लमजुङको दोर्दी जिप दुर्घटनामा घाइते भएकाको मृत्यु

-


     नयाँ दीप    
     माघ ७ गते २०८० मा प्रकाशित


सदरमुकाम बेसीशहरबाट दोर्दी गाउँपालिका–४ नौथर सेरा हँुदै कामचोक जाँदै गर्दा दुर्घटना परी गम्भिर घाइते एक जनाको मृत्यु भएको छ । आइतबार साझँ दुर्घटनामा परेर गम्भीर घाइते ५० वर्षीय पूर्णबहादुर तामाङको मृत्यु भएको हो ।

ग १ ज ७५६१ नम्बरको बालेरो जीप आज साँझ ५.४० बजे दोर्दीको सिमल बिसौनी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

साँझ पौने ६ बजेतिर भएको जिप दुर्घटनामा परेर ३ जना घाइते भएकोमा उनको अवस्था गम्भीर थियो । दोर्दी–४, बाँसबोटका तामाङलाई उपचारको लागि ल्याइएको र बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याउनेबित्तिकै चिकित्सकले राति पौने ८ बजेतिर मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते दोर्दी–४, कामचोक गाउँका ५३ वर्षीय गंगामाया गुरुङ र ४७ वर्षीय मुनी तामाङको लमजुङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिप चालक कामचोकका २२ वर्षीय हिरालाल गुरुङलाई नियन्त्रणमा लिइएको छ । उकालोमा ब्रेक फेल भएपछि जिप पछि हटेको र त्यसपछि पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।