प्याब्सन लमजुङको अध्यक्षमा ईश्वर पौडेल विजयी

-


     सृजना बराल    
     पौष २५ गते २०८१ मा प्रकाशित


निजी तथा आवासिय विद्यलालय अर्जनाईजेसन (प्याब्सन) लमजुङको अध्यक्षमा ल्याण्डस्टार बोर्डिङ स्कुल बेसीशहरका प्रिन्सिपल ईश्वर पौडेल विजयी हुनु भएको छ ।

विहिबार बेसीशहरमा भएको प्याब्सनको १२ औं अधिवेसनले पौडेलको संयोजकत्वमा ११ सदस्यिय कार्य समिति सर्वसम्वत रुपमा चयन गरेको हो ।

अध्यक्ष ईश्वर पौडेल

नवगठित कार्य समितिको उपाध्यक्षमा यूनिभर्सल बोडिङ स्कुलका प्रिन्सिपल बिमल अधिकारी, सचिवमा भूपू सैनिक बोर्डिङका प्रिन्सिपल बिनोद गुरुङ, कोषाध्यक्षमा हिमचुली बोर्डिङका रामचन्द्र भण्डारी चयन हुनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा अर्थली प्याराडाइज बोर्डिङका प्रिन्सिपल उद्दब घिमिरे, प्रमोद अधिकारी, सागर चुडाल, मोहन बहादुर रावत, रमिला गुरुङ, सैलेन्द्रलाल श्रेष्ठ र किरण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सल्लाहकार कार्यसमितिको बैठकबाट पछि २ जना आमन्त्रित सदस्य थप गरिने नवनिर्वाचित अध्यक्ष पौडेलले बताउनुभयो ।

प्याब्सन लमजुङको १२ औं अधिवेसनको उद्घाटन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभएको हो ।