समाचार

लमजुङ प्रहरीद्धारा ५ लाख ७० रुपैया सहित २२ जुवाडे पक्राउ:

प्रमिशा बि कनयाँ दिप, असार १९ जिल्ला प्रहरी कार्यालय, लमजुङले जिल्लाको मर्स्याङदी गाउपालिका वडा नं. ०९ घनपोखराबाट २२ जना जुवाडेलाई नगद रु ५ लाख ७० सहित पक्राउ गरेको छ । मिति ०४।१८ गते राती अं. ८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको बिशेष टोलीले जिल्ला लमजुङ मर्स्याङदी गाउपालिका वडा नं. ०९ घनपोखरा स्थित धन बहादुर तामाङले भाडामा लिई बसेको घरमा हार जितको बाजी राखी जुवा(कौडा) खेल्दै गरेका निज धन बहादुर तामाङ सहित मिनराज तामाङ, सुजन तामाङ, मेघराज तामाङ,सहदेव गुरुङ,… पुरा पढौ

छोरीलाई विष खुवाइ हत्या गर्ने आमालाई ३ वर्ष कैद

तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक जनालार्य तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा २४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई ३ वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका २ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले… पुरा पढौ

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्री दाबी गरेका थिए । थापालाई गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीका १… पुरा पढौ

लमजुङको गाइखुरे झरनामा पर्यटकहरूको घुइँचो

भरतबाबु घिमिरे,लमजुङकाे सदरमुकाम बेँसीसहर पुग्नु भन्दा करिब २ किलोमिटर अघि दलालस्थित सडक छेउमा रहेको गाईखुरे झरनामा पर्यटक बढ्न थालेका छन् ।हिउदमा सुख्खा भयर सुनसान हुने यस झरनामा बर्षायाम सुरु भयसगै पानी बढ्न थालेसँगै दैनिक पर्यटक पनि बढ्न थालेका हुन् । छहरा हेर्दै रमाउने पर्यटकहरु झरनालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् भने काेहि झरनाको पानीसँगै रुच्दै पोखरीमा पौडी खेलेर समाउने गर्छन् । झरना करिब ६० मिटर उचाइबाट झरेको छ । यसलाई ब्यवस्थित गरेमा पर्यटक प्रबर्द्धनमा थप टेवा पुग्ने स्थानीयकाे… पुरा पढौ

जिल्ला अस्पताल लमजुङमा निशुल्क डायलाइसिस सेवा सुरु

२०८० साउन १७जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा सुरु भएपछि मृगौला राेगिहरुलाइ सहज भएको छ । बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन लमजुङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरियकाे हाे ।। गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल लमजुङमा गत फागुनबाट नियमित रुपमा डायलाइसिस सेवा सुरु गरिएको छ ।अस्पतालमा अहिले ७ वटा मेसिनबाट नियमित रुपमा डायलसिस गर्ने १४ जना पुरुष र ११ जना महिला गरि २५ जना रहेका छन् । विरामि मध्ये १५ वर्ष उमेर देखि ७०… पुरा पढौ

मुक्तक मञ्च पर्वत शाखाको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा केसी

मुक्तक मञ्च पर्वत शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । २०७७ साल देखी पर्वतमा स्थापना भएर निरन्तर साहित्य र मुक्तकको उनन्नयनमा सक्रिय मुक्तक मञ्चले आज आम वृहत भेला गरी अधिवेशन सम्पन्न गरेको हो । मञ्चको अध्यक्षमा ध्रुव केसी निर्वाचित भएका छन् । जसको प्रथम उपाध्यक्षमा ठाकुर रसाईली, द्धितिय उपाध्यक्षमा दिपसागर पौडेल, महिला उपाध्यक्षमा गीता अधिकारी, सचिवमा लक्ष्मण विश्वकर्मा, सह सचिवमा सन्देश पौडेल, कोषाध्यक्षमा करिश्मा क्षेत्री चयन भएका छन् । यस्तै सदस्यहरुमा लक्ष्मण शर्मा, सन्देश लामिछाने, सिता पौडेल, मिना गुरुङ्ग, विष्णु… पुरा पढौ

पब्लिक क्याम्पस संघ गण्डकीमा बुढाथोकीको नेतृत्व

नेपाल पब्लिक क्याम्पस संघ गण्डकी अध्यक्षमा ऋषिराम बुढाथोकी निर्वाचित भएका छन् । उनी जनप्रकाश वहुमुखी क्याम्पस प्रमुख हुन् । पोखरामा शनिबार भएको अधिवेशनबाट निवर्तमान अध्यक्षमा मोहप्रसाद हड्खले, उपाध्यक्ष महेन्द्रप्रसाद पोखरेल, गोरखबहादुर जिसी र मुनादेवी लम्साल निर्वाचित बने । सचिवमा दीपेन्द्र पौडेल, सहसचिव विजय शर्मा, कोषाध्यक्ष विष्णुकुमार श्रेष्ठ र सदस्यमा देवीप्रसाद सुवेदी, युवराज पाठक, हरिप्रसाद सुवेदी, निराजनप्रसाद चौधरी, एकनारायण भट्टराई, झमनबहादुर थापा, फूलकुमारी शर्मा, मञ्जु पनेरु र महेन्द्रराज अधिकारी निर्वाचित भएका छन् । संघको उद्घाटन सत्रमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका… पुरा पढौ

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

काठमाडौं, चैत ३ गते। उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव विजयी हुनुभएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद्को ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो।  शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ सङ्घतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी हुनुभएको हो। उहाँ जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएको थियो। यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले सङ्घमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गर्नुभयो।  जनमत पार्टीका ममता झाले सङ्घमा २३ र प्रदेशतर्फ १५  मत प्राप्त गर्नुभयो। यसैगरी, प्रमिला… पुरा पढौ

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा कांग्रेसको जिम्मेवारीबाट राजीनामा

काठमाडौं, फागुन २८ गते। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनु भएको छ।  राष्ट्रपति पदको शपथ ग्रहण गर्नु एक दिन अघि उहाँ कांग्रेसबाट अलग हुनुभएको हो।  कांग्रेसका वरिष्ठ नेता पौडेलले आइतबार कांग्रेस केन्द्रीय कार्यालय ललितपुर सानेपामा राजीनामा पत्र पेश गर्नुभएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।  वरिष्ठ नेता पौडेल २०१७ सालपछि कांग्रेसको सक्रिय राजनीतिमा निरन्तर क्रियाशील हुनुहुन्छ।   बिहीबार (फागुन २५ गते) भएको राष्ट्रपतिको निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो। पौडेल ३३ हजार… पुरा पढौ

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै

काठमाडौं, फागुन २८ गते । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको कायम गर्ने निर्णय भएको हो । फरक लिङ्ग र समुदायकाको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारी कायम गर्ने निर्णय गर्नुभएको हो । उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो ।  उहाँले भन्नुभयो, "राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरी… पुरा पढौ