अध्यादेशबाट बन्देज लगाएर सहकारी ध्वस्त बनाउने सरकारको खेल होः कमला गिरी

-


     सृजना बराल     
     पौष १९ गते २०८१ मा प्रकाशित


लमजुङ वचत तथा ऋण सहकारी संघको २४ औं साधारण सभा बेसीशहरमा सम्पन्न भएको छ ।
सघंका अध्यक्ष महेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक समितिका सदस्य कमला गिरी रहनुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि गिरीले सुरक्षाका लागि प्रत्येक सहकारीहरु स्तरीकरण कार्यक्रम सञ्चालन गर्ने र सहभागी हुने साथै स्थिरीकरण कोषमा आवद्ध हुनुपर्ने बताउनुभयोे । सरकारले हालै मात्रै ल्याएको सहकारी अध्यादेशको एक दुई बुँदा मात्रै राम्रो भएको र धेरै कुरामा बन्देज लगाएको भन्दै यस्तो अध्यादेशबाट सहकारीलाई बन्देज लगाएर सहकारी ध्वस्त बनाउने सरकारको खेल भएको बताउनुभयो ।

समस्या आएका सहकारीहरुमा प्राय जसो ठूला दलका नेताहरुले नै धेरै बदमासी गरेका छन् भन्दै त्यस्ता नेतालाई पार्टीले संरक्षण गरेका कारण पनि समस्याको समाधान हुन कठिन भएको गिरीको भनाई थियो । दिनप्रतिदिन सहकारीहरु समस्याग्रस्त भएको खबरहरु आउने गरेको र गल्ती गर्ने व्यक्तिले सजाँय पनि पाउनुपर्ने भन्दै समस्यामा परेका सहकारीहरुलाई साथ र सहयोग गर्नका लागि माथिल्लो निकाय हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका विषेश अतिथि कफि व्यवसायी संघका अध्यक्ष विश्व प्रसाद अधिकारी, नेफ्स्कुनका लमजुङका फिल्ड प्रमुख सन्देश घिमिरे, सरोज दनाई, राधा श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका उपाध्यक्ष योगेश घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने महिला उपाध्यक्ष लक्ष्मी देवि अधिकारीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाको बार्षिक प्रगती प्रतिवेदन अध्यक्ष महेन्द्र लाल श्रेष्ठ, आर्थिक प्रतिवेदन उमाकान्तत आचार्य र लेखा प्रतिवेदन माधव न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण संघका सचिव रामजी कडेंलले गर्नुभएको थियो ।