अर्थतन्त्र

लमजुङमा सुटिङ गरिएको फिल्म ‘सतीदेवी’को पोस्टर सार्वजनिक

लमजुङको मध्यनेपाल नगरपालिकामा सुटिङ गरिएको फिल्म ‘सतीदेवी’को पोस्टर सार्वजनिक भएको छ ।मध्यनेपाल नगरपालिकाको वडा नं ५ सिसाघाटमा नारीप्रधान फिल्म सतीदेवी ८५ प्रतिशत छायाङ्कन गरिएको थियो । पोस्टरमा एक महिला पात्रलाई जुत्ताको मालासहित कालोमोसो दलेर गाउँलेले लखेटिरहेको देखिन्छ । भर्खरको उमेरकी यी गाउँले युवती त्रसित मनोविज्ञान सहित भागिरहेकी छिन् । उनको नियति के हुने हो, त्यसको सार फिल्मले नै भन्ला । पोस्टरमा देखिएकी कलाकार पछिल्लो छिमलकी व्यस्त अभिनेत्रीमध्ये पर्ने मलिका महत हुन् । मलिकालार्ई एकल महिलाको चरित्रमा पेश गरिएको छ ।… पुरा पढौ

बेसीशहरमा राष्ट्रपती रनिङ शिल्डको तयारी तिव्र

लमजुङको बेसिशहर नगरपालिकामा छैटौं राष्ट्रपती रनिङ शिल्डको तयारी सुरु गरिएको छ । यहि मंसिरको १४, १५ र १६ गते ३ दिनसम्म बेसीशहरमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरिएको हो । खेलकुदलाई व्यवस्थित, अनुशासित र मर्यादित बनाउन जनविकास मा.विका प्रधानाध्यापक एकदेव घिमिरेको संयोजकत्वमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन उपसमिति गठन गरिएको छ । सदस्यहरुमा भूपू बोर्डिङका प्रिन्सिपल विनोद गुरुङ, बुद्ध मेमोरियल बोर्डिङका प्रिन्सिपल मोहन बहादुर राउत, शिक्षक राजु राउत, बालकुमारी अधिकारी, नीलबहादुर गुरुङ, भरत बहादुर खड्का, बेसीशहर शिक्षा शाखाका प्राविधिक… पुरा पढौ

शैलपुत्री मा.वि स्वर्ण जयन्तीको तयारी

लमजुङको राइनास नगरापालिका वडा नं ६ धमिलीकुवामा रहेको शैलपुत्री मा.वि को स्वर्ण जयन्ती मनाउने कार्यक्रम तय गरिएको छ । सोमबार विद्यालयमा पत्रकार सम्मेलन गरि आगामी पुस २७ गते स्वर्ण जयन्ती मनाउने जानकारी गराइएको हो । विद्यालयका अध्यक्ष तुल्सीनारायण श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रचारप्रसार समितिका संयोजक गोपाल बहादुर नेपालीले कार्यक्रमलाई प्रभावकारी सफल बनाउन विभिन्न १३ वटा उपसमितिहरु गठन गरी विभिन्न कार्यक्रमहरु तय गरी काम अघि बढाईएको बताउनुभयो । साताब्यापी स्वर्ण जयन्तीमा विद्यालयले डेढ करोडको हाराहारीमा चन्दा संकलन गर्ने लक्ष्य… पुरा पढौ

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै, छठ मनाउने ठाउँ झकिझकाउ

आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । आज सप्तमी तिथि भए पनि भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद् डाक्टर वीरबहादुर महतोले जानकारी दिनुभयो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व… पुरा पढौ

१५ वर्षको उमेरमै बनाए सबैलाई चकित

लमजुङको बेसीशहर ३ का एक युवा आफैले बनाएको बग्गीमा सररर घुम्ने गर्छन् । हाल कक्षा १२ मा पढ्दै गरेका १८ वर्षका किरण अधिकारीले ३ पाङ्ग्रे बग्गी निमार्ण गरेका हुन् । घरमा केही सामान ल्याउनु पर्दा होस् वा तलमाथी गर्नुपर्दा त्यही बग्गीमा हिड्ने गर्दछन् । उनले आफू १५ वर्षको उमेर हुदाँ नै बग्गी निमार्ण गरेका बताए । उनले बग्गी निमार्ण गर्न आफूले बाबा आमाले खाजा खान दिएको पैसा बचाएर सामाग्री खरिद गरेका थिए । यसरी जम्मा गरेर उनले ११ हजार रुपैया… पुरा पढौ

आजदेखि नेपाल संवत् सुरु, अब सरकारी कागजपत्रमा समेत उल्लेख हुने

आजदेखि नेपाल संवत् ११४४ सुरु भएको छ । नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । नेपाल संवत् (नयाँ वर्ष )को उपलक्षमा लमजुङको सदरमुकाम बेसिशहरका नेवार समुदायले नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीसहितको सांस्कृतिक ¥याली निकालेका छन् । नेवारी पोषाकमा सजिएर मनाङे चौताराबाट सुरु भएको ¥याली फुलबारी मञ्चमा पुरेर सभामा परिणत भयको थियो । बेसीशहर नेवाः खलका अध्यक्ष बालचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल प्रमुख अतिथी… पुरा पढौ

लमजुङमा व्यावसायिक रूपमा फूलखेती गरिँदै

लमजुङमा पछिल्लो समय व्यावसायिक रूपमा फूलखेती गरिँदै आएको छ । फूलमाथिको परनिर्भरता हटाउन र आय आर्जन समेत हुने भएकाले लमजुङका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् । विगत १⁄२ वर्ष अघि सम्म बाहिरी जिल्लाका फूलहरु फाट्ट फुट्ट आउने गरेपनि यो वर्ष भने बजारी क्षेत्र सदरमुकाम बेसीशहर, भोटेओडार, सुन्दरबजार, खुदी लगायतका बजारहरुमा पर्याप्त मात्रामा फूल बिक्रीका लागि राखिएको छ । यो वर्ष बेच्न राखिएका प्लास्टिकका फूलका माला बेच्न बन्देज गरी प्रशासन कार्यालयले जफत गरेपछि बजारी क्षेत्रमा सयपत्री फूलको… पुरा पढौ

सामाजिक सद्भाव बिग्रेको भन्दै टिकटक बन्द गर्ने निर्णय

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय… पुरा पढौ

लक्ष्मीनारायण साकोसको ११ औ वार्षिक साधारण सभा सम्पन्न

लमजुङको बेसीशहरमा महिलाहरुद्धारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष सृजना बरालको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रदेशसभा सदस्य पार्वती तामाङले गर्नुभएको हो । २०६९ सालमा ४० जना शेयर सदस्यहरुबाट सुरु भएको लक्ष्मीनारायण सहकारी संस्थामा हाल १४ सय ७१ जना शेयर सदस्य पुगेको साकोसका अध्यक्ष सृजना बरालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उहाँका अनुसार जम्मा दुई लाख शेयर पुँजीबाट सुरु भएको साकोसको शेयर पुँजी वृद्धि भई हाल… पुरा पढौ

सुन्दरबजारका भूमिहिन सुकुम्बासीले पाए जग्गा धनी पूर्जा

लमजुङ सुन्दरबजारका २३ जना भूमिहीन दलित र सुकुम्बासीले जग्गाधनी पूर्जा पाएका छन् । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले शुक्रबार सुन्दरबजार नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरुलाई जग्गाधनी पूर्जा वितरण गर्नुभएको हो । जग्गाधनी लालपूर्जा वितरण गर्दै प्रमुख अथिती निरौलाले नेपाल सरकारको महत्वपूर्ण आयोजना पूर्व पश्चिम जोड्ने सुन्दरबजारमा पर्ने मध्यपहाडी लोकमार्ग नजिकै महत्वपूर्ण ठाउँमा भूमिहिनलाई जग्गा दिनु ज्यादै राम्रो भएको बताउनुभयो । अब बाँकी भूमिहिन तथा अव्यवस्थीतलाई पूर्जा दिन र काम तिब्र रुपमा अघि बढाउनको लागि आवश्यक परेमा… पुरा पढौ