लमजुङमा जेनजीको विरोधमा सबै नागरिकको सहभागिता, (फोटो सहित)

-


     नयाँ दीप    
     भाद्र २४ गते २०८२ मा प्रकाशित


लमजुङ जिल्लामा मगंलबार जेन्जीद्धारा आयोजना गरिएको विरोध प्रर्दशनमा हजारौंको सहभागिता रहेको छ । बेसीशहरको भिमसेनस्थान चोकबाट सुरु भएको विरोध जुलुस मनाङे चौतारा हुँदै सेराचोकमा पुगेर प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाइएको थियो ।


आन्दोलन जेन्जीको भनिएपनि बेसीशहरका युवाप्रौढ देखि बालबालिका समेत स्वतस्र्फत रुपमा प्राय सवै नागरिकहरु विरोध जुलुसमा सहभागि भएका थिए । सेराचोकमा विरोधको समापन गरिएपनि आक्रोशित भिड फेरी बेसीशहर नगरपालिकाको भवन अगाडी हुँदै जिल्ला प्रशासन चोकमा पुगेर व्यापक नाराबाजी गरेका थिए ।


भदौ २३ गते सोमबार काठमाडौंमा भएको जेन्सीको विरोध प्रर्दशनीमा १९ जना बालबालिकालाई प्रहरीले गोली हानी हत्या गरेपछि सारा नेपाली आक्रोशित बनेका छन् । विरोध प्रर्दशनीमा मगंलबार ३ सय ५० भन्दा धेरै धाइते भएका छन् । जेन्जीको विरोध कार्यक्रम भनिएपनि देशभरका सबै नेपाली नागरिक परिवर्तनको लागि जुरमुराएका छन् ।