
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं। १० मा रहेको मालिका देविको पवित्र भुमि थान्सिङ, नेटामा श्रीमद्भभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं प्रथम मालिका देवि धार्मिक महोत्सव २०८१ समापन गरिएको छ ।
मध्य नेपाल नगरपालिकाको आयोजना, मध्य नेपाल नगरपालिका वार्ड न १० को संयोजनमा र मालिका देवि संरक्षण तथा बिकास समितिको ब्यबस्थापनमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ एवं प्रथम मालिका देवि धार्मिक महोत्सव २०८१ संचालन गरिएको हो ।
७ दिनसम्म सञ्चालित महायज्ञ तथा धार्मिक महोत्सवमा बिभिन्न क्षेत्रबाट आएका भत्तजनहरु तथा स्थानियहरुबाट १ करोड ७८ लाख ९५ हजार ४ सय ९३ रुपैया चन्दा बाट र १ लाख ३४ हजार १७ रुपैया दान पेटिकामा गरि कुल १ करोड ८० लाख २९ हजार ५१० रुपैया रकम संकलन भएको आयोजकले जनाएको छ।

श्रीमद भागवत सप्ताह पुराणको पूर्व सन्ध्यामा भव्य शोभा कलश यात्रा निकालिएको थियो भने प्रतेक दिन बिहान ७ बजेदेखी पूजा–अर्चना र आरती सुरु हुने साथै श्रीमद्भागवत पाठ, प्रमुख वाचकबाट सङ्गीतमय कथा प्रवचन, महात्मा भक्ति सङ्गीत, आरती गरिएको थियो ।
बैशाख ७ गते देखि शुरु भएको श्रीमद्भागवत ज्ञान सप्ताहको उदघाट्न मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डेले गरेका हुन।७ दिवसिय धार्मिक कार्यक्रममा कथा बाचन संगै बिभिन्न फरक फरक ब्यक्तिहरुको फरक फरक दिन प्रमुख आतिथ्यता रहेको थियो।
सम्बन्धित दान दाताहरुलाई सोहि दिन सम्मान पत्र मायाको चिनो तथा दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
सप्ताह समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेश कुमार पाण्डेले आस्थाको धरोहर मालिकादेवि सिङ्गो लमजुङ जिल्लाका साथै देश र विदेशमा समेत मालिकादेविको शक्ति , महिमाको बारेमा प्रचार प्रसार गर्न जरुरी रहेको र यस सप्ताह तथा धार्मिक महोत्सबले एउटा ईटा थपेको महसुस भएको बताए।

मालिका मन्दिरलाई नगरपालिकाको मात्र नभई जिल्लाकै पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि महायज्ञले टेवा पुगेको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ एवं प्रथम मालिका देवि धार्मिक महोत्सव २०८१का संयोजक तथा मध्यनेपाल नगरपालिका वडा नं। १० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताए ।










