धर्म/ सस्कृती

आजबाट श्री स्वस्थानी ब्रत कथा सुरु

आजबाट हिन्दु धर्मावलम्बीहरुको श्री स्वस्थानी ब्रतकथा सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिना विधिपूर्वक स्वस्थानी व्रत गरी श्रीस्वस्थानीको कथा श्रवण गरि माघ स्नान गरिन्छ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । श्री स्वस्थानी बैत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी बैत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ। विशेषगरि… पुरा पढौ

आज माघे संक्रान्ति पर्व

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य… पुरा पढौ

भोज खाएर विरामी हुनेको संख्या बढ्दै

लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ८ भोटेओडार डुडकुलामा रहेको आनन्द सलाम चर्चमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने हाल सम्म ३९ जना बिरामी परेका छन् । बेशिसहर नगरपालिका वडा नं ४ पुरानोकोट स्थायी घर भई सुन्दरबजार नगरपालिका ९ भोटेओडार बस्ने बर्ष ३२ की देवी परियारको अस्पताल लैजाँदै गर्दा आईतबार बिहान बाटोमा नै मृत्यु भएको हो । मृतक देवि परियारको श्रीमान देवु परियार, १२ वर्षीया छोरी विद्या परियार सहित ३९ जना अहिले अस्पतालमा उपचारत छन् । घरका सदस्यहरु… पुरा पढौ

हरिबोधिनी एकादशीमा तुलसीको विवाह

औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ ।हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा आराधना गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझिने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर… पुरा पढौ

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै, छठ मनाउने ठाउँ झकिझकाउ

आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । आज सप्तमी तिथि भए पनि भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद् डाक्टर वीरबहादुर महतोले जानकारी दिनुभयो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व… पुरा पढौ

८१ वर्षको उमेरमा पनि धर्म, संस्कृति जोगाउने अभियानमा रुद्रनिधी तिवारी

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ मा बसोबास गर्ने रुद्रनिधी तिवारी अहिले ८१ वर्षको हुनुभयो । २००० साल साउन २३ गते बुवा विश्वनिधी तिवारी र आमा शिवकुमारी तिवारीका ५ सन्तान मध्ये जेठो सन्तानको रुपमा जन्मनुभयो । बाल्यकाल देखि नै साहित्य तथा लोक गायन र व्यङ्व्यमा रुची राख्ने तिवारीले ३७ वर्ष शिक्षण पेसामा सेवा गर्नुभयो । परिवारको जेठो सन्तान भएकाले उहाँ ९ वर्षको हुदाँ हजुरबुवाआमाले रहरमा ९ वर्ष कै इश्वरी तिवारीसगँ बिवाह गरिदिनुभयो । ७२ वर्ष सम्म पनि उहाँहरुको जोडीमा रहर… पुरा पढौ

आज भाइटीका, साइत १०ः५१ बजे शुभ

नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन बुधबार भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्छन् । यस दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका… पुरा पढौ

आजदेखि नेपाल संवत् सुरु, अब सरकारी कागजपत्रमा समेत उल्लेख हुने

आजदेखि नेपाल संवत् ११४४ सुरु भएको छ । नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । नेपाल संवत् (नयाँ वर्ष )को उपलक्षमा लमजुङको सदरमुकाम बेसिशहरका नेवार समुदायले नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीसहितको सांस्कृतिक ¥याली निकालेका छन् । नेवारी पोषाकमा सजिएर मनाङे चौताराबाट सुरु भएको ¥याली फुलबारी मञ्चमा पुरेर सभामा परिणत भयको थियो । बेसीशहर नेवाः खलका अध्यक्ष बालचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल प्रमुख अतिथी… पुरा पढौ

लमजुङमा व्यावसायिक रूपमा फूलखेती गरिँदै

लमजुङमा पछिल्लो समय व्यावसायिक रूपमा फूलखेती गरिँदै आएको छ । फूलमाथिको परनिर्भरता हटाउन र आय आर्जन समेत हुने भएकाले लमजुङका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् । विगत १⁄२ वर्ष अघि सम्म बाहिरी जिल्लाका फूलहरु फाट्ट फुट्ट आउने गरेपनि यो वर्ष भने बजारी क्षेत्र सदरमुकाम बेसीशहर, भोटेओडार, सुन्दरबजार, खुदी लगायतका बजारहरुमा पर्याप्त मात्रामा फूल बिक्रीका लागि राखिएको छ । यो वर्ष बेच्न राखिएका प्लास्टिकका फूलका माला बेच्न बन्देज गरी प्रशासन कार्यालयले जफत गरेपछि बजारी क्षेत्रमा सयपत्री फूलको… पुरा पढौ

आज धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै, कुकुर तिहार पनि आजै

यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर बेलुका लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ… पुरा पढौ