समाचार

आज टिकाको तेस्रो दिन, दशैंको टीका लगाउने क्रम जारी

आज टिकाको तेस्रो दिन द्वादशी, दशैंको टीका लगाउने क्रम जारी रहेको छ । दशमीदेखि पूर्णिमासम्म ६ दिन टिका लगाइने परम्परा भएको समुदायमा हिजो र अस्ति नभ्याएकाहरु आज आफन्तकोमा गएर टीका, जमरासहित आशिर्वाद लिने गर्छन् । यसैबीच दशैंको बिदामा घर गएकाहरु चाडवाड सकेर काममा फर्कने क्रम पनि शुरु भएको छ । परपरका आफन्त अनि छोरी चेलीहरु टीको थाप्न आउने क्रम अझै चलीरहेको छ । हिजोको एकादशीको व्रत बस्नुभएकाहरुले आज सबेरै खाना तथा फलाहार ग्रहण गर्ने गरेका छन् । दशैंको टीकाको तेस्रो… पुरा पढौ

जिप दुर्घटनामा गम्भिर घाइते ४ जनालाई थप उपचारको लागि रिफर

लमजुङको दोर्दी गाउँपालिका ३, श्रीमञ्ज्याङको नयाँगाउँ चिसापानी ओरालो दासडाँडामा यात्रुबाहक जिप दुर्घटना गम्भिर घाइते भएका ४ जनालाई थप उपचारको लागि रिफर गरिएको छ । दुर्घटनामा घाइते मध्ये गम्भीर रहेका दोर्दी गापा–३ बस्ने ५० बर्षिय प्रेम कुमारी गुरुङ र दुधपोखरी ६ का ३७ वर्षकी मोनिका घलेलाई चितवन लगिएको छ भने अर्का गम्भीर घाइते राइनास न.पा का हर्राबोटका १३ बर्षिय कृश्टल गुरुङ र ४४ बर्षिय दुर्गा गुरुङलाई थप उपचारका लागी ग्राण्डी हस्पिटल काठमाडौं लगिएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार अन्य… पुरा पढौ

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै

आज मंगलबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर दसैं मनाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका प्रसाद ग्रहण गर्ने शुभ साइत बिहान ११ बजेर ०२ मिनेट रहेको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतया साइत जुराउन नपर्ने मान्यतासमेत रहेको छ ।… पुरा पढौ

आज महा नवमी : दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

नवरात्रीको नवौँ दिन अर्थात् महानवमी । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व सोमबार हर्षोल्लासका साथ महालक्ष्मी देवीको पूजाआजा गरी मनाइन्छ । महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगी चढाइन्छ । आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद देवी भागवत एवं… पुरा पढौ

आज महाअष्टमी पर्व मनाइँदै, दुर्गाका ९ वटा रूपहरूको पूजा अनुष्ठान हुने

आज अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी… पुरा पढौ

त्रिवेणी युवाक्लबद्धारा कैदी\बन्दीलाई खसी तथा खाद्यान्न सहयोग

बेसीशहर नगरपालिमा रहेको त्रिवेणी युवाक्लवले शुक्रबार कारागारका कैदी\बन्दीलाई दशैंका खाद्यान्न तथा खसी सहयोग गरेको छ । नेपालीहरुको महान् पर्व बडा दशैंको अवसरमा क्लवका पदाधिकारीहरु कारागार पुगेर २४ हजार रुपैयाको खसी र ७ हजार ५ सय रुपैयाँ बराबरको नुन, मसला, तेल, चामल लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । कारागारका जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई क्लवले उक्त खसी र खाद्यान्न हस्तान्तरण गरेको छ । क्लबका निर्वमान अध्यक्ष विनोद गुरुङ, पुर्व अध्यक्षहरु लोकेन्द्र गुरुङ, वडा नं ९ वडाध्यक्ष खुशीजगं गुरुङ, सिजन श्रेष्ठ,… पुरा पढौ

बेसीशहर नगरपालिकाद्वारा कैदी\बन्दीलाई दशैंका लागि ४० हजारका २ वटा खसी सहयोग

बेसीशहर नगरपालिकाले कारागारका कैदी\बन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैया बराबरको २ वटा खसी सहयोग गरेको हो । नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विहिबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई उक्त खसी सहयोग गर्नुभएको हो । नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जिवन विताई रहेकाहरु परिवारबाट टाढा रहने भएकोले उनीहरुलाई थोरै भएपनि चाडपर्वमा खुसी दिनका लागि नगरपालिकाले सहयोग गरेको बताउनुभयो । नगर प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाले चालु तर्फको अन्य सामाजिक सहायता शिर्षकबाट… पुरा पढौ

प्रहरीका कारण चैनको निद्रा पाएका छौँ प्रजिअ अधिकारी

लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नागरिकहरुको सुरक्षाका लागि प्रहरीले खेलेको भूमिका सह्रनीय रहेको बताउनुभएको छ । ६८ औँ प्रहरी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई संबोधन गर्दै प्रमुख जिल्ला अधिकारीले प्रहरीकै कारण रातिमा आनन्दले निदाउन पाएको बताउनुभयो । अग्रगमनका लागि शान्ति सुरक्षा पहिलो सर्त रहेको बताउँदै प्रहरीले अहोरात्र नखटेको भए रातमा चैनको निद्रा निदाउन नसक्ने उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रहरी संगठनबाट संस्थानमा परिणत भएको बताउँदै जोसँग अपेक्षा गरिन्छ, उसँग गुनासो हुने उहाँले बताउनुभयो । प्रहरी धारिलो हतियार भएको बताउँदै… पुरा पढौ

इजरायलबाट १८ जना नेपाली भारतको उद्धार विमानमार्फत फर्किंदै

इजरायलमा जारी द्वन्द्वका कारण घर फर्किन चाहनेमध्येका १८ जना नेपाली भारतीय उद्धार विमानमार्फत नेपाल आउने भएका छन् । भारतले आफ्ना नागरिकको उद्धारका लागि सुरु गरेको ‘अपरेशन अजय’ अन्तर्गतको विशेष विमानमा उनीहरू मंगलबार भारत आइपुगेका छन् । भारतीय विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत यस विषयमा जानकारी दिएका छन् । ‘अपरेशन अजय अगाडि बढ्दैछ । थप २८६ यात्रु भारत फर्किँदै छन्, जसमा १८ जना नेपाली नागरिक पनि रहेका छन्’, उनले लेखेका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले फर्किन… पुरा पढौ

बेसीशहर नगरपालिका भित्र जम्मा ३५ वटा कुकुर

बेसीशहर । लमजुङको बेसीशहर नगरपालिकामा घरमा पालिकाएका नीजि कुकुर मध्ये ३५ वटा मात्रै दर्ता भएका छन् । सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले असोज १२ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै १५ दिनभित्र नीजि रूपमा पालिएका कुकुरहरूलाइ नगरपालिकामा दर्ता गरी अनुमति लिन सूचना जारी गरेको थियो । सोहि सुचनाका आधारमा १५ दिन भित्र जम्मा नीजि पालिएका ३५ वटा कुकुर मात्रै दर्ता भएको हो । बेसीशहर नगरपालिका भित्र नीजि रुपमा पालिएका कुकुरको संख्या १ हजार भन्दा धेरै हुन सक्ने नगरपालिकाका अधिकृत शुशिला… पुरा पढौ