
लमजुङको दोर्दी गाउँपालिकामा आज साँझ जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा पुर्णबहादुर तामाङ, गङ्गामाया गुरुङ र मुन्नीकुमारी तामाङ रहेका छन् ।
दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका अनुसार घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ । सबै घाइतेहरूलाइ उपचारका लागि जिल्ला अस्पताल लमजुङमा ल्याइँदै छ ।
सदरमुकाम बेसीशहरबाट दोर्दीको कामचोक जाँदै गरेको ग १ज ७५६१ नम्बरको बालेरो जीप आज साँझ ५.४० बजे सिमल बिसौनी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
जीपमा चालकसहित ६ जना सवार रहेका थिए । दुर्घटनामा परी चालक सामान्य घाइते भएका र अन्य यात्रुहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ ।