
लमजुङको सदरमुकाम बेसीशहरमा फेला परेको बम डिस्पोज गरिएको छ । शुक्रबार साझँ बाटो खन्ने क्रममा सडकमा गाडिएको अवस्थामा बम फेला परेको हो ।
बेसीशहर नगरपालिका ८ स्थित जिल्ला प्रहरी कार्यलय लमजुङ देखि अगाडि १०० मिटर तल पुर्वि दिशामा सडक विस्तारका लागि जेसिवीले बाटो खन्ने क्रममा सडकमा गाडिएको अवस्थामा पाईप बम फेला परेको हो ।

अन्जाजी ३ फिट लामो २ ईन्च गोलाईको जिआई पाईपमा दुई वटा तार देखिएको अबस्थामा शंकास्पद बस्तु फेला परेको जानकारी प्राप्त हुन भएपछि अनुसन्धान गर्दा पाईप वम रहेको खुल्न आएको चण्डि प्रसाद गण उदिपुरबाट वम डिस्पोजल टोली मगाईएको थियो ।
शुक्रबार साँझ नै बम डिस्पोेजको लागि सुरक्षित स्थान जिल्ला लमजुङ बेसिशहर न.पा.८ मलामीचौर स्थित रहेको मझुवाखोला र मस्र्याङदी नदिको किनारमा लगिएको तर अधेंरोको कारण उक्त बस्तुलाई तत्काल डिस्पोज गर्न नसकिएकोले सोही स्थानमा सुरक्षित राखी शनिबार बिहान पाईप बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
सो पाईप बम निकै पुरानो रहेकोले द्धन्दकालको समयमा नै गाडिएको हुन सक्ने जिप्रकाका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले बताउनुभयो ।









