शिक्षा

बेसीशहरमा ‘एक चिहान’ नाटक मञ्चन

लमजुङ सदरमुकाम बेसीशहरमा मञ्जरी नाट्य समूह लमजुङ र पोखरा थिएटरको संयुक्त प्रस्तुतीमा ‘एक चिहान’ नाटक मञ्चन गरिएको छ । चर्चित उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानद्वारा लिखित कक्षा १२ को अनिवार्य नेपाली विषयमा समावेश गरिएको उपन्यास एक चिहानलाई नाटकिय रुपमा मञ्चन गरिएको हो । नाटक एक चिहान नेपाली समाजका गरिब किसान र मजदुरहरुको जीवनमा आधारित छ । वि.स २०११ सालतिरको निम्न वर्गीय जीवनको यथार्थलाई सो नाटकमा प्रस्तुत गरिएको छ । गरिबी, वाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत… पुरा पढौ

नेपालमा बालबालिकाको संख्या ९८ लाख ७० हजार, बालिकाको संख्या घट्ने क्रममा

काठमाण्डौ – नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ६९ हजार पाँच सय ८३ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनामध्ये बालक ५१ लाख १४ हजार पाँच सय पाँच र बालिका ४७ लाख ५५ हजार ७८ रहेको तथ्याङ्कमा उल्लेख छ । यो जन्मदेखि १८ वर्षसम्मको उमेर हो । यसमा बालकभन्दा बालिकाको सङ्ख्या तीन लाख ५९ हजार चार सय २७ ले कम छ । समग्रमा २०५८ देखि… पुरा पढौ

चिती साहित्य समाजको बोलबम यात्रा

बेसीशहर नगरपालिका वडा नं ११ रहेको चिती साहित्य समाजको आयोजना र त्रैलोकेश्वर मन्दिर व्यवस्थापन समितिको संयोजनमा बोलबम यात्रा कार्यक्रम गरिएको छ । महादेव पार्वतीको झाँकी सहित भक्तजनहरु तिलाहार सिद्धेश्वर मन्दिरबाट निस्केको यात्रा रामचोकमा त्रिवेणी धाममा रहेको त्रैलोक्यश्वर महादेवको मन्दिरमा पुजा अर्चना गरि समापन गरिएको हो । त्रैलोक्यश्वर मन्दिर व्यवस्थापन समिति अध्यक्ष प्रेमदत्त सेढाईले दुई नदी दोर्दी र गंगाको संगममा रहेको पवित्र स्थल त्रिवेणी धामलाई धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गरी सबैको आकर्षणको केन्द्र बनाउन समिति लागि परेकोले यसमा… पुरा पढौ

लमजुङका उत्सवले लिए देशकै पहिलो स्थान

लमजुङका उत्सव घिमिरे कक्षा १२ को परीक्षामा नेपाल प्रथम हुन सफल भएका छन् । बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसी स्थायी घर भई हाल दाङ घोराहीमा बसोबास गर्दै आएका घिमिरेले सोही ठाउँमा रहेको गोर्खा स्कुलबाट ३.९६ जिपिए प्राप्त गरी नेपाल प्रथम भएका हुन् । २०६० सालमा कामको शिलशिलामा दाङ पुगेका घिमिरे परिवारले आफ्ना बच्चाहरुलाई पनि सोही ठाउँका विद्यालयमा नै पढाउँदै आएका थिए । कक्षा १ मा भर्ना भएदेखि कहिल्यै पनि दोस्रो नभएको उत्सवकी आमा हिन्दु घिमिरेले बताउनुभयो । पढाईमा निकै… पुरा पढौ

बेसीशहर नगरपालिकाको निर्णय सच्चाउन शिक्षक संघको माग

नेपाल शिक्षक संघ लमजुङले बेसीशहर नगरपालिकाले शिक्षक प्रति गरेको निर्णयलाई सच्चाउन माग गरेको छ । आइतबार बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललाई ध्यानाकर्षण पत्र बुझाउँदै बेसीशहर ७ मा रहेको जनविकास माविका प्र.अ एकदेव घिमिरेलाई गरिएका भन्ने काज सरुवाको निर्णय सच्चाउन माग गरेको हो । नेपाल शिक्षक संघ लमजुङका अध्यक्ष सूर्यबहादुर के.सी र नेपाल शिक्षक संघ बेसीशहर नगर इकाइका अध्यक्ष एकदेव घिमिरेद्धारा हस्ताक्षरित पत्रमा बर्षे विदाको समयमा बद्नियत र पूर्वाग्राही भई जनविकास माविका प्र.अ एकदेव घिमिरेलाई प्र.अ बाट मुक्त गर्ने र काज… पुरा पढौ

साउने सोमबारमा शिव मन्दिरहरुमा भक्तजनको घुइचो

साउन महिना शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू,… पुरा पढौ

पहिरो पिडित बालकलाई १२ कक्षासम्म निःशुल्क शिक्षा र छात्रवृत्ति दिइने

लमजुङको क्व्होलसोंथार गाउँपालिका वडा नंं ३ बगुमका ११ बर्षका निरज गुरूङलाइ बेसीशहरको युनिभर्सल एकेडेमी बोर्डिङ स्कुलले कक्षा १२ सम्म निःशुल्क पढाउने भएको छ । गत असार ११ गते राती गएको पहिरोमा परी परिवार गुमाएर टुहुरो भएका गुरूङको १२ कक्षा सम्मको पढाईको जिम्वेवारी यूनिभर्सल एकेडेमीले लिएको हो । बेसीशहर नगरपालिका वडा नं ७ मा रहेको बोर्डिङका पूर्व अध्यक्ष एवं क्व्होलसोंथार गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर घलेले निरजलाई विद्यालयले १२ कक्षासम्म निःशुल्क पढाउने जानकारी गराएका हुन् । गाउँमै कक्षा ६ मा अध्ययन गरिरहेका… पुरा पढौ

बाढी र पहिरोमा परि एक महिनामा १ सय २४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २४ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ८… पुरा पढौ

सपना लुट्ने मान्छे

तिमीलाई के भनुँ म मेरो सपना लुट्ने मान्छेआँसुको भल बनेर आँखामा फुट्ने मान्छे । यात्राको बाटो रोजी मेरो साथ मागी मागीयात्रा सुरु गरेर बिचमा छुट्ने मान्छे । मोती हुन् तिम्रा आँसु नझार भन्दैम बाट मेरै हाँसो बिस्तारै थुत्ने मान्छे । तिम्रो मायाले पुग्छ, चाहिन्न अरु केहीभन्दै माया देखाई रुवाउन जुट्ने मान्छे । कुरा सुनी अरुको बहकाउमा आएरमाया म छटपटाउँदा पनि दिल दुखाई छुट्ने मान्छे । तिमीलाई के भनुँ म मेरो सपना लुट्ने मान्छे समिक्षा परियारकक्षा ९श्री यशोब्रह्म माध्यमिक विद्यालय, बेसीशहर… पुरा पढौ

जनविकास माविमा नयाँ नेतृत्व चयन

लमजुङ सदरमुकाम बेसीशहर वडा नं ७ मा रहेको जनविकास माध्यमिक विद्यालयको व्यवस्थापन समिमतिको अध्यक्षमा खुशीराम बराल निर्वाचित हुनुभएको छ । बुधबार विद्यालयमा भएको नवनिर्वाचित सदस्यहरु बैठकको बहुमतबाट अध्यक्षमा बराललाई चयन गरिएको हो ।त्यस्तै अभिभावक भेलाबाट सदस्यहरुमा कुमार विक, फुलकुमारी थापा, रिपुमर्दन केसी निर्वाचित हुनुभएको छ भने बेसीशहर नगरपालिकाबाट प्रतिनिधी बुद्धीसागर बराल, पदेन सदस्यमा वडा नं ७ का वडाध्यक्ष ऋषिराम बस्नेत र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक एकदेव घिमिरे रहनुभएको छ । व्यवस्थापन समितिको लागि शिक्षक प्रतिनिधी भने छनोट नभएको विद्यालयका शिक्षक… पुरा पढौ