कृषि

लमजुङमा खेतीयोग्य जमिन र उत्पादन बर्षेनी घट्दै

लमजुङ जिल्लामा खेतीयोग्य जमिन र उत्पादन बर्षेनी घट्दै गएको छ । कृषि ज्ञान केन्द्रको तत्थ्याङ अनुसार विगतका केही वर्षहरुको तुलना गर्दा क्रमश खेतीयोग्य जमिन घट्दै गएको हो । लमजुङको  ४५ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन मध्ये ९ हजार ३ सय १ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोे छ भने गतवर्ष लगभग ३१ हजार १ सय ५८ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७⁄०७८ मा लमजुङमा १४ हजार २ सय ६० हेक्टर जमिनमा धान खेती गरिएको थियो, जसबाट करिब… पुरा पढौ

असार १५ मा रोपाई महोत्सव, (फोटो सहित)

आज १५ असार २२ औँ राष्ट्रिय धान दिवस लमजुङको बेसीशहरमा धान रोपाई महोत्सव गरी मनाइको छ । धान “बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने” नाराका साथ लमजुङ बेसीशहरको दनाई फाँटमा रोपाई गरी धान दिवस मनाइएको हो । रोपाई महोत्सव कार्यक्रममा बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङको प्रमुख आतित्थ्यथामा तथा कर्पुरेश्वर आमा समूहका अध्यक्ष कल्पना दनाईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चेतनाथ अर्याल, डियसपी रेशम बोहरा, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडा, लगायत प्रहरी, कर्मचारी, जनप्रतिनीधी, पत्रकार,… पुरा पढौ

जन्मदिनमा विद्यालयमा संयुक्त वृक्षरोपण कार्यक्रम

लमजुङको बेसीशहर नगरपालिका वडा नं २ भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा परिसरमा जन्मदिनमा वृक्षरोपण कार्यक्रम अन्तरगत वृक्षरोपण गरिएको छ । जन्मदिनमा वृक्षरोपण अभियान नेपालका संस्थापक सल्लाहकार शिवराम सिलुवाल, अभियन्ता कल्पना पाण्डे र अभियन्ता अंकित पाण्डेको जन्मदिनको अवसर पारी संंयुक्त रुपमा विद्यालय परिसरमा विरुवा रोपिएको हो । बेसीशहर वडा नं २ वडा सदस्य रिता अधिकारी, फेवा टेलिभिजन लमजुङ संवाददाता प्रमोद अधिकारी, विद्यालयका प्र.अ तथा शिक्षकहरु, विद्यार्थीहरुको उपस्थितिमा वृक्षरोपण गरिएको हो । विद्यालयको अतिरिक्त कार्यक्रम अन्तरगत जन्मदिनमा वृक्षरोपण कार्यक्रम समावेश गरेर अभियानसंग… पुरा पढौ

प्राणी अनुकूल पर्यावरणका लागि अपिल

जन्मदिनमा वृक्षरोपण अभियान नेपालले पर्यावरणमा भएको असन्तुलनले धेरै प्राणीहरु बाँच्न कठिन भएको, कतिपय लोप भईसकेको र कति लोप हुने अवस्थामा पुगेकोले सबै प्राणीहरुको अस्तित्व रक्षाका लागि उनीहरु बाँच्न सहज हुने पर्यावरण कायम राख्न मानव समुदायलाई अपिल गरेको छ । ५३ औं विश्व बातावरण दिवशको अवसरमा विहिबार लमजुङको बेसीशहरमा “प्रकृतिको संरक्षण, वातावरण स्वच्छता, प्राणी अनुकुल पर्यावरण अभियानको प्रतिबद्धता” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा अभियानले यस्तो अपिल गरेको हो ।बेसीशहरको मनाङे चौताराबाट सुरुवात भएको जागरण रयाली बेसीशहर ८ स्थित प्रकृति नारी… पुरा पढौ

यस वर्ष औषतभन्दा धेरै वर्षा हुने प्रक्षेपण

यस वर्षको मनसुन औसत समयभन्दा झन्डै १० दिनअघि नै भारतको केरला आइपुगेको छ । बङ्गालको खाडीको धेरैजसो भाग, श्रीलङ्का पूरै र भारतको केरलामा मनसुन विकसित भइसकेको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार केरलाबाट नेपालको कोशी प्रदेशमा आइपुग्न एक हप्ता हाराहारी लाग्छ । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख अर्थात् यस वर्ष जेठ ३० गते हो । तर अब बीचमा नरोकिकन आएमा यस वर्ष औसतभन्दा झन्डै डेढ हप्ताअघि नै मनसुन आइपुग्ने देखिन्छ । यस वर्ष… पुरा पढौ

जन्मदिनमा वृक्षरोपण कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेट्नुपर्छ

जन्मदिनमा वृक्षरोपण अभियान नेपालले अभियानलाई सरकारको बार्षिक नीति तथा कार्यक्रममा समेट्न अनुरोध गरेको छ ।अभियान नेपालले स्थानीय, प्रदेश र संघ तिनै तहका सरकारलाई “जन्मदिनमा वृक्षरोपण कार्यक्रम” लाई सम्बोधन हुने गरि सरकारको बार्षिक नीति तथा कार्यक्रममा समेट्न अनुरोध गरेको हो । जलवायु परिवर्तनको प्रभाव न्युनिकरण, प्रकृति वातावरण संरक्षण, आर्थिक सम्बृद्धि, सभ्य सु–संस्कृत समाज निर्माण लगाएतका मुख्य एजेन्डा लिएर अगाडि बढेको अभियानमा सरकारको पनि चासो हुनसके मुर्तरुप लिन सक्ने अपेक्षा गरेको छ । सार्वजनिक साथै निजी बाँझो जमिनको सदुपयोग, रोजगारीको सिर्जना, फलफूल… पुरा पढौ

सामुदायिक बनमा नेतृत्व गर्ने १६ जना महिलालाई सम्मान

लमजुङमा सामुदायिक वनमा नेतृत्व गर्ने १६ जना महिलालाई सम्मान गरिएको छ । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल लमजुङको शनिबार बेसीशहरमा आयोजना गरिएको छैटौ परिषदमा सामुदायिक बनको नेतृत्व गर्ने १६ जना महिलालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, केन्द्रीय सचिवालय सदस्य डोवबहादुर कार्की र जिल्ला महासंघ लमजुङका अध्यक्ष शान्ता सापकोटाले संयुक्त रुपमा अविर र सम्मानपत्र प्रदानगरी सम्मान गर्नुभएको हो । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ लमजुङमा आवद्ध तीन सय ३९ बन… पुरा पढौ

१४ औं दिनमा प्रथम खेलकुद तथा साँस्कृतिक महोत्सवको समापन

लमजुङ जिल्लामा पहिलो पटक आयोजना गरिएको लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको सोमबार समापन गरिएको छ । गत फागुन ६ गतेबाट सुरु महोत्सवको १४ औं दिनमा समापन गरिएको हो । त्यस्तैगरी महोत्सव अवधीभर भएको विभिन्न खेलकुदका विजेताहरुलाई पनि पुुरस्कार वितरण गरिएको छ । युगल ब्याडमिन्टन प्रतियोगितामा प्रथम भएका रोहित गुरुङ र सुभाष श्रेष्ठले १५ हजार रुपैया, द्धितीय हुने विनोद गुरुङ र प्रल्हाद बोहराले १० हजार रुपैया प्राप्त गरेका छन् । त्यस्तै कराँते प्रतियोगितामा बेसीशहर नगरपालिकाले ११ स्वर्ण, ५ रजत र ३… पुरा पढौ

कथाः “जन्मदिनको अनमोल उपहार”

सन्देश र रमेश बाल्यकालदेखि गहिरा साथी थिए। तर समयसँगै उनीहरूको सोचाइ फरक हुँदै गयो। रमेश प्रकृतिप्रेमी थियो, उसलाई बन, जंगल, रुख बिरुवासँग निकै माया थियो। सन्देशलाई भने बन फाँडेर काठ बेच्न र पैसा कमाउन मात्र चासो थियो। एक दिन रमेशले भन्यो, “अबदेखि हरेक जन्मदिनमा उपहार किन्ने होइन, एउटा रुख रोप्ने परम्परा बसाल्नुपर्छ। जन्मदिनको सही अर्थ भनेको प्रकृतिलाई केही दिनु हो, लिने होइन।” तर सन्देश हाँस्यो, “रुख रोपेर के फाइदा? म त पैसा कमाएर रमाउँछु।” उसले बन फाँड्न थाल्यो, दिनदिनै काठ… पुरा पढौ

प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सव हुने

लमजुङ जिल्लमा पहिलो पटक लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । शनिबार सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आगामी फागुन ६ गते देखि १८ गतेसम्म खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराइएको हो । बेसीशहरको सहजी खेल मैदानमा हुने कार्यक्रममाा छेलो, स्नुकर, कराँते, महिला र पुरुषको छुट्टा छुट्टै भलिवल प्रतियोगिता, तथा आमा समूहको सामुहिक नृत्य प्रतियोगिता तथा विविध साँस्कृति कार्यक्रमको आयोजना गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो । महोत्सवमा १ करोड ४२… पुरा पढौ