विभिन्न कार्यक्रम गर्दै सम्पन्न भयो लाईन्स क्लवको क्याबिनेट बैठक

-


     नयाँ दीप    
     माघ ६ गते २०८० मा प्रकाशित


लमजुङको सदरमुकाम बेसीशहरस्थित फुलबारी मञ्चमो लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक सम्पन्न गरिएको छ । क्याबिनेट बैठकमा अन्तराष्ट्रिय सञ्जाल लाईन्स क्लवमा आवद्ध देशभरका युवाहरु भेला भएका थिए ।
कार्यक्रममा देश भरका एकसय ८० वटा लाईन्स क्लवबाट एकहजार भन्दा बढिको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी भएका देशभरका एकहजार भन्दा धेरै आगन्तुकहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धन, व्यपार, व्यवसाय र समग्र जिल्लाको प्रचार प्रसारमा विशेष सहयोग पुग्ने आयोजकले अपेक्षा लिएको छ । विशेष गरी जिल्लाको ग्रामिण पर्यटन, होमस्टे, कृषि पर्यटन, पर्यापर्यटन, धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक पर्यटन, सहासिक पर्यटन जस्ता पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा विशेष सहयोग पुग्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा लमजुङ जिल्लामा उत्पादित स्थानीय विभिन्न बस्तुहरूको स्टल समेत राखिएको थियो भने लमजुङका घर भएका राष्ट्रिय गायक लोक स्वर सम्राट राजु परियारलाई भव्य सम्मान गरिएको थियो ।

लायन्स नेपालको तेस्रो क्याविनेट वैठकका क्रममा लायन्स डिस्ट्रिक्ट ३२५ आईका डिस्ट्रिक्ट गर्भनर लायन चन्द्रकुमार केसी, एसिआइ लिडर लायन राजन लम्सालले संयुक्त रुपमा परियारलाई अभिनन्दनसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

त्यस्तै औपचारिक कार्यक्रम सम्पन्न पश्चात शनिबार साँझ डा. योगी विकासनन्दको जीवन जिउने कला सम्वन्धी प्रवचन कार्यक्रम भएको थियो ।

जिल्लास्थित चार वटा लायन्स क्लवहरू लायन्स क्लब अफ लमजुङ बेसीशहर, टुगेदर वि क्यान, लमजुङ दरबार र लमजुङ ग्लोवल सिटीको संयुक्त व्यवस्थापनमा २ दिने क्याविनेट बैठक तथा लायन्स सम्मेलन मूल आयोजक समितिका संयोजक सुरेश प्रधानले बताउनुभयो ।

कार्यक्रमको पहिलो दिन शुक्रबार बेसीशहरमा पर्यटन प्रवर्द्धनमा लायन्सको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।