
सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ ।
भदौ २३ र २४ जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।
सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । कतिपय युवाहरुको शव उनीहरुकै जिल्लामा पु¥याइएको छ ।
भ्रष्टाचारविरुद्ध भएको आन्दोलनमा भदौ २३ गते १९ जना र उपचारको क्रममा अहिलेसम्म कम्तिमा ७२ जना युवाको मृत्यु भएको छ ।









