
लमजुङको सदरमुकाम बेसीशहरमा सुन पगाल्न प्रयोग हुने तेजाब (एसिड) सेवन गर्दा लमजुङमा एक महिला गम्भीर बिरामी भएकी छन् ।
घरायसी कुरामा विवाद भए पछि उनले तेजाव सेवन गरेकी हुन् । तेजाब सेवबाट उनको जिब्रो जलेको र जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि थप उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएको छ । अहिले उनको सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय लमजुङले जनाएको छ ।
तेजाब सेवन गर्ने बेसीशहरमा सुनचाँदी ब्यवसाय गर्ने गर्दै आएका ३३ बर्षिया महिला रहेको बताइएको छ । प्रहरीका अनुसार श्रीमानसंगको सामान्य मनमुटावपछि आवेगमा आइ ती महिलाले घरमै रहेको तेजाव खाएकी थिइन् । तेजाबले उनको मुखमा गम्भीर चोट लागेको छ ।