
लमजुङ सेवा समाज कतारको १६ औँ अधिवेशनबाट कल्याण थापा अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र भण्डारी, उपाध्यक्षहरूमा रवीन्द्र गुरुङ, राजकुमार श्रेष्ठ र कुमारी गुरुङ चयन भएका छन्। त्यसैगरी महासचिवमा प्रशान्त कुमाल, सचिवहरूमा देव अधिकारी र फलेन्द्र गुरुङ, कोषाध्यक्षमा पवन थापामगर तथा सह–कोषाध्यक्षमा वासुदेव दवाडी निर्वाचित भएका छन्।
अधिवेशनले मर्स्याङ्दी गाउँपालिका संयोजकमा विष्णु दवाडी र दोर्दी गाउँपालिका संयोजकमा डम्बरजंग गुरुङलाई चयन गरेको छ। सदस्यहरूमा चन्द्रमाया गुरुङ (बिनिता) र किर्तिमान गुरुङ निर्वाचित भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यसै क्रममा लमजुङ सेवा समाज कतारका निवर्तमान सल्लाहकार कर्म गुरुङले अध्यक्ष कल्याण थापा सहित सम्पूर्ण नव–निर्वाचित कार्यसमितिलाई बधाई दिँदै संस्थाको उद्देश्यअनुसार लमजुङवासी तथा प्रवासी नेपाली समुदायको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
त्यसैगरी, निवर्तमान अध्यक्ष बिनोद प्रसाद बसौलाले आफू अध्यक्ष भएको कार्यसमितिको कार्यकाल सफलतापूर्वक सम्पन्न गरी संस्थाको विकास र विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिनुभएको छ।
लमजुङ सेवा समाज कतारले विगतदेखि नै कतारमा रहेका लमजुङवासी तथा नेपाली समुदायबीच आपसी एकता, सहयोग र सामाजिक सेवाका गतिविधिहरू सञ्चालन गर्दै आएको छ। नवगठित कार्यसमितिले संस्थाका गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने अपेक्षा गरिएको छ।











