
माल्टामा रहेका लमजुङवासी नेपालीहरूको साझा संस्था लमजुङ समाज माल्टाले रसुवाका बाढीपीडितका लागि रु ५० हजार आर्थिक सहयोग गरेको छ।
नजिकिँदै गरेको तीजको अवसरमा कार्यक्रम गर्ने तयारी गरेको समाजले देशमा विपद् परेको भन्दै कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रकम बाढीपीडितको सहयोगमा उपलब्ध गराएको हो।
समाजका अध्यक्ष मनमोहन अधिकारीका अनुसार विपद्को समयमा पीडितलाई सहयोग गर्नु उचित ठानेर तीज कार्यक्रमको स्थगित गरी सोको लागि जम्मा गरिएएको रकम सहयोग प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो। संस्थाका सचिव पवनबाबु घिमिरेले सहयोग रकमबारे जानकारी दिँदै आफ्नो देशमा विपदले ठूलो धनजनको क्षतिभएको यस दुःखको घडीमा पीडितलाई साथ दिन पाउँदा खुसी लागेको बताए।
केही दिनअघि मात्रै गठन भएको लमजुङ समाज माल्टाले स्थापना सुरुवातमै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सहयोग गरेको हो।









