लमजुङको मध्यनेपाल नगरपालिकाको नेटामा बर्थिङ सेन्टर स्थापना, सुरक्षित सुत्केरी गराउन सहज

-


     नयाँ दीप    
     श्रावण २३ गते २०८० मा प्रकाशित


लमजुङको मध्यनेपाल नगरपालिका वडा नं १० नेटामा बर्थिङ सेन्टरको स्थापना गरिएको छ । गाउँमै सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन बर्थिङ सेन्टरको स्थापना गरिएको हो ।

गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएसँगै नेटा तथा थानसिङवासीलाई सुरक्षित प्रसुति गराउन सदरमुकाम बेसीशहर, सुन्दरबजार वा रामबजार जानुपर्ने बाध्यता हटेको मध्यनेपाल नरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताएका छन् ।
निर्माण कार्य सम्पन्न भई एक समारोहका विच बर्थिङ सेण्टरको मध्य नेपालका नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले उद्घाटन गरेका छन् ।

सेन्टरमा अहेब, अनमि तथा नर्सिङ स्टाफसमेत गरी ५ जना स्वास्थ्यकर्मीको ब्यवस्था मिलाइएको छ । बर्थिङ सेण्टरमा गर्भवती महिलालाई चेकजाँच गर्ने, सुरक्षित सुत्केरी गराउने र केही समस्या भई सुरक्षित सुत्केरी गर्न नसकिने अवस्थामा नगरप्रमुख आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुरक्षित स्थानमा रिफर गरिने र त्यहाँसम्म सुत्केरीलाइ लैजान स्वास्थ्यकर्मीसहित निःशुल्क एम्बुलेन्सको ब्यवस्था मिलाइने वडा नं १० वडाध्यक्ष रामचन्द्र भण्डारीले बताएका छन् । यो संगै मध्यनेपाल नगरपालिकाका १० मध्ये ८ वटा वडामा बर्थिङ बर्थिङ सेण्टर स्थापना भएका छन् ।

सोहि अवसरमा मध्यनेपाल नगरपालिकाले नेटा स्वास्थ्य चौकीलाइ एम्बुलेन्स हस्तान्तरण समेत गरेको छ । मेयर पाण्डेले गरिब, निमुखा तथा बेबारिसे बिरामीहरूका लागि एम्बुलेन्स सेवा निःशुल्क हुने बताएका छन् ।