बेसीशहर नगरपालिकाद्वारा उत्कृष्ट हासिल गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान

-


     नयाँ दीप    
     भाद्र ३१ गते २०८० मा प्रकाशित


राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर बेसीशहर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आईतबार एसईई तथा कक्षा ८ मा उत्कृष्ट हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत तर्फ उत्कृष्ट नजिता ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो ।

नगरपालिकाले प्रोत्साहन कार्यक्रम अन्र्तरगत उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको हो । नगरपालिकामा मात्र नभई जिल्ला र नेपालमै उत्कृष्ट नजिता ल्याउने बालकल्यण मावि भकुण्डेका किस्मत अधिकारी (४ जिपिए) र सामुदायिक बिद्यालयमा छात्रा तर्फ नगरपालिकामा उत्कृष्ट हुने सोही विद्यालयका छात्रा प्रेरणा थापा (३.७० जिपिए) लाई सम्मान गरिएको हो ।

त्यसैगरी संस्थागततर्फ उत्कृष्ट नतिजा हासिल गर्ने अर्थली प्याराडाईज आवासिय माविका दिप्सन अधिकारी (३.९० जिपिए), छात्रा तर्फ युनिभर्सल एकेडेमीका प्रजिना रम्तले(३.८५) र श्रेया राना(३.८५) लाई सम्मान गरिएको हो ।

त्यसैगरी कक्षा ८ को परीक्षमा उत्कृष्ट हासिल गर्ने बालकल्यण मावि भकुण्डेका सुनिल श्रेष्ठ (३.७५ जिपिए) र बालविकास मावि रामचोकबेसीका कुशल सेढाइँ (३.७५), छात्रा तर्फ जनकल्यण माविका अनिता तामाङ(३.९५) लाई सम्मान गरिएको हो ।
संस्थागत विद्यालय तर्फ कक्षा ८ मा उत्कृष्ट हासिल गर्ने ल्याण्डस्टार मावि बेसीशहरका रोशन श्रेष्ठ (४जिपिए), मनकामना बोर्डिङ स्कूल तालफाँट भकुण्डेका आयुष भण्डारी (४ जिपिए) र छात्रा तर्फ सोही विद्यालयका स्नेह थापा (४ जिपिए) लाई सम्मान गरिएको हो ।

एसईईमा उत्कृष्ट हासिल गर्ने विद्यार्थीलाई जनही ५ हजार, सम्मानपत्र र कक्षा ८ को परीक्षामा उत्कृष्ट हासिल गर्ने विद्यार्थीलाई जनही २ हजार तथा सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी एसईईमा उत्कृट सामुदायिक विद्यालयतर्फ प्राप्त औषत जिपिएका आधारमा २.६३ जिपिए प्राप्त गर्ने गंगा मिलन मावि मकैडाँडा, संस्थागत तर्फ ३.३० जिपिए प्राप्त गरी अर्थली प्याराडाईज आमावि बेसीशहरलाई सम्मान गरिएको छ ।

त्यसैगरी कक्षा ८ को परीक्षामा सामुदायिक तर्फ ३.०३ जिपिए प्राप्तगरी लोकराज आदर्श मावि कार्कीडाँडा र संस्थागत तर्फ ३.७९ जिपिए प्राप्त गर्ने मनकामना बोर्डिङ स्कूल तालफाँट भकुण्डेलाई उत्कृष्ट विद्यालयका रुपमा सम्मान गरिएको हो ।

सम्मानित हुने विद्यार्थी र विद्यालयलाई नगरपालिका उपप्रमुख पद्मा गुरुङ, सामाजिक विकास समितिका संयोजक, शिक्षा समितिका सदस्य एवं वडा नम्बर २ का अध्यक्ष मदनबहादुर राना, शिक्षा समितिका सदस्य एवं वडा नम्बर ११ का अध्यक्ष शिवप्रसाद जोशी र शिक्षा शाखा प्रमुख किसानराज चिलुवालले संयुक्त रुपमा सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्नु भएको बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो ।

‘समावेशी र सीपमुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मूल नारका साथ आयोजना गरिएको राष्ट्रिय शिक्षा दिवस कार्यक्रममा शिक्षा समितिका सदस्य एवं वडा नम्बर २ का वडा अध्यक्ष मदनबहादुर रानाले बेसीशहर शैक्षिक सुधार मोडल अन्तरग मेयर शैक्षिक कार्यक्रमको अवधारण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षा शाखाका अधिकृत रामकृष्ण त्रिपाठीले गर्नुभएको थियो ।