अन्तर्राष्ट्रिय

जन्मदिनमा वृक्षरोपण कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेट्नुपर्छ

जन्मदिनमा वृक्षरोपण अभियान नेपालले अभियानलाई सरकारको बार्षिक नीति तथा कार्यक्रममा समेट्न अनुरोध गरेको छ ।अभियान नेपालले स्थानीय, प्रदेश र संघ तिनै तहका सरकारलाई “जन्मदिनमा वृक्षरोपण कार्यक्रम” लाई सम्बोधन हुने गरि सरकारको बार्षिक नीति तथा कार्यक्रममा समेट्न अनुरोध गरेको हो । जलवायु परिवर्तनको प्रभाव न्युनिकरण, प्रकृति वातावरण संरक्षण, आर्थिक सम्बृद्धि, सभ्य सु–संस्कृत समाज निर्माण लगाएतका मुख्य एजेन्डा लिएर अगाडि बढेको अभियानमा सरकारको पनि चासो हुनसके मुर्तरुप लिन सक्ने अपेक्षा गरेको छ । सार्वजनिक साथै निजी बाँझो जमिनको सदुपयोग, रोजगारीको सिर्जना, फलफूल… पुरा पढौ

स्रष्टा र साहित्यकारलाई सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैनः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको बताउनुभएको छ । राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा लमजुङ बाहुनडाँडा पुस्तुनमा आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त विचार व्यक्त गर्नुभएको हो । “प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान… पुरा पढौ

सोमबारदेखि सबै विद्यालय बन्द गर्ने शिक्षक महासंघ घोषणा

नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन सोमबारदेखि शैक्षिक हड्तालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन आइतबार एक विज्ञप्ती जारी गर्दै महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ । साथ यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विं… पुरा पढौ

आज ईद पर्व मनाउँदै मुस्लिमहरु

देशभरका ईस्लाम धर्मावलम्वीहरुको महान पर्व ईदऊल फित्र धुमधामसँग मनाउँदै छन् । एक महिना देखि बसेको (रोजा) ब्रत पनि समापन हुदै छ । एक महिनासम्म दिनभरी कठोर उपवास व्रत (रोजा) वसी पाँचपटक नमाज पाठ गरी मनाउदैं आएका मुस्लीमहरुले साझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशीयालीमा आज ईद उल फित्र मनाएका छन् । मुस्लिम समुदायले इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरि घर घरमा सो पर्व मनाउदै गरेका हुन् । आज खुशयाली सटासाट गरि आफन्त नातागोता तथा इष्टमित्र संग खुसी साटेर… पुरा पढौ

एसईई परीक्षा भोलीबाट सुरु हुँदै, सम्पूर्ण तयारी पूरा

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) भोली चैत ७ गतेदेखि सुरु हुँदैछ । परीक्षाका लागि आवश्यक तयारीहरू पूरा भएको छ । यसवर्षको एसईई परीक्षामा २,९४० जना परीक्षार्थी सहभागी हुँदैछन् । तीमध्ये २,४९७ जना साधारण, १७१ जना प्राविधिक तथा ११ जना ग्रेड वृद्धिका परीक्षार्थी छन् । गत वर्षको तुलनामा यसवर्ष परीक्षार्थीको संख्या २९१ ले बढेको छ । अघिल्लो वर्ष २,६५० विद्यार्थीले परीक्षा दिएका थिए ।शिक्षा विकास तथा समन्वय इकाई लमजुङका अनुसार जिल्लाभर १६ परीक्षा केन्द्र तोकिएको छ । जिल्लाका विभिन्न स्थानीय… पुरा पढौ

लमजुङ जेसिसको १५ औं पदस्थापन कार्यक्रम सम्पन्न

लमजुङ जेसिसले १५ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बेसीशहरमा भएको कार्यक्रमको प्रमुख अतिथि वन तथा बातावरण मन्त्री भेषबहादुर पौडेल रहनुभएको थियो ।लमजुङ जेसिस वर्ष २०२४ का अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ विषेश अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । लमजुङ जेसिस बर्ष २०२५ का नवनिर्वाचित टिम कार्यक्रममा जेसिस वर्ष २०२४ अध्यक्ष श्रेष्ठले २०२५ का कार्यकारिणी समिति अध्यक्ष लगायतलाई सफत खुवाई पद हस्तान्तरण गर्नुभएको थियो । २०२५ का नवनिर्वाचित अध्यक्षमा… पुरा पढौ

आयोजक त्रिवेणी युवाक्लव र एन आर. टि. फुटवल क्लव क्वाटरफाइनलमा प्रवेश

लमजुङको सदरमुकाम बेसीशहरमा जारीे त्रिवेणी कपमा आईतबार आयोजक त्रिवेणी युवाक्लव र .एन आर. टि. (न्यू रोड) फुटवल क्लव काठमाडौ विजयी हुदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आजको पहिलो खेल आयोजक त्रिवेणी युवाक्लव बेसीशहरले शुन्यका विरुद्ध २ गोल गर्दै सुन्दरबजार फुटबल क्लव सुन्दरबजार लमजुङलाई हराएको छ । घरेलु मैदानमा खेल्दै त्रिवेणी युवाक्लवका सवि गुरुङले दोस्रो हाफ सुरु भएको १४ औं मिनेटमा र २७ औं मिनेटमा लगातार २ गोल गरेपछि सुन्दरबजारले पराजय भोग्नु पर्यो । त्यस्तै दोस्रो खेल चामे युवाक्लव मनाङ र… पुरा पढौ

पक्राउ परेका प्रसाईं प्रहरी वृत्त सिंहदरबारको हिरासतमा

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो । त्यसपछि अनुसन्धानका लागि भन्दै सीआईबीले आफू मातहतको केन्द्रीय साइबर ब्यूरोको जिम्मा लगाएको थियो । प्रसाईंलाई भने अहिले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले बताए । प्रहरी स्रोतका अनुसार प्रसाईंले भने आफू क्यान्सर सर्भाइभर रहेको र स्वास्थ्यमा समस्या रहेको भन्दै अस्पताल भर्ना हुन खोजेका थिए । तर उनको स्वास्थ्य जाँच गर्ने क्रममा वीर… पुरा पढौ

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ । छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ । जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ… पुरा पढौ

अमेरिकामा ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन

लगातार उकालो लागेको सुनको मुल्य विहिबार एकै पटकमा प्रतितोला ४ हजार रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले… पुरा पढौ