कवयत्री कमला घिमिरे अधिकारीद्धारा रचित बालगीतको म्युजिक भिडियो सार्वजनिक

-


     नयाँ दीप    
     श्रावण २५ गते २०८० मा प्रकाशित


शिक्षा क्षेत्रमा सक्रिय लमजुङ घर भई काठमाडौ निवासी कमला घिमिरे अधिकारीद्धारा रचना गरिएको बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बालबालिकालाई लक्षित गरी रचना गरिएको बालगित मेरो प्यारो साथी सबैभन्दा माथि गीतको म्युजिक भिडियो निर्माण गरिएको हो ।
बालबालिकालाई गीतको माध्यमबाटै एकआपसमा मिलेर पढ्नुपर्ने, सगँै गृहकार्य गर्नुपर्ने, मिलेर खेल्नुपर्ने साथै एक आपसमा सहयोगको आदानप्रदान गर्ने र सधै असल काम गर्नुपर्ने कुरा सकाउन खोजिएको रचनाकार घिमिरेले बताउनुभयो ।
साहित्यमा निकै रुची राख्ने घिमिरे काठमाडौं टोखामा रहेको हनी बि स्कुुलका प्रिन्सिपल हुनुहुन्छ । घिमिरेका यस अधि महको महलमा हाइकु सङ्ग्रह, मामाघर बालकविता र रश्मी मुक्त सङ्ग्रह प्रकाशित भै सकेका छन् भने थुप्रौ फूटकर कविता तथा मुक्तकहरु प्रकाशित छन् ।