यसरी बन्दैछ पत्रकार महासंघ लमजुङको भवन

-


     भरत बाबु घिमिरे    
     माघ १० गते २०८० मा प्रकाशित


नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका कार्य तिब्र गतिमा अघि बढीरहेको छ । २ वर्ष अघि शिलन्यास गरि सुरु गरिएको भवनको दुई तलाको ढलान सकेर फिनिसिङको काम सुरु गरिएको हो ।

नेपाल पत्रकार महासंघको २०७७ सालमा निर्वाचित भएर आए पछि अध्यक्ष परमेश्वर अधिकारी नेतृत्वको समितिले भवन निर्माणको कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको थियो ।

पत्रकार महासंघका अध्यक्ष अधिकारीका अनुसार भवन निर्माणका लागि हालसम्म सञ्चार मन्त्रालयबाट दुई लाख, प्रदेश सरकारबाट ३५ लाख, सुन्दरबजार नरपालिकाबाट ८ लाख, बेसीशहर नगरपालिकाबाट ५ लाख प्राप्त भइ खर्च भैसकेको छ भने क्ब्होलासोथार गाउँपालिकाबाट पाँच लाख, मध्यनेपाल नगरपालिकाबाट १० लाख, राइनास न.पा बाट ५ लाख, दुधपोखरीबाट २ लाख, दोर्दी गा.पा बाट २ लाख र मस्र्याङदी गाउँपालिकाबाट ४ लाख रुपैया सहयोग गर्ने प्रतिवद्धत जाहेरी भएको छ ।

भवन निर्माणको लागि आफूले रकम लिएर काम गर्नु भन्दा पनि जसले आर्थिक सहयोग गरेको हो उसलाई नै कामको जिम्मा दिने गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

कुनै काम पनि कृतिम नहोस् भन्ने हाम्रो चाहना छ अधिकारीले भन्नुभयो, भवन निर्माणका लागि पत्रकार महासंघले बनाएको बनाएको डिजायन नविग्रने गरी दाताहरुलाई नै रकम अनुसारको जिम्मा दिई काम भै रहेको छ ।

आर्थिक सहयोग गर्ने मध्ये कसैले शौचालय, कसैले सटर, कसैले भर्याङ त कसैले सिमेन्ट, बालुवा, गिटी लगायतका सामाग्रीहरु उपलब्ध गराउन जिम्मा दिई काम सञ्चालन भै रहेको छ । कामका शिलशिलामा दोहोरो भुक्तानी नलिने र कामको दोहोरो जिम्वेवारी पनि नदिने अध्यक्ष अधिकारीले बताउनुभयो ।

महासंघको डिजायन अनुसार ५ करोडको स्टमेट भएपनि हाल सम्म ५० लाख खर्च भैसकेको छ भने हालसम्म बनेको २ तले भवनको फिनिसिङ गर्नको लागि करिव ४० लाख जति खर्च लाग्ने अनुमान गरिएको छ ।

आफ्नो कार्यकाल अन्तिम चरणमा आएकाले आफूले सुरु गरेको भवनको उद्घाटन गरेर अर्काे साथीलाई जिम्मा दिने विचार गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । आफूले महासंघको सम्पूर्ण विवरण समेटेर स्मारीका समेत निकाल्ने तयारी गरिएको उहााँले बताउनुभयो ।

२०५६ सालमा स्थापना भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङको भवन निर्माण कार्य स्थापनाको २२ औं वर्षपछि सुरु भएको हो ।

बर्तमान कार्यसमिमिले बेसीशहर नगरपालिका वडा नं ३, मजुवा खोला पारीपट्टी गाउँशहर जाने बाटोमा १० आना घडेरी निशुल्क प्राप्त गरी २०७८ सालको पुस ११ गते भवन निर्माणको शिलन्यास गरेको थियो ।