
लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा भोली बिहीबारदेखि बेसीशहर नगरपालिका ७ सहजी खेलमैदानमा हुने नवौं लमजुङ महोत्सवको तयारी सकिएको छ। महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्नुहुने छ ।
स्थानीय उत्पादनमा वृद्धि, उद्योग–व्यापार, व्यवसायमा उन्नतिः कला, संस्कृति र पर्यटन प्रवद्र्धन समग्र लमजुङको सम्वृद्धि भन्ने नाराका साथ माघ ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको आयोजक लमजुङ उद्योण बाणिज्य संघले जनाएको हो।
महोत्सवका लागि मुख्य प्रायोजक, सहप्रायोजक, प्रायोजक तथा प्रवद्र्धक तय गर्ने, सचिवालय तथा उपसमिति गठन, अतिथि निमन्त्रणा, टिकट छपाई, आवश्यक कर्मचारी व्यवस्थापन देखि मञ्च तथा स्टल निर्माण, खानेपानी र विद्युत व्यवस्थापन लगायतका मूल समारोह समितिका संयोजक भरतकुमार श्रेष्ठले बताउनु भएको छ।
महोत्सवको मुख्य स्टेज, सचिवालय, २ सय २० वटा व्यापारिक स्टल, प्रवेशद्वार, लण्डन ब्रिज र वाल उद्यानका संरचनाहरु निर्माणकार्य भईरहेको छ। संरचनागत हिसाबले अन्य महोत्सव भन्दा फरक यसपटक लण्डन ब्रिज निर्माण हुने भएको छ।
त्यसैगरी मस्र्याङ्दी नदीमा र्याफ्टिङ गराउनुका साथै हेलिकोप्टर उडान मार्फत् जिल्लाका पर्यटकीय स्थलहरुक अवलोकन गराउने साथै महोत्सवकै अवसरमा संघले कोसेली घर सञ्चालन गर्ने तयारी गरिरहेको छ।
जिल्लाको स्थानीय व्यापार व्यवसाय सँगै कृषि, पर्यटन, जडीबुटी, हस्तकला, लोक कला, संस्कृति प्रवद्र्धन, स्थानीय प्रतिभा पहिचान गर्नुक साथै, कृषि, पशुपंक्षी, हस्तकला प्रदर्शनी, होमस्टे तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। महोत्सवमा झण्डै डेढलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।










