
आगामी फागुन २१ गते हुने प्रतिनिधी सभाको चुनावका लागि लमजुङमा १२ वटा दलहरुले उमेदवारी मनोनयन दर्ता गराएका छन् । सोमबार जिल्लाको बेसीशहरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर दलहरुले आफ्नो उमेदवारको नाम दर्ता गराएका हुन् ।

लमजुङ जिल्लाबाट प्रतिनिधी सभा चुनावको लागि नेपाली काँग्रेसबाट गमप्रसाद गुरुङ, नेकपा एमाले पृथ्वीसुब्बा गुरुङ नेपाली कम्युनिस्ट पार्टीबाट हरिजङ तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ई. धर्म केसीको उमेदवारी दर्ता गरिएको छ ।

त्यस्तैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविन्द्रजंङ गुरुङ, रिपब्लिक पार्टीबाट भरत गुरुङ, नेमकिपाबाट गुजेश्वरी प्रजापती मगजु, नेसनल मङ्गोल अर्जनाइजेसन पार्टीबाट विकास गुरुङ, श्रम संस्कृति पार्टीबाट कोषलाल गुरुङ, जनादेश पार्टीबाट मिलन बास्कोटा, नेकपा माओवादीबट रविन्द्र नखोला र एक जना सन्तोष घिमिरेले स्वतन्त्र उमेदवारी दिएका छन ।

मुख्य दलहरुका लागि दिउँसो १२.३० बजेबाट सुरु गरिएको उमेदवार दर्ता कार्यक्रम साँझ ५ बजे सम्म समय तोकिएका थियो । उमेदवार दर्ताको लागि नाराजुलुस लगाउँदै उमेदवारको साथमा बाग्लो नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।









