प्रहरीद्वारा बोका चोरी गर्नेलाई पक्राउ

-


     प्रमिशा विक    
     असाेज ४ गते २०८० मा प्रकाशित



लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा गए राती बोका चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेकोे छ । क्वहोलासोथर गाउँपालिका वडा नं ३ घर भएका ३४ बर्सिया कालू गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
मध्यनेपाल वडा नं ६ मा बस्ने सिरोमणि भट्टराईको घरबाट दुई वटा बोका चोरी गरी बेच्नको लागि तनहँुको दमौली तर्फ जादँै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीले पिछा गरेपछि चोरी गरेका बोकाहरु जंगलमै छाडी फरार रहेका गुरुङलाइ सोही दिन वडा नं ५ को पराजुली बेसिबाट प्रहरीले पक्राउ गरेको हो ।

खोजतलासको गर्ने क्रममा मध्यनेपाल नगरपालिका वडा नं ५ को रिङ्नेको जंगलमा बोका फेला परेको बताइएको छ ।
बोका चोरेर पक्राउ परेका गुरुङलाई जिल्ला अदालतबाट चोरी सम्बन्धि कसुरमा पहिलो पटक ७ दिनको म्याद थपको अनुमती लिइ थप अनुसन्धान भइरहेको छ ।

निज गुरुङ यसभन्दा अगाडि पनि जिल्लाको साम्दी ९ र वडा नं ७ बाट खसी चोरी गरेको कसुरमा मिति ०३/२४ गते पक्राउ परेका थिए । सो क्रममा अनुसन्धान भइ सम्मानित जिल्ला अदालतबाट नगत रु ५० हजार धरौटी राखी तारीखमा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाइले बताएका छन् ।