धर्म/ सस्कृती

आज अक्षय तृतीया, यस्तो छ यसको महत्व

वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ । शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ । आज माटो, तामा… पुरा पढौ

आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन

आज बुधबार माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ । मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।माता तिर्थ औंशीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मीठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद… पुरा पढौ

मालिका देवि धार्मिक महोत्सव २०८१ समापन

लमजुङको मध्यनेपाल नगरपालिका वडा नं। १० मा रहेको मालिका देविको पवित्र भुमि थान्सिङ, नेटामा श्रीमद्भभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं प्रथम मालिका देवि धार्मिक महोत्सव २०८१ समापन गरिएको छ । मध्य नेपाल नगरपालिकाको आयोजना, मध्य नेपाल नगरपालिका वार्ड न १० को संयोजनमा र मालिका देवि संरक्षण तथा बिकास समितिको ब्यबस्थापनमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ एवं प्रथम मालिका देवि धार्मिक महोत्सव २०८१ संचालन गरिएको हो । ७ दिनसम्म सञ्चालित महायज्ञ तथा धार्मिक महोत्सवमा बिभिन्न क्षेत्रबाट आएका भत्तजनहरु तथा स्थानियहरुबाट १ करोड… पुरा पढौ

गाउँशहरमा चैतेदशैं मेला

ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक गन्तब्य लमजुङको गाउँशहरमा चैतेदशैं मेलाको आयोजना गरिएको छ । गाउँशहरको ऐतिहासिक, धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदा र पुरातात्विक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन चैतेदशैं मेलाको आयोजना गरिएको हो । कार्यक्रमको एक समारोहका विच बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गनुभएको थियो । आयोजक गाउँशहरमा रहेका लमजुङ कालिका युथ क्लवको अध्यक्ष अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम नेपाली सेनाका पुर्व सेनापति पुर्णचन्द्र थापा, बेसीशहर वडा नं २ का वडाध्यक्ष मदन राना, स्थानीय समाजसेवी राजेन्द्र बोहरा, राजकुमार… पुरा पढौ

आजबाट नयाँ बर्ष २०८१ सुरु

आज बैशाख १ गते, विक्रम सम्वत् अनुसार आजबाट नयाँ बर्ष २०८१ सुरु भएको छ । आजको दिन नेपालमा तथा विदेशमा रहेका नेपालीहरुले साथीभाई, आफन्त र इष्टमित्रहरुसँग हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गर्दै रमाइलो गरी नयाँ बर्ष मनाइरहेका छन् । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ… पुरा पढौ

झाँकी र्‍यालीमा प्रथम, द्धितीय हुने समुहको फोटो फिचर

लमजुङ सदरमुकाम बेसीशहरमा शुक्रबार देखि सुरु भएको ८ औँ लमजुङ महोत्सवको उद्घाटन कार्यक्रममा प्रदर्शन गरिएको झाँकी र्‍यालीमा शान्तिटोल तमु बाबा आमा समुह बेसीशहर ७ प्रथम भएको छ । बेसीशहरको शेरा बजार देखि सुरु भएको झाँकी र्‍यालीमा ७५ समुह सहभागी भएका थिए । झाँकी र्‍यालीमा प्रथम शान्तिटोल तमु बाबा आमा समुह, सहभागी समुह मध्य नेवा गुठी खल बेसीशहर दित्तिय, नेपाल तामाङ घेदुङ लमजुङ तृतीय भएको छ । नेपाल तामाङ घेदुङ लमजुङ तृतीय भएको छ । यसैगरी नेपाल मगर संघ जिल्ला कार्यसमिति… पुरा पढौ

आज रंगहरुको पर्व होली मनाइँदै

रंगहरुको पर्व होली पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ ।असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक… पुरा पढौ

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा,… पुरा पढौ

पुरानकोटमा २८ पिर्के रोटे पिङ निमार्ण

लमजुङको बेसीशहर नगरपालिका वडा नं. ४ पुरानकोटमा २८ पिर्के रोटे पिङ निमार्ण गरिएको छ । उक्त पिङको बुधवार एक कार्यक्रमका विच बेसीशहर नगपालिका प्रमुख गुमानसिहं अर्यालले उद्घाटन गर्नुभएको हो । पुरानकोटको स्थानीय बुद्ध मिलन समाजले तामाङ समुदायको विशेष पर्व २८६० औँ सोनाम ल्होसारको अवसरमा पुरानकोट फोस्रेमा परम्परागत २८ पिर्के रोटेपिङ निमार्ण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले परम्परागत रोटेपिङले गाउँघरमा रौनक हुनुका साथै आन्तरिक पर्यटन प्रर्वद्धन र संस्कृति संरक्षणमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय… पुरा पढौ