
स्थानीय उत्पादनमा वृद्धि, उद्योग–व्यापार, व्यवसायमा उन्नतिः कला, संस्कृति र पर्यटन प्रवद्र्धन समग्र लमजुङको सम्वृद्धि भन्ने नाराका साथ नवौं लमजुङ महोत्सव २०८२ सुरु भएको छ । महोत्सवको एक समारोहका विच गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रम उद्घाटन पूर्व विहिबार बेसीशहरको सेराबजारबाट निस्किएको विभिन्न जातजाती,, समुदाय, आमा समूह तथा विद्यार्थी लगायतको झाँकी जुलुस बेसीशहर बजार परिक्रमा गरी बेसीशहर नगरपालिका ७ सहजी खेलमैदानमा पुगेको थियो ।
प्रर्दशन गरिएको झाँकी र्यालीमा बेसीशहर नेवा खल प्रथम भएको छ । त्यस्तैगरी प्रगती टोल समुदाय छों झों धि द्धितीय, नेपाल मगर जिल्ला समन्वय समिति तृतीय, नमुना सामुदायिक आमा समूह बेसीशहर १ र नेपाल तामाङ घेदुङ बेसीशहर इकाई सान्त्वना भएका छन् ।

उद्घाटन कार्यक्रममा लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा सुरु महोत्सव माघ ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने छ । कार्यक्रम संघका जिल्ला अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
महोत्सवमा २ सय २० वटा व्यापारिक स्टल, प्रवेशद्वार, लण्डन ब्रिज र वाल उद्यानका संरचनाहरु, स्र्याङ्दी नदीमा र्याफ्टिङ गराउनुका साथै हेलिकोप्टर उडान मार्फत् जिल्लाका पर्यटकीय स्थलहरुक अवलोकन गराउने, कोसेली घर सञ्चालन गर्ने लगायतका कार्यक्रम राखिएको छ ।
जिल्लाको स्थानीय व्यापार व्यवसाय सँगै कृषि, पर्यटन, जडीबुटी, हस्तकला, लोक कला, संस्कृति प्रवद्र्धन, स्थानीय प्रतिभा पहिचान गर्नुक साथै, कृषि, पशुपंक्षी, हस्तकला प्रदर्शनी, होमस्टे तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। महोत्सवमा झण्डै डेढलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।











