विचार/ब्लग

बोलेर होइन गरेर देखाउ: शव व्यवस्थापनमा हतार नगर्न सुझाव दिएका सचिव निरौलालाई नै कामको जिम्मा

बाढी तथा विपद्का क्रममा भेटिएका शव व्यवस्थापनमा हतार नगर्न सरकारलाई सुझाव दिएका कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवामा काजमा खटाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार निरौलालाई टिमुरे क्षेत्रलाई केन्द्र बनाएर काम गर्ने गरी रसुवा पठाइएको हो। उनले बाढीपछि बेपत्ता तथा मृत्यु भएका व्यक्तिको खोजी, उद्धार, राहत र शव व्यवस्थापनमा समन्वय गर्नेछन्। निरौलाले केही दिनअघि सामाजिक सञ्जालमार्फत पहिचान नखुलेका शव तत्काल गाड्नुभन्दा पहिले आफन्तको खोजी र शवको पहिचानलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएका थिए। बाढीमा आफन्त… पुरा पढौ

भोटेकोशीको भेलपछि: अब कसले जवाफ दिने ?

भोटेकोशीमा उर्लिएको भेलले रसुवाको भूगोल मात्र हल्लाएको छैन, धेरै परिवारको जीवनमा कहिल्यै नमेटिने पीडाको छाप छोडेको छ। एकैछिनको प्राकृतिक प्रकोपले घर, सडक, पुल र संरचना बगाउँदा मानिसले फेरि एउटा कठोर सत्य सामना गर्नुपरेको छ—विपद् प्रकृतिबाट आउँछ, तर त्यसले निम्त्याउने क्षतिको मात्रा हाम्रो तयारी र निर्णयले निर्धारण गर्छ। आज भोटेकोशीको किनारमा बाँकी रहेका भग्नावशेष हेर्दा एउटा प्रश्नले पछ्याउँछ—हामीले विकासका नाममा जोखिमलाई कति नजिक बोलायौँरु नदीको स्वभाव, पहाडको संवेदनशीलता र भूगोलको सीमालाई बेवास्ता गर्दै बनाइएका संरचनाले प्राकृतिक शक्तिसामु हामी कति कमजोर रहेछौँ… पुरा पढौ

मर्स्याङ्दी गाउँपालिकाका जनप्रतिनिधिले आधा महिनाको सेवा सुविधा बाढीपीडितलाई दिने

लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै लमजुङको मर्स्याङ्दी गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो आधा महिनाको सेवा सुविधा बाढीपीडितको राहतका लागि उपलब्ध गराउने भएका छन्। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बिहीबार जारी गरेको अपिलमार्फत बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। अपिलमा विपद्को यस्तो संवेदनशील अवस्थामा प्रभावित नागरिकलाई राहत तथा सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिएको छ।… पुरा पढौ

बाढी प्रभावितको राहतका लागि कर्मचारीको तलबबाट १० दिनसम्मको रकम कट्टा हुने

रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन संघीय सरकारका कर्मचारीले आफ्नो तलबबाट निश्चित रकम योगदान गर्ने भएका छन्। मुख्य सचिवको नेतृत्वमा बसेको सचिव बैठकको निर्णयअनुसार संघीय सरकारका कर्मचारीको भदौ महिनाको तलबबाट कर्मचारीको श्रेणीअनुसार २ देखि १० दिन बराबरसम्मको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। निर्णयअनुसार श्रेणीविहीन कर्मचारीको २ दिन, राजपत्र अनंकित वा सोसरहका कर्मचारीको ५ दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणीका कर्मचारीको… पुरा पढौ

लमजुङमा विकासको चर्को बहस: नेतृत्वको दाबी र नागरिकका प्रश्न

नेपाल लिडको ‘लिसन सिंहदरबार–समृद्धि यात्रा’अन्तर्गत लमजुङमा आयोजित बहसमा जिल्लाको विकास, पूर्वाधार, पर्यटन, रोजगारी र स्थानीय सरकारको कार्यसम्पादनबारे राजनीतिक नेतृत्व तथा नागरिकबीच चर्को बहस भएको छ। नेपाल लिडको ‘लिसन सिंहदरबार–समृद्धि यात्रा’अन्तर्गत वरिष्ठ पत्रकार राजेन्द्र बानियाँसहितको टोलीले लमजुङको बेसीशहरमा बहस कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा लमजुङका सांसद धर्मराज केसीले सरकार गठन भएको छोटो समयमै ठूलो परिवर्तनको अपेक्षा गर्न नहुने बताए। उनले आफू कानून निर्माणका लागि निर्वाचित भए पनि जिल्लाका समस्या प्रत्यक्ष बुझेर समाधानका लागि पहल गरिरहेको उल्लेख गरे। विशेषगरी सुन्दरबजार–भोर्लेटार सडकको… पुरा पढौ

प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेट: सडकदेखि सीमा व्यवस्थापनसम्म ९ विषयमा ध्यानाकर्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ। भेटका क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा देखिएका विकास, पूर्वाधार, कानुनी तथा प्रशासनिक समस्याको समाधानका लागि संघीय सरकारबाट आवश्यक सहजीकरण र नीतिगत निर्णय हुनुपर्ने विषय उठाउनुभएको हो। मुख्यमन्त्री पाण्डेले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्किबासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभएको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने करिब ८ किलोमिटर सडकखण्ड निर्माणका लागि आवश्यक… पुरा पढौ

राष्ट्रिय युवा संघ लमजुङद्वारा रक्तदान कार्यक्रम आयोजना

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजनामा शनिबार बेसीशहरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बेसीशहरस्थित नेकपा एमाले जिल्ला कार्यालय ‘मदन आश्रित भवन’मा कार्यक्रम आयोजना गरिएको हो। रगतको आवश्यकता परेका बिरामीहरूलाई सहज रूपमा रगत उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। आकस्मिक अवस्था तथा उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई समयमै रगत उपलब्ध गराउन रक्तदान महत्वपूर्ण हुने भएकाले सामाजिक उत्तरदायित्वका रूपमा कार्यक्रम आयोजना गरिएको बताइएको छ। कार्यक्रममा राष्ट्रिय युवा संघ लमजुङका २२ जना युवाले रक्तदान… पुरा पढौ

‘हाम्रो मर्स्याङ्दीः हाम्रो गौरव’ जीवनी पुस्तक प्रकाशन गरिने

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकासँग सम्बन्धित राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको योगदान समेटेर जीवनी पुस्तक प्रकाशन गर्ने भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३ र ०८४ को स्वीकृत कार्यक्रमअन्तर्गत ‘राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको जीवनी प्रकाशन’ कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा मगंलबार सामाजिक विकास समितिका संयोजक तिलबहादुर गुरुङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेललगायतको उपस्थितिमा सम्पन्न बैठकले मर्स्याङ्दीको इतिहास, कला, साहित्य, संगीत, राजनीति, समाजसेवा तथा विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूको योगदान र प्रेरणादायी… पुरा पढौ

वरिष्ठ लोकगायिका माया गुरुङको सम्मानमा ‘सांगीतिक साँझ–२०८३’ घोषणा

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङले वरिष्ठ लोकगायिका माया गुरुङको सम्मानमा आयोजना गर्न लागिएको ‘सांगीतिक साँझ–२०८३’ कार्यक्रमको औपचारिक घोषणा गरेको छ। शनिबार बेसीशहरमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक गर्दै आयोजकले नेपाली लोकसंगीतको संरक्षण, स्रष्टाको सम्मान तथा नयाँ पुस्तालाई लोकसंस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यका साथ विशेष सांगीतिक साँझ आयोजना गर्न लागिएको जनाएको हो। प्रतिष्ठानका अनुसार कार्यक्रम आगामी असोज १० गते बेसीशहरस्थित फुलबारी मञ्चमा आयोजना हुनेछ। कार्यक्रममा देशका चर्चित लोक तथा दोहोरी कलाकारहरूको प्रस्तुति रहनेछ भने वरिष्ठ लोकगायिका माया गुरुङको… पुरा पढौ

सहयोगी हातहरूको साथमा २४ वर्षदेखि ज्येष्ठ नागरिकको सहारा बन्दै सर्वोदय सेवाश्रम

लमजुङको सर्वोदय सेवाश्रमले आफ्नो २४औँ स्थापना दिवस वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन सार्वजनिक, शुभकामना आदानप्रदान तथा सहयोगी संस्था र व्यक्तिहरूलाई सम्मान गर्दै सम्पन्न गरेको छ। लमजुङ जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेत, सशस्त्र प्रहरी बलका प्रमुख विकास अधिकारी, प्रदेश अस्पताल लमजुङका अध्यक्ष विजय गुरुङ, ज्येष्ठ नागरिक संघ लमजुङका कोषाध्यक्ष हरिप्रसाद अधिकारी, विश्व हिन्दु महासंघ लमजुङका वरिष्ठ उपाध्यक्ष कमल अधिकारी, नमुना सामुदायिक अस्पताल… पुरा पढौ