शिक्षा

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा लमजुङमा दीप प्रज्वलन, ‘आशा जीवितै छ, विश्वास नछोडौँ’

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा लमजुङमा दीप प्रज्वलन तथा शोकसभा गरिएको छ। लमजुङ साइकलिङ संघको आयोजनामा बेंसीशहरस्थित भीमसेनस्थानमा शुक्रबार साँझ दीप प्रज्वलनसहित शोकसभा गरिएको छ। प्रकृतिको प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारका लागि प्रार्थना गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य विपद्को दुःखद् घडीमा पीडित परिवारप्रति एकता, सहानुभूति र साथ प्रकट गर्नुका साथै समाजमा आपसी सहयोग, सद्भाव र मानवीय एकताको सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएको छ।… पुरा पढौ

त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार, छाउनीमा उपचार हुँदै

काठमाडौं — रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढी आएको १०औँ दिन आज बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका कविर महर्जन र सञ्जय साहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याई वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ का ३० वर्षीय सञ्जय साह आयोजनाको कन्ट्रोल रुममा एचईपी फोरम्यान (मेकानिकल) का रूपमा कार्यरत थिए। उद्धारपछि सैनिक अधिकारीसँगको कुराकानीमा उनले बाढी आएलगत्तै सबैलाई बाहिर निस्कन आग्रह गरे पनि अरूलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकी सुरुङभित्रै अड्किएको… पुरा पढौ

भोटेकोशी बाढीले क्षति पुर्‍याएका २० झोलुंगे पुलको मर्मत थालियो

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त झोलुंगे पुलको मर्मत सुरु भएको छ। सरकारले बाढीबाट क्षति पुगेका २० वटा झोलुंगे पुल मर्मतको काम अघि बढाएको हो। भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटा पुलमा क्षति पुर्‍याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्यांकनपछि तीमध्ये २० वटा पुल तत्काल मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। सरकारले मर्मतका लागि भदौ १७ गते कार्यादेश जारी गरेपछि महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला… पुरा पढौ

लमजुङका पसल अब शनिबार पनि खुल्ने

लमजुङमा चाडपर्वलाई लक्षित गर्दै अब शनिबार पनि पसल तथा व्यवसाय सञ्चालन हुने भएका छन्। चाडपर्वको समयमा बजारमा उपभोक्ताको चहलपहल बढ्ने र दैनिक उपभोग्य वस्तु तथा सेवाको मागसमेत बढ्ने भएकाले सहज आपूर्तिका लागि शनिबार पनि पसल खोल्न आग्रह गरिएको लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ। यसअघि सार्वजनिक बिदाको दिनका रूपमा शनिबार पसल तथा व्यवसाय बन्द हुँदै आएकोमा भदौ २० गते शनिबारदेखि अर्को सूचना जारी नभएसम्म शनिबार पनि व्यवसाय सञ्चालन गर्न संघले जिल्लाका उद्योगी, व्यवसायी तथा उद्यमीलाई आग्रह गरेको छ। संघका अध्यक्ष… पुरा पढौ

अस्ट्रेलियामा रहेका नेपालीको BTGN ले बाढीपीडितका लागि जुटायो १९ लाख ५० हजार

लमजुङ । विदेशमा रहेर पनि मातृभूमिमा परेको विपद्मा सहयोग गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्था ब्रिज द ग्याप नेपाल (BTGN ) ले बाढीपीडितका लागि करिब १९ लाख ५० हजार रुपैयाँ सहयोग जुटाएको छ। हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अस्ट्रेलियाको सिड्नीमा रहेका नेपालीहरूबाट उक्त रकम संकलन गरिएको हो। विशेषगरी लमजुङ, तनहुँ, चितवन, काठमाडौं, पाल्पा र नुवाकोटलाई आफ्नो स्थायी वा पुर्ख्यौली थलो बताउने नेपालीहरूको सहभागितामा गठन भएको द्यत्न्ल् ले… पुरा पढौ

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाढी आएको १३औँ दिन पारेर सोमबार राष्ट्रिय शोक मनाइने भएको हो। राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। यसैगरी, अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलन तथा त्यसक्रममा ज्यान गुमाएका… पुरा पढौ

बाढीपीडितको उद्धार तथा राहतका लागि बेंसीशहरका दुई संस्थाद्वारा १ लाख रुपैयाँ सहयोग

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लमजुङ बेंसीशहरका दुई सामाजिक संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख सहयोग गरेका छन्। बेंसीशहर युथ सोसाइटी सेराले रु.५० हजार र लायन्स क्लब अफ लमजुङ बेंसीशहरले रु.५० हजार गरी कुल रु.१ लाख सहयोग गरेका हुन्। दुवै संस्थाको नेतृत्व गरिरहेका अध्यक्ष रविन श्रेष्ठले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै आफ्नो तर्फबाट सहयोग गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “विपद्को समयमा पीडित परिवारलाई… पुरा पढौ

भोटेकोशीको विपतबाट लमजुङले पनि गम्भीर पाठ सिक्नुपर्छ

विपत आएपछि राहत र उद्धारमा दौडिनुभन्दा विपत आउनुअघि नै जोखिम पहिचान, पूर्वतयारी र सुरक्षित पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता हो। यसलाई लमजुङको भौगोलिक अवस्था, मिदिम, खुदी, मर्स्याङ्दी–दोर्दी करिडोर, जलविद्युत् आयोजना, सडक, बस्ती र भविष्यको विकास नीति जोडेर अझ गम्भीर राजनीतिक र नीतिगत रूपमा प्रस्तुत गर्न सकिन्छ। लमजुङका लागि अब १० वर्षे ‘विपत् प्रतिरोधी लमजुङ अभियान’ आवश्यक छ , यस अभियानअन्तर्गत: पहिलो चरण: जोखिम नक्साङ्कनदोस्रो चरण: जोखिमयुक्त बस्ती र पूर्वाधार पहिचानतेस्रो चरण: पूर्वसूचना प्रणाली स्थापनाचौथो चरण: सुरक्षित सडक तथा पुल निर्माणपाँचौँ… पुरा पढौ

बाढीपीडितका लागि बेसीशहर नगरपालिकाले विपद् कोषमा ५ लाख र जनप्रतिनिधिको आधा महिनाको भत्ता सहयोग गर्ने

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकको राहत तथा उद्धारका लागि लमजुङको बेसीशहर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। ५ लाख सहयोग गर्ने भएको छ। नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो संख्यामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत सामग्री वितरणको कामलाई तीव्रता दिन नगरपालिकाले सरकारको ध्यानाकर्षण समेत गराएको छ। नगर प्रमुख गुमानसिंह अर्यालका अनुसार नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु। ५ लाख नगद… पुरा पढौ

बाढीपीडितको घाउमा मलम लगाउन राहत सामग्रीसहित रसुवा प्रस्थान गर्यो लमजुङको लायन्स क्लब

लमजुङ। विपद्को पीडामा परेका रसुवाका बाढीपहिरो प्रभावित नागरिकको सहयोगार्थ लायन्स क्लब अफ लमजुङ ‘टुगेदर वी क्यान’ को टोली राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान गरेको छ। गत भदौ १० गते आएको भिषडा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला पीडितको दुःखमा साथ दिने उद्देश्यले क्लबको टोली प्रभावित क्षेत्रतर्फ गएको हो। क्लबका सदस्यहरू तथा लमजुङका मनकारी व्यवसायीहरूबाट संकलन गरिएको राहत सामग्री बोकेर टोली आफैं रसुवा तर्फ प्रस्थान गरेको हो ।विपद्को यो कठिन घडीमा राज्यको प्रयासका साथै नागरिक तथा सामाजिक संस्थाहरूको भूमिका पनि उत्तिकै… पुरा पढौ