
लमजुङमा कार्यरत पाँच जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को एकैपटक सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले गरेको सरुवामा लमजुङमा कार्यरत ५ जना प्रहरी निरीक्षक पनि सरुवामा परेका हुन् ।
नेपालभर मंगलबार ९ सय ५८ जना प्रहरी निरीक्षकलाई सरुवा गरेकोको सूचि सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय लमजुङको मावन स्रोत व्यवस्थापन शाखामा कार्यरत प्रहरी निरीक्षक जगदिश रेग्मीको पर्यटक प्रहरी कार्यालय बैदाम पोखरामा सरुवा भएको छ । यसअघि जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत रही काजमा रहेका विष्णु विकलाई साइबर ब्युरो साइबर अन्तराष्ट्रिय समन्वय शाखा भोटाहिटी काठमाडौंमा सरुवा गरिएको छ । उहाँको ठाउँमा काज सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीलाई प्रहरी प्रदेश कार्यालय पोलिग्राफ इकाई सुर्खेत नेपालगञ्ज बाँकेमा सरुवा गरिएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय बिचौरमा रहेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठ प्रहरी बृत्त कीर्तिपुर काठमाडौं अपराध नियन्त्रण शाखामा सरुवा भएका छन् । इलाका प्रहरी कार्यालय भोटेओडारमा रहेका राजनप्रसाद तिम्सिनालाई प्रहरी बृत्त मालीगाउँ काठमाडौंमा सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय भोर्लेटारमा कार्यरत प्रहरी निरीक्षक लक्ष्मण पचभैयालाई इलाका प्रहरी कार्यालय सिमरा बारामा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले लमजुङमा कार्यरत ५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को एकैपटक सरुवा भएको बताउनुभयो ।