नेपाल टेलिकमको संविधान दिवस अफर: ३० दिनसम्म अनलिमिटेड डाटा

-


     नयाँ दीप    
     असाेज ३ गते २०८३ मा प्रकाशित


काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ।

अफरअन्तर्गत टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराएको छ।

रु। ४९९ मा ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज लिन सकिनेछ। यसमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा उपलब्ध हुनेछ। दैनिक ५ जीबी डाटा सकिएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

त्यस्तै, धेरै डाटा प्रयोग गर्ने ग्राहकका लागि रु। ६९९ मा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज उपलब्ध छ। यसमा ३० दिनसम्म दैनिक १० जीबी डाटा पाइनेछ। १० जीबी सकिएपछि पनि बाँकी समय ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन सकिनेछ।

पोस्टपेड ग्राहकका लागि प्याकेजमै रेन्टल शुल्कसमेत समावेश गरिएको टेलिकमले जनाएको छ।

यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिनका लागि मात्र उपलब्ध हुनेछ। अफर लिन ग्राहकले मोबाइलबाट 141511# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सक्नेछन्।