लमजुङमा अपराधिक घटनामा कमी

-


     भरत बाबु घिमिरे     
     भाद्र ३ गते २०८२ मा प्रकाशित


लमजुङमा अपराधका घटनामा कमी आएको छ । गतवर्षको तुलनामा आर्थिक वर्ष २०८१⁄०८२ मा जिल्ला प्रहरी कार्यालय लमजुङको तत्थ्याङ्क हेर्दा अपराधिक घटनामा कमी आएको हो ।

एक वर्षको अवधीमा कार्यालयमा दर्ता भएको तत्थ्याङ हेर्दा १ सय ९४ वटा मुद्धा दर्ता भएको छ । जसमा १ सय २२ दर्ता फछ्यौट भएको छ । गतवर्ष ०८०⁄०८१ मा २ सय ७ मुद्धा दर्ता भएको थियो, जसमा १ सय ३२ मुद्धा फछ्र्यौैट भएको थियो ।

यो वर्ष जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ५७ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको तत्थ्याङ अनुसार महिला बालबालिका सम्बन्धी मुद्धा दर्ता ५१ वटा, जवरजस्ती करणीमा १४, बैकिङ कसुरमा २१, आत्महत्या २४, चोरी १५, लागु औषध १२, कर्तव्य ज्यान ५, ज्यानमार्ने उद्योग ३, आत्महत्या दुरुत्साहन २, जुवातास ४, नागरिकता सम्बन्धी कसुर ४, जवरजस्ती करणी उद्योग १ र बालयौन दुव्र्यवहार सम्वन्धी ३ वटा मुद्धा एकवर्षको अवधीमा दर्ता भएको छ ।

यो वर्ष सवारी दुर्घटनाबाट घाइते तथा मृत्यु हुनेको संख्यामा पनि कमी आएको बताइएको छ । आथिकवर्ष ०८१⁄०८२ मा ८ जना को सवारी दुर्घटनामा परी ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । गतवर्ष ११ जनाको मृत्युभएको थियो र ४५ जना घाइते भएका थिए ।

त्यस्तैगरी मानिसहरु हराएको भनी दर्ता भएको १ सय मध्ये ९० जना फेला पारिएको छ । ठाडो उजुरी निवेदनमा दर्ता भएको ३ सय ४९ मध्ये सबै मुद्धा फछ्र्याैट भएको प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

प्रहरी कार्यालयले बिना ईजाजत वा नविकरण नभएका १ सय ९७ हतियार नियन्त्रणमा लिएको भने सवारी नियम उल्लङघन गर्ने ९ हजार ९ सय ८४ सवार धनीलाई कारवाही गरेको छ । त्यस्तैगरी नदीजन्य पदार्थ उत्खनन् गर्ने ३९ वटा सवारी साधन नियन्त्रण गरी ४ लाख ७८ हजार २ सय ३ रुपैयाँ, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट ८० लाख ७८ हजार राजश्व संलकन गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी राज किशोर शाह तेलीले जानकारी दिनुभएको छ ।