लमजुङ अस्पतालमा चिराफारा नगरीकन पाठेघरको सफल अप्रेशन

-


     नयाँ दीप    
     भाद्र २ गते २०८० मा प्रकाशित


लमजुङ अस्पताल सरकारले लिएर सञ्चालन गर्न थालेको एक वर्ष पनि वितेको छैन तर एकपछि अर्को सफलता हासिल गर्दै गैरहेको छ । गतहप्ता दुखाई रहित प्रजनन् सेवा सफलता पूर्वक प्रदान गरेको थियो । फेरि बुधवार लमजुङ जिल्लाको उपचार सेवामा अर्को रेकर्ड तोडेको छ ।

सुन्दरबजार नगरपालिका वडा नं. १० धुसेनी निवासी ७४ वर्षीय तिलकुमारी कोइरालाको पाठेघरको अप्रेशन भयो । तर विगतको जस्तो चिराफारा नगरीकन अप्रेशन सफल भएको हो ।

अप्रेशन योनीबाट नै पाठेघर निकाल्ले विधि जसलाई मेडिकल भाषामा युटेरो भजाइनल हिस्टेरेक्टो मीनामले चिनिने प्रशुती विज्ञ डा गोमा रिमालले बताउनु भयो । लमजुङ अस्पतालका लागि यो विना चिराफारा (युटेरस प्रोल्याप्स) सफलता पूर्वक अप्रेशनभएको पहिलो पटक हो डा रिमालले भन्नु भयो ।

तिलकुमारीको ५÷६ वर्ष पुरानो पाठेघरको रोग थियो । धेरै चोटी रिङ हालेर रोक्ने कोसिस गरेको थिए रिङले नअडिएपछि अप्रेशन गर्न आएको हो । शुरुमा धेरै आत्तिएको थिए तर चिराफारा नगरीकन अप्रेशन हुने कुरा डाक्टरले बताएपछि ढुक्क भएर हुन्छ भने तिलकुमारीले बताउनु भयो । डाक्टरले लमजुङ अस्पतालमा योनीबाट यो अप्रेशन पहिलो पटक तपाईलाई गर्दैछौँ हुन्छ कि हुँदैन पनि भन्नु भएको थियो मैले हुन्छ भने पछि उहाँहरूले अप्रेशन गर्नुभयोे कोइरालाले भन्नु भयो ।

खुट्टामा सानो एउटा काँढा विझ्यो भने त त्यसलाई निकाल्दा कति दुख्छ अप्रेशन भनेपछि दुखाई सहन नसकेकै कारण बेहोस बनाएर मात्रै गर्नुपर्ने हुन्छ, तर विना दुर्खाई विना चिराफारा अप्रेशन हुने भएपछि सजिलैसँग अप्रेशन हुँदो रहेछ तिलकुमारीको भनाई थियो ।

यो अप्रेशन गर्दा पेट चिर्नु पर्दैन, भित्र पाठेघर काटेको ठाउँमा सिलाउने बाहेक अर्को ठाउँमा सिलाउने आवश्यकता पनि पर्दैन । बाहिर पेटबाट अप्रेशन गर्दा पेटमा काट्नुपर्छ त्यो काटेको ठाउँ ठूलै हुन्छ त्यो पनि सिलाउनुपर्छ मेडिकल सुपरीडेन्टमेन्ट डा रमेश आचार्यले बताउनु भयो । पछिल्लो पटक हामीले जब प्रशुती विशेषज्ञ डाक्टर गोमा रिमाल र एनेस्थेसियोलोजिष्ट डाक्टर शिशिर खड्कालाई लमजुङ अस्पतालमा ल्यायौँ त्यसपछि विना दुखाई, विना चिराफारा अप्रेशन सम्भवभएको डा आचार्यले बताउनु भयो ।

लामो समय खोकी लागेको छ भने, दम, कब्जीयत लगायतका रोग भएमा वा टुक्रुक्क बसेर कामगर्दा र गह्रुङ्गो भारी बोक्दा यो विधिको अप्रेशन गरेकाहरूलाई पछि केही समस्या हुनसक्ने वा दोहोरिने समस्या आउन सक्ने डा रिमालले जानकारी गराउनु भयो । हामीले दुखाई रहित अप्रेशन गरेका हौँ र अप्रेशन पश्चात पनि दुखाई नहुने विधि प्रयोग गरिएको हो । महिलाको पाठेघर सम्बन्धी सबै अप्रेशन पाठेघरमा मासु पलाएको, डिम्बको समस्या, सबैको अप्रेशन एनेस्थेसिया भएकाले सहजै सम्भव हुन्छ ।

हालसम्म त अझै यहाँ डेलिभरी बाहेक महिलाका समस्या आएका छैनन् अब सबै यही सफलता पूर्वक समाधान हुन्छ । अझ यस अस्पतालमा बाल रोग डाक्टर भएको भए कुनै पनि विरामी यहाँबाट फिर्ता पठाउनु पर्दैन डा खड्काको भनाई छ । अप्रेशन कक्षमा पर्याप्त स्टाफ पनि छैनन् जसले सबै काम डाक्टरले गर्नुपर्ने अवस्था छ । अप्रेशन टिमको भनाई रहेको छ । उक्त अपे्रशनमा डा रिमाल, डा खड्का सहित सुजिलामहर्जन, रेशम गुरुङ, करुणा रेग्मी, रामकृष्ण खत्रीको टिम सजगता साथ लागेको थियो ।