
विहिबार भएको त्रिवेणी कपमा आयोजक त्रिवेणी युवाक्लव बेसीशहर र बुद्ध युथ क्लव (वि.वाई.सि) भोटेओडार लमजुङ त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आजको खेलमा अभिषेक चर्च रजहरलाई शुन्यका विरुद्ध ६ गोलको फराकिलो गोल अन्तरले हराउँदै आयोजक त्रिवेणी युवाक्लवले सेमिफाइनलको यात्रा तय गरेको हो ।
घरेलु मैदानमा निकै उत्साहक साथ उत्रिएको त्रिवेणी युवाक्लवका मिलन राईले खेलको ४२ औं मिनेटमा गोल हान्न सुरु गरेका थिए । त्यसपछि सुनिल खड्का र रामचन्द्र माझीले लगातार २⁄२ गोल, निशान्त लिम्बुले १ गोल गरेपछि त्रिवेणी युवाक्लव सेमिफाइनलमा पुगेको हो ।
त्यस्तैगरी खेलको दोस्रो खेलमा बुद्ध युथ क्लव (वि.वाई.सि) भोटेओडार लमजुङले शुन्यका विरुद्ध १ गोलले त्रिभुवन आर्मी फुटवल क्लवलाई हराउँदै वि.वाई.सि भोटेओडार त्रिवेणी कपको सेमिफाइनमा पुगेको हो ।
खेलको सुरुवातको १५ औं मिनेटमा बुद्ध युथ क्लव बि.वाई. सी भोटेओडारका खेलाडी सन्त बहादुर गुरुङ कान्छाले गरेको १ गोल नै सेमिफाइनलमा पुग्ने निर्णायक गोल बन्न पुग्यो ।
आजको खेलको विजेता क्लव आयोजक त्रिवेणी युवाक्कलव खेलाडी सुनिल खड्का बुद्ध युथ क्लव भोटओडारका विदेशी खेलाडी बोटिङ म्यान अफ द म्याच घोषित भई रु ५⁄५ हजार प्राप्त गरेका छन् ।
यस अघि हिजो भएको खेलमा ए.पि.एफ फुटवल क्लव काठमाडौं र टोखा भगवती क्लव काठमाडौं त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
सेमिफाइनलमा शुक्रबार आयोजक त्रिवेणी युवाक्लव बेसीशहर लमजुङ र विभागिय टिम ए.पि.एफ. फुटवल क्लव काठमाडौं र टोखा भगवती क्लव काठमाडौं र बुद्ध युथ क्लव भोटेओडार लमजुङ विच हुने छ ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कपमा पहिलो हुनले टिमले १२ लाख रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगितामा उपविजेता (दोस्रो पुरस्कार) लाई ६ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सेमीफाइनलमा पुगेर पराजित २ टीमलाई २⁄२ लाख रुपैयाँ दिइने भएको छ ।
अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५⁄२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्रिवेणी युवा क्लबको आयोजना भयको प्रतियोगितामा १६ टिम सहभागी भएका छन् ।