शिक्षा

भोटेकोशीको भेलपछि: अब कसले जवाफ दिने ?

भोटेकोशीमा उर्लिएको भेलले रसुवाको भूगोल मात्र हल्लाएको छैन, धेरै परिवारको जीवनमा कहिल्यै नमेटिने पीडाको छाप छोडेको छ। एकैछिनको प्राकृतिक प्रकोपले घर, सडक, पुल र संरचना बगाउँदा मानिसले फेरि एउटा कठोर सत्य सामना गर्नुपरेको छ—विपद् प्रकृतिबाट आउँछ, तर त्यसले निम्त्याउने क्षतिको मात्रा हाम्रो तयारी र निर्णयले निर्धारण गर्छ। आज भोटेकोशीको किनारमा बाँकी रहेका भग्नावशेष हेर्दा एउटा प्रश्नले पछ्याउँछ—हामीले विकासका नाममा जोखिमलाई कति नजिक बोलायौँरु नदीको स्वभाव, पहाडको संवेदनशीलता र भूगोलको सीमालाई बेवास्ता गर्दै बनाइएका संरचनाले प्राकृतिक शक्तिसामु हामी कति कमजोर रहेछौँ… पुरा पढौ

अपी पावर र दिव्यज्योति हाइड्रोले बाढीपीडितका लागि ४० लाख सहयोग

लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन अपी पावर कम्पनी लिमिटेड र उसको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडले ४० लाख रुपैयाँ सहयोग गरेका छन्। दुवै कम्पनीले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन्। अपी पावरले ३५ लाख रुपैयाँ र दिव्यज्योति हाइड्रोपावरले ५ लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्। अपी पावर कम्पनीका निर्देशक सञ्जीव न्यौपानेले विपद्को कठिन परिस्थितिमा नागरिकको जीवनरक्षा, उद्धार, राहत र पुनःस्थापनाका… पुरा पढौ

रसुवा भोटेकोशी बाढीपीडितका लागि मध्यनेपाल नगरपालिकाले ५ लाख सहयोग गर्ने

लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि लमजुङको मध्यनेपाल नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो विपद् व्यवस्थापन कोषबाट उक्त रकम जम्मा गर्ने जनाएको हो। नगरपालिकाले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत रसुवाबाट सुरु भएको बाढीपहिरोले नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन हुँदै नवलपरासीसम्म पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। नगरपालिका प्रमुख रमेशकुमार पाण्डेद्वारा जारी विज्ञप्तिमा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति… पुरा पढौ

रसुवाको बाढीपछि लमजुङका आठ जनाभन्दा बढी सम्पर्कविहीन, खोजी गर्न परिवारको आग्रह

लमजुङ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि लमजुङका विभिन्न पालिकाका आठ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको भन्दै परिवारजनले खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्। सम्पर्कविहीन हुनेमा मस्र्याङ्दी गाउँपालिका–९ का सशस्त्र प्रहरीमा कार्यरत युवराज भण्डारी, मस्र्याङ्दी गाउँपालिका–३ की तथा माथिल्लो त्रिशूली–३ मा कार्यरत रमिला भण्डारी रहेका छन्। त्यस्तै, बेँसीशहर नगरपालिका–११ चितीका झपटबहादुर घर्ती र उनकी श्रीमती राधिका घर्ती, दोर्दी गाउँपालिका–६ पैरखोलाका राजकुमार तामाङ, राइनास नगरपालिका–९ साततलेका राजन थापा, बेँसीशहर… पुरा पढौ

बाढी प्रभावितको राहतका लागि कर्मचारीको तलबबाट १० दिनसम्मको रकम कट्टा हुने

रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन संघीय सरकारका कर्मचारीले आफ्नो तलबबाट निश्चित रकम योगदान गर्ने भएका छन्। मुख्य सचिवको नेतृत्वमा बसेको सचिव बैठकको निर्णयअनुसार संघीय सरकारका कर्मचारीको भदौ महिनाको तलबबाट कर्मचारीको श्रेणीअनुसार २ देखि १० दिन बराबरसम्मको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। निर्णयअनुसार श्रेणीविहीन कर्मचारीको २ दिन, राजपत्र अनंकित वा सोसरहका कर्मचारीको ५ दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणीका कर्मचारीको… पुरा पढौ

जन्मदिनमा वृक्षारोपण गर्दै क्व्होलासोथार गाउँपालिका अध्यक्ष गुरुङ

क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर वृक्षारोपण गरेका छन्। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा गाउँपालिकाको सौन्दर्य बढाउने उद्देश्यले बिहीबार गाउँपालिका–२ मालिङस्थित कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो। कार्यक्रममा बेलपत्र र रुद्राक्ष एक–एक तथा पारिजात र असारे फूलका दुई–दुई गरी विभिन्न प्रजातिका ६ वटा बिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ। वृक्षारोपण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले तथा कर्मचारीहरूको सहभागिता थियो। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी प्रकृति संरक्षणसँग जोड्ने अभ्यास पछिल्लो समय बढ्दै गएको… पुरा पढौ

लमजुङमा विकासको चर्को बहस: नेतृत्वको दाबी र नागरिकका प्रश्न

नेपाल लिडको ‘लिसन सिंहदरबार–समृद्धि यात्रा’अन्तर्गत लमजुङमा आयोजित बहसमा जिल्लाको विकास, पूर्वाधार, पर्यटन, रोजगारी र स्थानीय सरकारको कार्यसम्पादनबारे राजनीतिक नेतृत्व तथा नागरिकबीच चर्को बहस भएको छ। नेपाल लिडको ‘लिसन सिंहदरबार–समृद्धि यात्रा’अन्तर्गत वरिष्ठ पत्रकार राजेन्द्र बानियाँसहितको टोलीले लमजुङको बेसीशहरमा बहस कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा लमजुङका सांसद धर्मराज केसीले सरकार गठन भएको छोटो समयमै ठूलो परिवर्तनको अपेक्षा गर्न नहुने बताए। उनले आफू कानून निर्माणका लागि निर्वाचित भए पनि जिल्लाका समस्या प्रत्यक्ष बुझेर समाधानका लागि पहल गरिरहेको उल्लेख गरे। विशेषगरी सुन्दरबजार–भोर्लेटार सडकको… पुरा पढौ

लमजुङमा प्रजिअ र पाँच अधिकारीबीच सम्झौता, शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाहलाई प्राथमिकता दिने

जिल्ला प्रशासन कार्यालय लमजुङले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यले चालु आर्थिक वर्षका लागि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल र जिल्लाका पाँच अधिकारीबीच कार्यसम्पादन सम्झौता गरेको छ। प्रमुख जिल्ला अधिकारी खनालसँग सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रशासकीय अधिकृत नवराज शर्मा दोरङ्गा, प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत र सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका प्रहरी नायब उपरीक्षक विकास अधिकारीले कार्यसम्पादन सम्झौता गर्नुभएको हो। सम्झौतामा जिल्लाको शान्ति सुरक्षा कायम गर्ने,… पुरा पढौ

समाचारको प्रभाव : बेसीसहरमा अलपत्र वृद्धको उद्धार, प्रहरीको भूमिकामाथि स्थानीयको प्रश्न

लमजुङको बेसीसहर नगरपालिका–२ बोहराबेसीको अ‍ैसेलुको झाडीमा अलपत्र अवस्थामा फेला परेका ७२ वर्षीय तेजबहादुर गुरुङको बुधबार उद्धार गरिएको छ। गत असोज ३० गतेदेखि घरबाट हराइरहेका गुरुङ मंगलबार साँझ स्थानीयले अलपत्र अवस्थामा फेला पारेका थिए। बोल्नसमेत नसक्ने अवस्थामा भेटिएका गुरुङलाई स्थानीयले खाना खुवाएर राती पुष्पा धितालको घरमा राखेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरी उनको उद्धार तथा व्यवस्थापनका लागि आग्रह गरेका थिए। स्थानीयका अनुसार खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। तर, गुरुङलाई देखेर पनि आवश्यक सहयोग नगरी प्रहरी फर्किएको स्थानीयको गुनासो छ।… पुरा पढौ

क्व्होलासोथारमा पूर्वाधार योजना चैतभित्रै सम्पन्न गर्ने कार्ययोजना

लमजुङको क्व्होलासोथार गाउँपालिकाले आर्थिक वर्ष २०८३ र ८४ मा सञ्चालन हुने पूर्वाधार विकासका योजनाहरू निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका तयार गरेको छ। गाउँपालिकाले ठूला आयोजनाको बोलपत्र आह्वानदेखि उपभोक्ता समिति गठन, योजना सम्झौता, निर्माण सम्पन्न र भुक्तानीसम्मका कामका लागि निश्चित समयसीमा तोकेको हो। गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले पारित गरेको कार्ययोजना सोमबार सार्वजनिक गरिएको हो। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार भदौ मसान्तभित्र ठूला आयोजनाको बोलपत्र आह्वान र उपभोक्ता समिति गठन गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी असोज मसान्तसम्म सबै योजनाको… पुरा पढौ