शिक्षा

कांग्रेस केन्द्रीय सदस्यमा लमजुङबाट ९ जना मैदानमा, इतिहासमा पहिलो निर्वाचित केन्द्रीय सदस्यको खोजी

लमजुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लमजुङबाट विभिन्न क्लस्टरअन्तर्गत ९ जना नेताले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन्। खुला, भूगोल तथा समावेशी समूहबाट नेताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो दाबी सार्वजनिक गरेका हुन्। गण्डकी प्रदेश भूगोलतर्फ कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेलले उम्मेदवारी घोषणा गरेका छन्। खुलातर्फ पूर्वजिल्ला सभापति तुलसीनारायण श्रेष्ठले दाबी गरेका छन्। खस–आर्यतर्फ पूर्वजिल्ला सभापति एवं सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला, आदिवासी जनजातितर्फ गमप्रसाद गुरुङ, आदिवासी जनजाति महिला क्लस्टरतर्फ गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ र अस्मिता गुरुङ ‘खुशिमाया’ले… पुरा पढौ

पोखरामा क्व्होलासोथारको एकीकृत सेवा शिविर, पाँच दिनमा ८१४ जनाले लिए सेवा

लमजुङको क्व्होलासोथार गाउँपालिकाले पोखरामा सञ्चालन गरेको एकीकृत सेवा प्रवाह शिविरबाट पाँच दिनमा ८१४ जनाले विभिन्न सेवा लिएका छन्। पोखरा तथा आसपासमा बसोबास गर्ने गाउँपालिकाका स्थायी बासिन्दालाई लक्षित गरी असोज १३ देखि १७ गतेसम्म पोखरा–१२, सेतीनहरस्थित पैकों ९पसगाउँ० तमु समाजमा शिविर सञ्चालन गरिएको हो। शिविरमा सबैभन्दा धेरै राजस्व संकलनसम्बन्धी सेवा ३५० जनाले लिएका छन्। त्यस्तै सामाजिक सुरक्षा भत्ता नवीकरण ३१८ जना, व्यक्तिगत घटना दर्ता तथा प्रतिलिपि ६९ जना, नागरिकता सिफारिस तथा प्रतिलिपि ३८ जना र अन्य सिफारिस तथा विविध सेवा ४७… पुरा पढौ

कांग्रेसको १५औँ महाधिवेशन: नयाँ–पुराना पुस्ता जोड्ने थापाको संकल्प

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। महाधिवेशन उद्घाटन गर्दै सभापति गगन थापाले कांग्रेसलाई नयाँ र पुराना पुस्ताबीचको पुलका रूपमा अघि बढाउने बताउनुभएको छ। थापाले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडेर पार्टी अघि बढ्ने बताउँदै कांग्रेसले लोकतन्त्र, समुन्नति, न्याय र नागरिकको विश्वासको पुल बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले पार्टीको मूल्यांकन स्थापना भएको वर्षले नभई वर्तमानका नागरिकका प्रश्नको उत्तर दिन सक्ने क्षमताबाट हुने बताउनुभयो। उहाँले कांग्रेसको राजनीतिक शैली, भाषा, सोच, संस्कार र कार्यशैलीमा परिवर्तन आवश्यक… पुरा पढौ

चाडपर्व लक्षित बजार अनुगमन, मूल्यमा एकरूपता नहुँदा उपभोक्ता मारमा

लमजुङ । चाडपर्व नजिकिएसँगै जिल्ला बजार अनुगमन समितिले मर्स्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ। आइतबार गरिएको अनुगमनका क्रममा सात वटा व्यवसायको निरीक्षण गरिएको हो। अनुगमन गरिएका व्यवसायमा एक फ्रेस हाउस, दुई होटल तथा रेस्टुरेन्ट र चार किराना पसल रहेका छन्। यसअघि अनुगमनका क्रममा दिइएका निर्देशन व्यवसायीहरूले पालना गरेको पाइएको जिल्ला बजार अनुगमनका फोकल पर्सन खरिदार दिननाथ अधिकारीले जानकारी दिनुभयो। अनुगमन टोलीमा जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, मर्स्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत… पुरा पढौ

चीनमा गुञ्जियो लमजुङको देउसी–भैलो र कौरा, दोर्दी–फुगोंगबीच सहकार्य थप बलियो

लमजुङ । चीनको युनान प्रान्तस्थित फुगोंग काउन्टीमा आयोजित सांस्कृतिक कार्यक्रममा लमजुङको मौलिक कला र संस्कृति प्रस्तुत गरिएको छ। दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीसहित नेपाली कलाकारको टोलीले देउसी–भैलो र कौरा नृत्य प्रस्तुत गर्दै नेपाली संस्कृति चीनमा चिनाएको हो। ‘लेट द वल्र्ड हियर नुजियाङ’ सांस्कृतिक आदानप्रदान कार्यक्रममा नेपाली कलाकारले मौलिक पोसाकसहित परम्परागत नृत्य प्रस्तुत गरेका थिए। प्रस्तुतिले स्थानीय दर्शक तथा कार्यक्रममा सहभागी पर्यटकको ध्यान आकर्षित गरेको थियो। कार्यक्रममा अध्यक्ष अधिकारीसहित गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घले, वडा नं. ९ का अध्यक्ष आशिष तामाङ, फलेनी… पुरा पढौ

लक्ष्मी नारायण सहकारीको १४औँ साधारण सभा सम्पन्न, पूर्व अध्यक्ष सम्मानित

लमजुङको बेँसीशहर नगरपालिका–८ मा रहेको लक्ष्मी नारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष कान्तीदेवी घिमिरेको अध्यक्षतामा भएको सभामा बेँसीसहर नगरपालिका–८ की वडा अध्यक्ष पवित्रा थापा राना प्रमुख अतिथि रहनुभएको थियो। साधारण सभाका अवसरमा संस्थाको स्थापना कालदेखि विभिन्न समयमा नेतृत्व गर्दै संस्थाको विकास र प्रगतिमा योगदान पुर्‍याएका चार जना पूर्व अध्यक्षलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएकी सिर्जना बराल घिमिरे, संस्थापक अध्यक्ष शोभा थापा, पूर्व अध्यक्ष सीता न्यौपाने… पुरा पढौ

बाढी–पहिरोले मनाङमा क्षति बढायो, मर्स्याङ्दी थुनिएपछि बन्यो ७५ मिटर लामो ताल

पछिल्ला तीन दिनदेखि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोले मनाङमा जनजीवन प्रभावित बनाएको छ। बाढी–पहिरोका कारण चामे गाउँपालिकाका घर तथा संरचनामा क्षति पुगेको छ भने नार्फा भूमि गाउँपालिकाको हिमलुङ बेस क्याम्पमा पुगेका केही व्यक्ति बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद बोहराका अनुसार चामे गाउँपालिका–५ का नौ घर डुबानमा परेका छन्। त्यस्तै चामे–४ मा चार घर, एउटा चर्च र एउटा गोठ बाढीले बगाएको छ। नार्फा भूमि गाउँपालिका–५ स्थित हिमलुङ बेस क्याम्प पुगेका २८ जनामध्ये… पुरा पढौ

गुट–उपगुटभन्दा माथि उठेर सहमतिमा नेतृत्व चयन गर्न कांग्रेसका पालिका सभापतिहरूको अपिल

नेपाली कांग्रेस लमजुङका आठवटै पालिका सभापतिहरूले आसन्न क्षेत्रीय अधिवेशनमा गुट–उपगुटभन्दा माथि उठेर पार्टीको हितलाई केन्द्रमा राख्दै सहमतिबाट नेतृत्व चयन गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। पालिका र वडा अधिवेशन सम्पन्न भइसकेपछि कांग्रेस लमजुङमा अब क्षेत्रीय अधिवेशन तथा अधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १० गतेबाट सुरु हुने भनिएको प्रक्रिया दुई दिन पछि सारिएपछि हो। आज १२ गते मतदाता नामावली दर्ता तथा अन्तिम मतदाता नामावली प्रकाशनको कार्यक्रम रहेको छ भने असोज १३ गते निर्वाचन प्रक्रिया अघि… पुरा पढौ

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

चितवन । लगातारको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्नुका साथै थप जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको थियो। तर वर्षा नरोकिएपछि अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन रोकिएको हो। पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण जोखिम बढेको र यात्रुको सुरक्षालाई ध्यानमा राखेर सडक बन्द गरिएको प्रशासनले जनाएको छ। नारायणगढ–मुग्लिन सडकमा दैनिक १०… पुरा पढौ

भोटेकोशी बाढी विश्वकै लागि चेतावनी प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्र नभई विश्व समुदायका लागि समेत चेतावनी भएको बताउनुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढीका कारण ठूलो जनधनसँगै पूर्वाधार, जलविद्युत् आयोजना र सर्वसाधारणको जनजीवनमा क्षति पुगेको उल्लेख गर्नुभयो। जलवायु परिवर्तनमा न्यून योगदान गर्ने नेपालजस्ता मुलुकले त्यसको गम्भीर असर भोगिरहेको उहाँको भनाइ थियो। हिमाली क्षेत्रमा बढ्दो तापक्रम, तीव्र गतिमा पग्लिरहेका हिमनदी र… पुरा पढौ