गण्डकी सेरोफेरो

खुल्ला मुल तथा धाराको पानी सिधै पिउन सुरक्षित नहुने, परीक्षणका क्रममा ७५ प्रतिशतमा इकोली फेला

जमिनबाट सिधै मुल वा धारामा निस्किएको पानी देख्यौं भने हामीलाई त्यो शुद्ध लाग्छ । तर लमजुङका अधिकाशं त्यस्ता मुल वा धाराबाट निस्किएका पानीका स्रोतहरुमा इकोली भेटिएको छ । इकोली भनेको मानव वा तातो रगत हुने जनावरको दिसामा हुने एक प्रकारको विषाणु हो । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले जिल्लाका विभिन्न ठाउँको पानी परीक्षणका क्रममा यस्तो फेला पारेको हो । कार्यालयले जिल्लाका विभिन्न पालिकाका खानेपानी, मुल, कुवा, धारा गरी १ सय २९ स्रोतका खानेपानी परीक्षण गरेकोमा ८६ वटा स्रोतमा इकोली ग्रोथ भएको… पुरा पढौ

लमजुङ अस्पतालमा चिराफारा नगरीकन पाठेघरको सफल अप्रेशन

लमजुङ अस्पताल सरकारले लिएर सञ्चालन गर्न थालेको एक वर्ष पनि वितेको छैन तर एकपछि अर्को सफलता हासिल गर्दै गैरहेको छ । गतहप्ता दुखाई रहित प्रजनन् सेवा सफलता पूर्वक प्रदान गरेको थियो । फेरि बुधवार लमजुङ जिल्लाको उपचार सेवामा अर्को रेकर्ड तोडेको छ । सुन्दरबजार नगरपालिका वडा नं. १० धुसेनी निवासी ७४ वर्षीय तिलकुमारी कोइरालाको पाठेघरको अप्रेशन भयो । तर विगतको जस्तो चिराफारा नगरीकन अप्रेशन सफल भएको हो । अप्रेशन योनीबाट नै पाठेघर निकाल्ले विधि जसलाई मेडिकल भाषामा युटेरो भजाइनल हिस्टेरेक्टो… पुरा पढौ

हिमाली जिल्ला मनाङमा स्याउ टिप्ने सिजन सुरु

मनाङ – हिमाली जिल्ला मनाङका किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् । मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासोँ गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताउनुभयो । ‘केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ’,… पुरा पढौ

बेसीशहरको एक घरबाट १२ तोला सुन चोरी

प्रमिशा विक, नयाँ दीप / लमजुङ सदरमुकाम बेसीशहर स्थित एक घरबाट करिब १२ तोला सुनका गरगहना चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयबाट करिब डेढ सय मिटर दूरीको घरबाट उक्त गरगहना चोरी भएको हो । बेसीशहर नगरपालिका ८, ठाडोलाइन नजिकै बालकुमारी घिमिरेको घरबाट सुनका गरगहना चोरी भएको बताइएको छ ।प्रहरीका अनुसार रानीहार ३ तोला ५० लाल बराबरको १ थान, औंठी र टप रानीहारकै सेट १ तोलाको २ थान, मिनीहार १ तोला १५ लाल बराबरको १ थान, सिख्री १ तोला ५०… पुरा पढौ

लमजुङ जिल्ला अदालतमा धेरै सम्बन्ध बिच्छेदका मुद्दा दर्ता, अदालतमा दुई बर्ष नाघेका मुद्दा शुन्य

लमजुङ जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध बिच्छेद मुद्दा दर्ता भएका छन । अदालतको बार्षिक कार्य सम्पादनको तथ्याङ्क हेर्दा आर्थिक बर्ष २०७९/०८० मा सम्बन्ध विच्छेद मुद्दाको मात्रै लगत ३ सय ३८ रहेको छ । सम्बन्ध बिच्छेदका मुद्दा ३ सय ३८ मध्ये २ सय ७४ फैसला भई ७४ थान यस आर्थिक बर्षको लागि जिम्वेवारी सरेको छ । आ.ब. २०७८/०७९ मा सम्बन्ध बिच्छेदका मुद्दाको लगत ३ सय ३२ रहेको थियो । जिल्लामा हरेक बर्ष सम्बन्ध बिच्छेदका मुद्दा बढ्दो क्रममा दर्ता भइ रहेको अदालतको… पुरा पढौ

लमजुङमा आँखा पाक्ने रोग तिब्र फैलिदै, अहिलेसम्म २ हजार ७ सय ३३ जना संक्रमित

विगत केहि दिन यता लमजुङमा पनि आँखा पाक्ने रोग तिब्र रुपमा फैलिएको छ । जिल्लाका ८ वटै पालिकामा गरी २ हजार ७ सय ३३ जना आँखा पाक्ने रोगको संक्रमणबाट ग्रसित भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार मगंलबार सम्म सवै भन्दा धेरै सुन्दरबजार नगरपालिकामा ९ सय १२, मध्यनेपाल नगरपालिकामा ४ सय ५७, राइनास नगरपालिकामा ४ सय ८ बेसीशहर नगरपालिकामा २ सय ५०, मस्र्याङदी गाउँपालिकामा ५ सय ३५, दोर्दी गाउपालिकामा ९३ जना, क्होलासोथारमा ५३ जना र दुधपोखरी गाउँपालिकामा २५ जनामा… पुरा पढौ

लमजुङमा कार्यरत पाँचैजना इन्सपेक्टरको एकैपटक सरुवा

लमजुङमा कार्यरत पाँच जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को एकैपटक सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले गरेको सरुवामा लमजुङमा कार्यरत ५ जना प्रहरी निरीक्षक पनि सरुवामा परेका हुन् । नेपालभर मंगलबार ९ सय ५८ जना प्रहरी निरीक्षकलाई सरुवा गरेकोको सूचि सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय लमजुङको मावन स्रोत व्यवस्थापन शाखामा कार्यरत प्रहरी निरीक्षक जगदिश रेग्मीको पर्यटक प्रहरी कार्यालय बैदाम पोखरामा सरुवा भएको छ । यसअघि जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण… पुरा पढौ

शिक्षा ऐनको विरोधमा शिक्षक महासंघद्धारा शिक्षा समन्वय इकाईमा धर्ना

प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको शिक्षक महासंघले शिक्षा समन्वय इकाईमा धर्ना दिएको छ । शिक्षा विधेयक विरुद्ध महासंघको देशव्यापी विरोध कार्यक्रम अन्र्तगत मंगलवार लमजुङमा शिक्षक महासंघको अगुवाईमा शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका हुन् । मंगलबार बिहान ११ बजेबाट २ बजेसम्म शिक्षा इकाई धर्ना दिइएको नेपाल शिक्षक महासंघ लमजुङका अध्यक्ष तिर्थराज न्यौपानेले बताउनुभयो । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीकोे हित विपरित शिक्षा ऐन लागु गर्न लागेको भन्दै शिक्षक महासंघ लमजुङले… पुरा पढौ

आँखा पाक्ने समस्या बढेपछी बेसीशहरका विद्यालय बन्द

प्रमिशा बिक,लमजुङ अधिकाशं बालबालिकामा आँखा पाक्ने समस्या बढेपछी लमजुङका विद्यालय बन्द गरिएको छ । बेसिशहर नगरपालिकाको बेसीशहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजि तथा सरकारी विद्यालय ३ दिनको लागि बन्द गरिएको हो । आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिएको हो । ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि बेसीशहर नगरापालिका शिक्षा शाखाकाले एक सुचना जारी गर्दै विद्यालय बन्दको गर्न आह्वान गरेका हुन् । सोमबारसम्म धेरै विद्यार्थीमा… पुरा पढौ

पछिल्लो सयम लमजुङमा महिला उद्यमी बढ्दै,

लमजुङ जिल्लामा यो वर्ष २ सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन् ।दर्ता मध्ये १ सय ५१ महिला उद्यमीको नाममा उद्योग दर्ता भएका छन् भने १ सय ४० जना पुरुष उद्यमीको नाममा उद्योग दर्ता भएको छ । बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा उद्योग,व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढिरहेकाले नयाँ उद्योग दर्ता पनि बढेको पर्यटन तथा… पुरा पढौ