पूर्व राष्ट्रसेवक तथा नागरिक संघको स्थापना दिवस सम्पन्न

-


     नयाँ दीप    
     वैशाख १६ गते २०८३ मा प्रकाशित


पूर्व राष्ट्रसेवक तथा नागरिक संघको दोस्रो स्थापना बुधबारे एक विशेष समारोहका बीच सम्पन्न भएको छ। पोखरामा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष चेत बहादुर रावल ‘प्रविन’ को अध्यक्षतामा भएको कार्यक्रममा संघका संरक्षक शिवप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा केन्द्रीय सल्लाहकार संयोजक सोमलाल कँडेल, आजीवन सदस्य, गोकर्ण क्षेत्री, संघका प्रथम उपाध्यक्ष रामचन्द्र पराजुली, द्वितीय उपाध्यक्ष गंगा देवी बराल र महासचिव चन्द्र बहादुर भुजेल लगायतले संघको आगामी कार्यदिशा र उपलब्धिका बारेमा चर्चा गर्नुभएको थियो।

केन्द्रीय सचिव सुन्दर शर्मा पौडेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सह–सचिव मुक्ति प्रसाद पौडेल, कोषाध्यक्ष अप्सरा बराल, आरतिन अधिकारी लगायत सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी समारोहमा मानार्थ सदस्य केशवराज बराल, देशभरका विभिन्न जिल्लाबाट आएका अध्यक्ष एवं पदाधिकारीहरू, सबैभन्दा बढी सदस्य विस्तार गर्न सफल तुलसी कँडेल, केन्द्रीय वरिष्ठ सदस्यहरू र विशेष सहयोगी उमादेवी बास्तोला लगायतका आजीवन तथा साधारण सदस्यहरूको उत्साहजनक उपस्थिती रहेको थियो।

उपस्थित वक्ताहरूले संस्थाको निरन्तर विकासका लागि प्राप्त सहयोग र सकारात्मक योगदानले आगामी दिनमा थप उर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।