संस्थागत क्षमता विश्लेषण सम्वन्धी ३ दिने कार्यशाला

-


     नयाँ दीप    
     भाद्र ६ गते २०८० मा प्रकाशित


जिल्ला रेडक्रस शाखा लमजुङद्धारा संस्थागत क्षमता विश्लेषण सम्वन्धी ३ दिने कार्यशाला गोष्टीको आयोजना गरिएको छ । कार्यशालाले आगामी ३ वर्ष योजना निर्माण गर्ने र हाल सम्म सस्थाको अवस्था विश्लेण गर्न ३५ वटा सुचकहरुमा छलफल गरि मार्किङ र विश्लेण गरेको छ ।

रेडक्रस राष्ट्रिय सोसाइटीको आठौ विकास योजनासंग तालमेल खाने गरि ३ वर्षे योजना निर्माण गर्ने लक्ष्यका साथ गोष्टीमा छलफल गरिएको थियो । रेडक्रसको अन्तराष्ट्रिय समितिको सहयोगमा नेपाल स्थित प्रतिनिधि खेमराज नेपाल र ने रे सो केन्द्र कार्यक्रम अधिकृत अनिता अधिकारीको अनुगमनमा सञ्चालीत यो कार्यशालाले आगामी कार्य योजनाको दिशा निर्देशन गर्नुको साथै जिल्लाको हाल सम्मको आवस्था विश्लेष्ण गरि अघि वढ्नको लागी रेडक्रसको अन्तराष्ट्रिय समितिले आर्थिक सहयोग र समन्वयकारी भूमिका खेलेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति, उपशाखा, युवा रेडक्रस सर्कल, स्टाफ गरि ३० जना सहभागी रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कर्यालयवाट सहजकर्ता रुपमा रेशम खड्का र रमा ढकाल रहनु भएको थियो ।
भाद्र ४ गते देखि सुरु कार्यक्रम विहिबार सम्म वेसिशहरमा सञ्चालन गरिएको थियो । कार्यक्रमको शाखाका सभापति ऋषिराम घिमिरेले समापन गर्नु भएको थियो ।