ। प्रत्येक महिनाको १ र १५ गते आयोजना हुने उक्त कार्यक्रममा त्यस क्षेत्रका एक सयभन्दा बढी ज्येष्ठ नागरिकहरू सहभागी हुने गरेका छन्। रामचोक गाउँ, बस्नेतडाँडा, बानियापधेरा, गैराथोक, तिनपिप्ले, तिलाहार, स्याउत, कार्कीडाँडा तथा पण्डितथोक लगायतका विभिन्न बस्तीबाट ज्येष्ठ नागरिकहरू कार्यक्रममा उपस्थित हुने गरेका छन्। दिनभर सञ्चालन हुने भजन–कीर्तन तथा धार्मिक गतिविधिले समयको सदुपयोग हुनुका साथै… पुरा पढौ

लमजुङ दरबार गेटसम्म कालोपत्रे सडक

लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ३ स्थित ऐतिहासिक लमजुङ दरबार गेटसम्म मोटरबाटो कालोपत्रे गरिएको छ । सडक कालोपत्रे भएपछि स्थानीयवासीसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्न सहज भएको छ । विशेषगरी पछिल्लो समय चर्चामा रहेको काउलेपानी होमस्टेमा रमाउनको लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छन् । दरबार गेटसम्मको बनेको सडकले पनि केही सहज बनेपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको स्थानीयले बताएका छन् । पहाडी गाउँको प्राकृतिक सौन्दर्य, परम्परागत संस्कृति र ग्रामीण जीवनशैली अनुभव गर्न आउने पर्यटकलाई… पुरा पढौ

महिलालाई आत्मनिर्भर बनाउन बेसीसहरमा प्लम्बिङ तालिम सुरु

लमजुङको बेसीसहर नगरपालिकामा महिलाहरूलाई सीपमूलक तथा आयआर्जनमुखी व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले प्लम्बिङ तालिम सुरु गरिएको छ। आइतबारदेखि सुरु भएको उक्त तालिम लक्ष्मी नारायण सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तथा बेसीसहर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। सात दिनसम्म चल्ने तालिममार्फत सहभागी महिलाहरूलाई प्लम्बिङसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ। तालिम उद्घाटन कार्यक्रम लक्ष्मी नारायण सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सुशीलचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बेसीसहर नगरपालिका वडा नं. ८ का अध्यक्ष पवित्र… पुरा पढौ

पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नवलपुरको अध्यक्षमा रामप्रसाद पन्त

पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नवलपुरको अध्यक्षमा रामप्रसाद पन्त सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । शुक्रबार कावासोती ३ मा सम्पन्न नवलपुर जिल्ला प्रथम साधारण सभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गरेको हो । नवगठित जिल्ला कार्यसमितिको प्रथम उपाध्यक्ष खगराज कँडेल, द्वितीय उपाध्यक्ष शिव प्रसाद ज्ञवली, सचिव निरु गौतम सुवेदी, कोषाध्यक्ष निता अर्याल, सह सचिव लीलाधर रिजाल, त्यस्तै सदस्यहरु मिना देवकोटा, मणिराम तिमल्सिना, दिलकुमारी भट्टराई र इन्दिरा गिरी रहनुभएकोे छ । कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष भुपेन्द्र खनाल तथा संघका केन्द्रीय… पुरा पढौ

२०८३ को बजेट २१ खर्ब २४ अर्ब

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार संघीय संसद्मा अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गर्दै चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन् । सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने तथा मुद्रास्फीति ६ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको छ । बजेट… पुरा पढौ