शिक्षा

स्थानीय तहको निर्वाचन फागुनमै गर्ने तयारीमा आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन महिनाको अन्तिम साताभित्र स्थानीय तहको निर्वाचन गराउने गरी तयारी अघि बढाएको छ। आयोगका आयुक्त राजीव सुब्बाका अनुसार प्रचलित कानुनी व्यवस्थालाई आधार बनाएर निर्वाचनको तयारी भइरहेको छ। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै नयाँ निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार आयोगले आफ्नो तयारी अगाडि बढाएको उनले बताए। निर्वाचनका लागि आवश्यक आन्तरिक तयारी आयोगले अघि बढाइसकेको भए पनि सरकारसँग गर्नुपर्ने समन्वयका काम भने बाँकी रहेको आयुक्त सुब्बाको भनाइ छ। हाल आयोगले मतदाता… पुरा पढौ

मर्स्याङ्दीमा राष्ट्रिय शिक्षा दिवस तथा उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा विभिन्न शैक्षिक तथा उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा एसईई परीक्षा–२०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा उत्कृष्ट नतिजा हासिल गराउन योगदान पुर्‍याउने शिक्षकलाई सम्मान गरिएको छ। त्यस्तै, एसईईमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय, कक्षा ५ र ८ को परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय… पुरा पढौ

शिक्षा दिवसमा उत्कृष्ट नतिजा ल्याउने १७ विद्यार्थी सम्मानित

लमजुङ । राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा बेसीशहर नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने १७ जना विद्यार्थीलाई सम्मान गरेको छ। “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा आधारभूत तहस्तरीय परीक्षा (कक्षा ८), माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो। कक्षा ८ को परीक्षामा ४ जीपीए ल्याउने ४ जनासहित ६ जना, एसईईमा ४ जीपीए ल्याउने ५ जनासहित ७ जना र कक्षा १२ मा उत्कृष्ट… पुरा पढौ

घरमै भरुवा बन्दुक बनाउँदै गरेको आरोपमा दुई पक्राउ

एआइ निर्मित फोटो लमजुङको राइनास नगरपालिका–९ साउनेपानीमा घरमै भरुवा बन्दुक बनाउँदै गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ५७ वर्षीय प्रेम विनोद कामी विश्वकर्मा र ४३ वर्षीय दिलबहादुर विक रहेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी तार्कुघाटबाट खटिएको संयुक्त टोलीले विश्वकर्माको घरमा खानतलासी गरेको थियो। त्यसक्रममा बन्दुक बनाउन प्रयोग हुने विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरबाट बन्दुकका बट बनाउन तयार पारिएका काठ ५ थान, ब्यारेल नभएका पुराना… पुरा पढौ

सुरुङभित्र फसेकाको उद्धारमा खटिएका सागर ढकालमाथि ‘विदेशी एजेन्ट’ आरोपको दिए जवाफ

रसुवामा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार अभियानमा सांसद एवं इन्जिनियर सागर ढकाल निरन्तर खटिरहेका छन्। जटिल भूगोल र सुरुङभित्रको जोखिमपूर्ण अवस्थाका बीच उनी प्राविधिक टोलीसँगै उद्धार कार्यमा सक्रिय छन्। जलविद्युत्, पानी तथा पूर्वाधारसम्बन्धी क्षेत्रमा काम गरेको अनुभव भएका ढकाल विपद्का बेला राजनीतिक भूमिकाभन्दा प्राविधिक ज्ञान र अनुभवलाई प्रयोग गर्दै उद्धारमा जुटेका हुन्। सुरुङभित्र फसेका व्यक्तिहरूलाई जीवितै उद्धार गर्ने प्रयासमा उनीसहितको टोली लामो समयदेखि घटनास्थलमै रहेर काम गरिरहेको छ। तर, उद्धार अभियानमा सक्रिय भइरहेका बेला सामाजिक… पुरा पढौ

यस वर्षको तीज: उत्सवभन्दा पीडितको साथमा नेपाली महिला

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज देशभर मनाइँदैछ। धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने तीजमा महिलाहरूले भगवान् शिवको पूजा–आराधना गर्दै सुख, शान्ति र पारिवारिक समृद्धिको कामना गर्ने परम्परा छ। विवाहित तथा अविवाहित महिलाहरूले व्रत बस्ने, पूजाआजा गर्ने र माइती तथा साथीभाइसँग भेटघाट गर्ने भएकाले तीजलाई महिलाको भावना, सम्बन्ध र संस्कृतिसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ। तीजका अवसरमा महिलाहरू व्रत बसेर भगवान् शिवको पूजा–आराधना गर्ने तथा विभिन्न शिवालयमा पुगेर पूजाआजा गर्ने गर्छन्। यस दिन देशका प्रमुख शिवालयहरूमा महिलाहरूको ठूलो भीड… पुरा पढौ

यस वर्षको तीज, दरभन्दा ठूलो बन्यो दुःखमा साथ

हरितालिका तीज नेपाली महिलाहरूको आफ्नै भावना, संस्कार र आत्मीयतासँग जोडिएको पर्व हो। तीजको अघिल्लो दिन खाने ‘दर’ यस पर्वको महत्वपूर्ण परम्परामध्ये एक हो। तर, यस वर्षको तीजमा दरको अर्थ र उत्सवको स्वरूप केही फरक देखिएको छ। तीजको व्रतका लागि शरीरलाई आड र शक्ति मिलोस् भन्ने उद्देश्यले व्रतको अघिल्लो दिन दर खाने परम्परा बसेको मानिन्छ। दूध, दही, घिउ, खिर, ढकने, सेलरोटी, फलफूललगायत ठाउँ र समुदायअनुसार विभिन्न पौष्टिक तथा मीठा परिकार दरका रूपमा खाने गरिन्छ। परम्पराअनुसार माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने, दिदीबहिनी… पुरा पढौ

बाढी प्रभावित परिवारलाई मासिक १५ हजार आवास भाडा

काठमाण्डौ – भोटेकोशी बाढी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा १५ हजार रुपैयाँ आवास भाडा दिने निर्णय गरेको छ । गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ४ जनासम्मका परिवारलाई मासिक १५ हजार र ४ जनाभन्दा धेरै सदस्य भएमा प्रतिव्यक्ति थप २ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो । मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै बाढी प्रभावितको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।… पुरा पढौ

लमजुङमा एउटा प्वालबाटै एपेन्डिक्सको सफल शल्यक्रिया

प्रदेश अस्पताल लमजुङमा अब पेटमा एउटा मात्र प्वाल बनाएर एपेन्डिक्सको शल्यक्रिया गर्न सकिने भएको छ। अस्पतालले SILS (Single-Incision Laparoscopic Surgery) प्रविधिबाट एपेन्डिक्सका दुई वटा सफल शल्यक्रिया सम्पन्न गरेको हो। यसअघि सामान्य दूरबिन प्रविधिबाट एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटमा तीन ठाउँमा साना प्वाल बनाउनुपर्ने भए पनि SILS प्रविधिमा एउटै प्वालबाट शल्यक्रिया गर्न सकिन्छ। यसले शल्यक्रियापछि पेटमा देखिने दाग कम हुने तथा बिरामीलाई तुलनात्मक रूपमा छिटो निको हुन सहयोग पुग्ने चिकित्सकहरू बताउँछन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार नेपालका सरकारी अस्पतालमध्ये सम्भवतः… पुरा पढौ

बाढीपीडितका लागि गुरुङ समुदायको १४ लाख ४५ हजार सहयोग

लमजुङको बेंसीसहर क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु। १४ लाख ४५ हजार ५ सय ७२ सहयोग गरेका छन्। तमु हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाइको संयोजनमा १७ वटा तमु समाज र ८ सय ५७ जना दाताबाट रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको परिषद्का सचिव कृष्णबहादुर घलेले जानकारी दिए। शुक्रबार बेंसीसहर नगरपालिका–७ त्रिवेणी टोलस्थित शान्तिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा सहयोगबारे जानकारी गराइएको थियो। कार्यक्रममा परिषद्का अध्यक्ष कुमबहादुर… पुरा पढौ