यशोबह्म माध्यमिक विद्यालयको ६२ औं बार्षिक उत्सव तथा ६१ औं अभिभावक दिवश सम्पन्न

-


     नयाँ दीप    
     माघ ७ गते २०८० मा प्रकाशित


बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको यशोबह्म माध्यमिक विद्यालयको ६२ औ बार्षिक उत्सव तथा ६१ औं अभिभावक दिवश सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि पौडेलले विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्न शिक्षक, विद्यार्थी र अभिभावक तीन पक्षको महत्वपूर्ण भूमिका रहने त्यसलाई समाज र सरकारको काम क्रियाकलापले समेत प्रभाव पार्ने बताउनुभएको थियो । त्यस्तैगरी विद्यालयमा शैक्षिक वातावरण कायम राख्नको लागि समाजमा रहेका सम्पूर्ण वर्गहरु जिम्वेवारी बन्नुपर्ने पौडेलको भनाई थियो ।

सो अवसरमा वडा नं ३ का वडाध्यक्ष चित्रबहादर दनाई, विद्यालयका पूर्व अध्यक्ष अम्बिकाप्रसाद घिमिरे र हरी बराल, अभिावक संघका अध्यक्ष तिलक दुलाल, वडा नं ३ सदस्य कृष्ण भूजेल, विद्यालय व्यवस्थापन समितिका सदस्य दलबहादुर मजाकोटी, समाजसेवी अङ्गराज घिमिरे, जग्गादाता सूर्यप्रसाद घिमिरे, विद्यालय स्थापनाकालका पहिलो व्याजका विद्यार्थी तथा नेपाल सरकारका पूर्व उपसचिव माधवप्रसाद अधिकारी, लमजुङ मावि गाउँशहरका प्रधानाध्यापक सिता बराल, आमा समूहको तर्फबाट विमला हिमाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने विद्यालयका शिक्षक सरीता थापाले स्वागत मन्तव्य र विद्यार्थीको तर्फबाट मोनिका मजाकोटी र रुपा दुलाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद बरालले १ करोड ५६ लाख रुपैयाँ बराबरको बार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बेसीशहर नगरपालिका वडा नं ३ ले प्रदान गरेको विद्यालयमा अध्ययनरत ९५ जना बालबालिकाहरुलाई विद्यालय पोशाक र स्टेसनरी सामाग्री वितरण गरेको थियो ।

विद्यालयका पूर्व अध्यक्षहरुलाई मायाको चिनो प्रदान गर्दै

अक्षयकोषको रकमबाट विद्यालयमा अध्ययन गर्ने ३० जना बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको थियो ।
त्यस्तै विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैँयाको अक्षयकोष स्थापना गर्ने रामप्रसाद वाग्ले र बेसीशहर ३ दनाईगाउँका स्वर्गीय धिरबहादुर थापा र चिनीमाया थापाको नाममा १ लाख १ हजार ५ रुपैयाको अक्षयकोष स्थापना गर्ने उहाँका छोराबुहारी धनबहादुर थापा र शुसीला थापा र नाती हरी थापालाई सम्मान गरिएको थियो ।

अक्षयकोष दाता रामप्रसाद वाग्लेलाई सम्मान गर्दै

त्यस्तैगरी हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहनुभएका श्रीकान्त घिमिरेले ३ जना छात्राछात्रलाई र यशोब्रम्म पुस्तकालयका तर्फबाट १ जनालाई रु १ हजारका दरले छात्रवृद्धि वितरण गरिएको थियो भने यशोब्रह्म पुस्तकलयले कक्षा ९ बाट १० मा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने १ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको थियो ।

वार्षिक उत्सवको अवसरमा विद्यालयमा कार्यरत शिक्षक, मनहरी घिमिरे र प्रेमकुमार यादवले जनही रु. ५ हजार पाँच रुपँैया र बेसीशहर ३ टापुमा रहेको उपकार आमा समूहले रु. ५ हजार ५ रुपैया प्रदान गरी विद्यालयकको आजिवन सदस्य बनेकोकोले सम्मान गरिएको छ । त्यस्तै विद्यालयमा कार्यरत शिक्षक गिता घिमिरेलाई उत्कृष्ट शिक्षकमा छनोट गरी सम्मान गरिएको छ ।

अक्षयकोष दाता थापा परिवारलाई सम्मान गर्दै

कार्यक्रममा आमा समूहाको तर्फबाट उपकार आमा समूहले गीत तथा नृत्य प्रस्तुत गरेको थियो भने ज्योति चौतारा आमा समूहकी पार्वती घिमिरे कविता प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकान्त घिमिरेको अध्यक्षतामा भयको कार्यक्रमको विद्यालय सहायक प्रधानाध्यापक अरुण बरालले सहजीकरण गर्नुभएको थियो ।

बालबालिकालाई पोषाक वितरण गर्दै वडाध्यक्ष चित्रबहादुर दनाई