
फ्युचर स्टार माध्यमिक विद्यालयको वार्षिक उत्सव अवसरमा विविध खेलकुद कार्यक्रम आयोजना गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ सिउँडीबारमा रहेको फ्युचर स्टार आवासिय माविको ३१ औं वार्षिक उत्सव तथा २९ औं अभिभावक दिवशको अवसरमा छात्रा भलिवल तथा छात्र बास्केटबल प्रतियोगिताको आयोजन गरिएको हो ।

४ टिम सहभागि भएको बास्केटबल प्रतियोगितामा ग्लोवल भिजन बोर्डिङ स्कुल भोटेओडार फुलबारी प्रथम भएको छ । त्यस्तैगरी छात्रा भलिबल प्रतियोगितामा कालिका माध्यमिक विद्यालय तनहुँ प्रथम भएको छ भने भक्ति नमुना मावि भोटओडार द्धितीय भएको छ । भलिबल प्रतियोगितामा सुन्दरबजारका विभिन्न विद्यालयका ६ टिम सहभागि भएका थिए ।
फ्युचर स्टार मा.वि का व्यवस्थापक एवं प्रशासक बाबुराम पौडेलले खेलाडीहरुलाई बल हस्तान्तरण गरेर खेलकुद कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । विजेता खेलाडीहरुलाई विद्यालयको विहिबाार हुने औपचारिक कार्यक्रममा पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।