धर्म/ सस्कृती

आजदेखि वडा दशैं सुरुः आज घटस्थापना, घर–घरमा जमरा राखिँदै

आजदेखि नेपालीहरुको महान चाड वडा दशैं सुरु भएको छ । वडा दशैँको पहिलो दिन आज विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ । घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा… पुरा पढौ

आजबाट सोह्र श्राद्ध सुरु

यसपालिको सोह्र श्राद्ध सुरु भएको छ । पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध शनिबारबाट सुरु भएको छ ।पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ । एकोद्दिष्ट श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, पुष्टि श्राद्ध, यात्रा श्राद्ध, काम्य श्राद्धसँगै सोह्र श्राद्ध या पार्वण श्राद्ध नेपाली समाजमा प्रचलित छ । पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् । साथै ज्वाइँ, भानिज, नाति, नातिना र ब्राह्मण वर्गलाई भोजन… पुरा पढौ

कोटीहोमको निमन्त्रणा दिन रथ यात्रा लमजुङमा

राष्ट्रिय कोटीहोम रथ यात्रा लमजुङकोे बेसीशहरमा आई पुगेको छ । देशका ३८ वटा जिल्लाको यात्रा सकेर रथ यात्रा विहिबार लमजुङ आइपुगेको हो ।विश्व हिन्दु महासंघ लमजुङको संयोजनमा बैदिक सनातन धर्म संस्कृतिको संरक्षण गरौं, विभिन्न जातजाती र धर्म संस्कृति बीच समन्वय र सद्भाव कायम गरौं भन्ने नारा सहित सदरमुकाम बेसीशहरमा रथ यात्रा कार्यक्रम गरिएको छ ।बाजागाजाका साथमा सुरु गरिएको कार्यक्रममा ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय बेसीशहर, राधा गोविन्द परिवार बेसीशहर, लमजुङ नेवा खल लगायत विभिन्न आमा समूहहरुले रथ यात्रामा कलश र व्यानसर… पुरा पढौ

आज विश्वकर्मा पूजा एवम् वास्तु दिवस मनाइँदै

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।… पुरा पढौ

आज हरितालिका तीज

आज हरितालिका तीज, हरित (हरण गरिएकी) आलिका (शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ। हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको… पुरा पढौ

आज तीजको दर खाने दिन

हिन्दु धर्मालम्बी महिलाहरुले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन् । तीजको दिन ब्रत बस्ने महिलाहरुले अघिल्लो दिन मिठामिठा परिकार दरको रुपमा खाने चलन विगतदेखि चलिआएको छ । विशेषगरी टाढा रहेका दिदी बहिनीलाई माइती पक्षले तीजमा निम्ता गर्छन। दिदी बहिनी, परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरु एकै ठाउँमा भेला भएर विभिन्न मिठा परिकारको दर खाँदै रमाइलो गर्ने चलन विगतदेखि चलिआएको छ।विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने चलनको विकास… पुरा पढौ

तीज गीत प्रतियोगितामा सिर्जनशिल महिला समूह प्रथम

हरितालिका तीजको अवसरमा आयोजना गरिएको वडास्तरीय तीज गीत प्रतियोगितामा सिर्जनशिल महिला समूह प्रथम भएको छ । बेसीशहर नगरपालिका वडा नं ३ को महिला संजालले हाम्रो परम्परा र संस्कृति जोगाऔं भन्ने भावमा आधारित रहेर प्रतियोगिताको आयोजना गरेको हो । बाहुनबेसीमा रहेको यशोव्रह्म मा.वि मा भएको भएको तीज गित प्रतियोगितामा प्रथम भई सिर्जनशिल महिला समूहले नगद ७ हजार रुपैया र प्रमामणपत्र प्राप्त गरेको छ । त्यस्तैगरी तीनधारे आमा समूह गाउँशहरले द्धितीय भइ ५ हजार रुपैया र प्रमाण प्राप्त गरेको छ भने तृतीय… पुरा पढौ

आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको… पुरा पढौ

दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ लमजुङमा पनि मनाईएको छ ।लमजुङको सदरमुकाम बेसीशहरमा एक वर्ष भित्र दिवंगत भएको ३ वटा परिवारले गाइजात्रा निकालेर बेसीशहर बजार परिक्रममा गरेका छन् । बाजागाजाका साथमा निकालिएको गाईजात्राको साथमा टाकटुके नाच, देविदेवताका स्वरुप सिगांरेर राम सीता समेत बनाइको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य… पुरा पढौ

नयाँ पुस्तामा हस्तान्तरण गर्दै नेवारी संस्कृती लाखे नाच

लमजुङ सदरमुकाम बेसीशहरमा विगत १ महिना अघिदेखि लाखे नाच सुरु भएको छ । नयाँपुस्तालाई आफ्नो संस्कृती हस्तान्तरण गर्नको लागि लमजुङका नेवार समुदायले हरेक दिन लाखे नाच निकाल्ने गरेका हुन् । लाखे नाच नागपञ्चमीबाट सुरु गरिने भएपनि युवापुस्तालाई सिकाउनको लागि एक महिना भन्दा अघिदेखि नै नाच सुरु गरिएको लमजुङ नेवा खलका अध्यक्ष बालचन्द्र श्रेष्ठले बताउनुभयो । बेसीशहरको भिमसेन स्थान चोकमा हरेक दिन साझ निकालिने लाखे नाच नाच्दै बेसीशहर बजार परिक्रममा गर्ने गरिएको छ भने नेवारी समुदायमा निकालिने टाकटुके नाच समेत सिकाउने… पुरा पढौ