स्वास्थ्य

आदिवासी दिवसमा अस्पतालका विरामीलार्ई फलफूल वितरण

२९ औं विश्व आदिवासी दिवसका अवसरमा लमजुङ अस्पताल लमजुङका विरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् लमजुङको आयोजनामा बुधवार फलफूल वितरण गरिएको हो । लमजुङ अस्पतालमा विरामी भएर भर्ना भएका प्रसुती गृहदेखि वार्डसम्मका ५० जना विरामीलाई फलफूल वितरण गरिएको हो । आदिवासी दिवस र फलफूल वितरण कार्यक्रमका बारेमा मन्तव्य दिँदै महासंघ लमजुङका अध्यक्ष हरिजंग तामाङले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु आदिवासी भएकाले एसियामा आदिवासी जनजाती अगाडि देखिएको बताउनुभयो । युरोप अमेरिका आफुलाई विकसित देश भन्छन्… पुरा पढौ

लमजुङको मध्यनेपाल नगरपालिकाको नेटामा बर्थिङ सेन्टर स्थापना, सुरक्षित सुत्केरी गराउन सहज

लमजुङको मध्यनेपाल नगरपालिका वडा नं १० नेटामा बर्थिङ सेन्टरको स्थापना गरिएको छ । गाउँमै सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन बर्थिङ सेन्टरको स्थापना गरिएको हो । गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएसँगै नेटा तथा थानसिङवासीलाई सुरक्षित प्रसुति गराउन सदरमुकाम बेसीशहर, सुन्दरबजार वा रामबजार जानुपर्ने बाध्यता हटेको मध्यनेपाल नरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताएका छन् ।निर्माण कार्य सम्पन्न भई एक समारोहका विच बर्थिङ सेण्टरको मध्य नेपालका नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले उद्घाटन गरेका छन् । सेन्टरमा अहेब, अनमि तथा नर्सिङ स्टाफसमेत गरी ५ जना स्वास्थ्यकर्मीको… पुरा पढौ

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गो रोगका लक्षण र बच्ने उपाहहरु

यो एक प्रकारको भाईरल रोग हो।एडिस एजिप्टी नामक लाम्खुट्टेले यो रोग सार्दछ। डेङ्गुका लक्षणहरु सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने,ज्वरो आउने, रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ । त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु देखा पर्छन । शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ । साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ । तीन दिनको ज्वरोको चरण पार… पुरा पढौ

आँखा पाक्ने समस्या र बच्ने उपाय

आँखा हाम्रो शरिरको महत्वपूर्ण र संवेदनशील अङ्ग हो । यतिबेला देशका विभिन्न जिल्लामा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको बताइएको छ । तिलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा. सिर्जना अधिकारीले भाइरल इन्फेक्सन र ब्याक्टेरियाका कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताएकी छन् । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको उनको भनाइ छ । आँखा पाक्ने ब्याक्टेरियाको कारणले… पुरा पढौ

डण्डिफोर निचोर्ने बानीले गर्छ हानी

मानिसले नचाहेरै पनि बेला बेला डण्डिफोर आएकै हुन्छ ।  कसैलाई कुनै कुनै समय आउँछ त कतिपयलाई डण्डिफोरले असाध्यै सताएको पाईन्छ । डण्डिफोर आउँनासाथ निचोर्ने हामी मध्ये कतिपयको बानी हुन्छ । तर, डण्डिफोर निचोर्न भने हुँदैन् । यसरी डण्डिफोर निचोर्दा छालामा विभिन्न खाले समस्याहरु देखिन्छन् ।  युवावस्थामा विश्वभरीका ८०५ भन्दा धेरैले डण्डिफोरको पीडा सहनु पर्ने एक अध्ययनले देखाएको छ । प्रौढ अवस्थामा पनि एण्ड्रोजेन नामक हरमोनमा असन्तुलन भै डण्डिफोरले सताउँन सक्छ । पछिल्लो समय डण्डिफोरको बारेमा थुप्रै अनुसन्धानहरू भैरहेका छन् ।… पुरा पढौ

महिनावारीमा देखिने समस्या र समाधानका उपायहरु

महिनावारी भनेको के हो ?महिनावारी भनेको महिलाहरुको मासिक धर्म-चक्रको क्रमशः बन्द हुने प्रक्रियाको शुरुवात हो । यो कुनै बिमार (रोग) होइन । बरु यसलाई एउटा नयाँ र भरिपूर्ण जीवनको शुरुवात भन्न उपयुक्त हुन्छ । यहाँ बुझ्नु पर्ने कुरा के हो भने महिलाहरुमा महिनावारीका लक्षणहरु भिन्नभिन्न रुपमा देखा पर्न सक्छ ।सबै महिलाहरुलाई एउटै रुपमा महिनावारीका लक्षणहरु नदेखिन सक्छन्, जसलाई उनको स्वास्थ्य अवस्था, पारिवारिक, आर्थिक र सामाजिक परिवेशले पनि केही न केही रुपले प्रभाव पारेको हुन सक्छ ।पचास वर्षको सेरोफेरोमा महिलाहरुको डिम्बग्रन्थी… पुरा पढौ

व्यायामको महत्व किन छ ?

व्यायामले शरीरमा रोगप्रतिरोधक क्षमता राम्रो बनाउँछ । कम्युनिकेबल र नन कम्युनिकेबल डिजिज दुवैमा रोगसँग लड्ने क्षमता बढ्ने भएकाले फिजिकल एक्टिभिटीलाई प्राथमिकतामा राख्नुपर्छ ।  मसल्स सुकेर जाने, मसल्सको असन्तुलन, मसल्स टाइट भएर अप्ठ्यारोका लागि फिजिकल व्यायामले सुधार गर्छ ।  बन्दाबन्दीका कारण धेरै व्यवसाय, अफिसले वर्क फ्रम होमको वातावरणमा काम गरिरहेका छन् । घरबाट काम गर्दा पनि आफ्नो शारीरिक स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ ।  अफिसमा काम गर्दा ढाड सिधा राखेर कुर्सीमा बसेर गरिन्छ । ८ घन्टा काम गर्दा पनि त्यति गाह्रो हुँदैन… पुरा पढौ

बदलिँदो जीवनशैलीमा स्तन क्यान्सर

बदलिँदो जीवनशैली, खानपान तथा व्यस्त दिनचर्याले पछिल्लो समय मानिसको जीवन बदलिएको छ । सँगसँगै विभिन्न रोग झाँगिदै गएका छन् । तिनैमध्ये स्तन क्यान्सर प्रमुख रोगका रूपमा देखिएको छ । यसो त स्तन क्यान्सरको कुनै ठोस कारण छैन । कसैलाई वंशानुगत पनि हुनसक्छ । कतिपयलाई यसै पनि यो रोग लागेको पाइन्छ । परिवारमा हजुरआमा, आमा, दिदीबहिनी कसैलाई स्तन क्यान्सर भएको छ भने अन्यमा यसको जोखिम उच्च हुन्छ । ‘बीआरसीए–वान’ र ‘बीआरसीए–टु’ जीन (स्तन क्यान्सर) को उत्परिवर्तनका साथै सक्रियताका बढ्दै गयो भने ४५ देखि ६५ प्रतिशत स्तन क्यान्सरको विकास… पुरा पढौ

जिल्ला अस्पताल लमजुङमा निशुल्क डायलाइसिस सेवा सुरु

२०८० साउन १७जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा सुरु भएपछि मृगौला राेगिहरुलाइ सहज भएको छ । बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन लमजुङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरियकाे हाे ।। गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल लमजुङमा गत फागुनबाट नियमित रुपमा डायलाइसिस सेवा सुरु गरिएको छ ।अस्पतालमा अहिले ७ वटा मेसिनबाट नियमित रुपमा डायलसिस गर्ने १४ जना पुरुष र ११ जना महिला गरि २५ जना रहेका छन् । विरामि मध्ये १५ वर्ष उमेर देखि ७०… पुरा पढौ

प्रदेश सरकार बनेपछि मुस्ताङ मा संभव भयो शल्यकृया सहितको प्रसुती सेवा

मुस्ताङ । गण्डकी प्रदेश सरकार अन्र्तगत सञ्चालित मुस्ताङ जिल्ला अस्पतालमा शल्यक्रिया सहित प्रसुती सेवा शुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पहिलोपटक शल्यकृया शुरु भएपछि त्यहाँका नागरीकले हेलीकप्टर बाट सुत्केरी हुने महिला अन्यत्र लैजान नपर्ने भएको हो । डा. कुन्दन कर्ण, डा बिशाल तिवारी, डा राजिव सापकोटा, स्टाफ नर्श निता घर्ती मगर, सुनिता श्रीमल र कार्यालय सहयोगी सनिलाल परियार लगायतको टोलीले अस्पतलामा पहिलो पटक सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो । शल्यकृया गरिएको आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको… पुरा पढौ