
लमजुङको दुधपोखरी गाउँपालिका–६ भिरकुनामा ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो करिब ३ः२५ बजे पिरिन्चेडाँडाबाट भिरकुनातर्फ जाँदै गरेको लु १ त ७०३ नम्बरको ढुंगा लोड गरिएको ट्रयाक्टर ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेको हो।
दुर्घटनामा दुधपोखरी गाउँपालिका–६ ओखरीका २५ वर्षीय चालक दलबहादुर नेपाली र सुन्दरबजार नगरपालिका–७ सहकालेका १८ वर्षीय सहचालक सुगम गुरुङ घाइते भएका छन्।
प्रहरीका अनुसार चालक नेपालीको शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनको अवस्था गम्भीर छ। सहचालक गुरुङको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ।
घाइते दुवैलाई उपचारका लागि प्रदेश अस्पताल बेँसीशहर पठाइएको जिल्ला प्रहरीले कार्यलय लमजुङले जनाएको छ।









